समाचार

    Showing 4,241-4,250 of 15,567 items.
  • महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई दिइने

    महेन्द्रनगर (धनुषा) । यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो । रङको र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ । कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिँदै आएको छ । उक्त कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पु¥याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए । उ

    • प्रकाशित मितिः चैत १, २०८१
    • 205 पटक पढिएको
  • सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा रू एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ ।त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्रै छ । सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रू तीन खर्ब

    • प्रकाशित मितिः चैत १, २०८१
    • 355 पटक पढिएको
  • मोरङमा हात्तीको आक्रमणमा परी १३ वर्षमा १६ जनाले गुमाए ज्यान

    बेलबारी (मोरङ) । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।बेलबारी–११ स्थित लक्ष्मी समुदायिक वन क्षेत्रमा दाउरा लिन गएकी स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते जङ्गली हात्तीको आक्रमणबाट घाइते भइन् । भागेर ज्यान जोगाउन सफल भएकी बोगटीको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए । डिभिजन वन कार्याल

    • प्रकाशित मितिः चैत १, २०८१
    • 231 पटक पढिएको
  • अमेरिकामा उडिरहेको जहाजमा आगो लाग्यो

    काठमाडौं — अमेरिकामा उडिरहेको जहाजमा आगो लागेको छ । स्थानीय समयअनुसार बिहीबार बेलुकी सवा ५ बजेतिर अमेरिकी एयरलाइन्सको बोइङमा आगो लागेको हो ।१७२ जना यात्रु र छ जना चालक दलका सदस्य रहेको जहाजको ‘इन्जिन कम्पन’ भएको जानकारीपछि आकस्मिक अवतरण गरिएको थियो । अवतरणपछि सबै यात्रु र चालक दलका सदस्यलाई सकुसल बाहिर निकालिएको सीएनएनमा प्रकाशित समाचारमा उल्लेख छ ।अमेरिकी एयरलाइन्सका प्रवक्ताले दिएको जानकारीअनुसार अत्तालिएका केही यात्रुलाई अस्पताल लगिएको छ ।

    • प्रकाशित मितिः चैत १, २०८१
    • 267 पटक पढिएको
  • बजेट अभावमा रोकियो गैँडा गणना

    चितवन । हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरूको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए । सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत एक– एक गैँडाको सङ्केतका आधारमा अवस्था पहिचान गरिने उनले बताए । निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भवभएसम्म गणना गरिने उनले बताए ।महानिर्देशक कँडेलले भने, ‘गणनाजस्तै गरी यकिन सङ्ख्या सार्वजनिक नभए पनि सूक्ष्म रुपमा एकएक गैँ

    • प्रकाशित मितिः चैत १, २०८१
    • 323 पटक पढिएको
  • नेकपा (एकीकृत समाजवादी) को वृह्त पत्रकार सम्मेलन तथा कार्यकर्ता भेला आज

    काठमाडौ— नेकपा (एकीकृत समाजवादी) ले आज वृहत पत्रकार सम्मेलन तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गर्दैछ। पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा हजारौँ नेता कार्यकर्ताहरूको सहभागिता रहने केन्द्रीय आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिP। बबरमहलको कार्की ब्याङ्क्वेटमा आयोजना गरेको कार्यक्रममा पार्टीका जनसंगठन, काठमाडौँ, भक्तपुर र ललितपुरलगायतका नेताहरुको उपस्थिति रहनेछ। उक्त पत्रकार सम्मेलन तथा कार्यकर्ता भेलामा उपस्थित हुन नेता कार्यकर्ताहरूलाई पार्टीले अपिलसमेत गरेको छ। 

    • प्रकाशित मितिः चैत १, २०८१
    • 258 पटक पढिएको
  • समाजवादी मोर्चाको बैठक सुरु

     काठमाडौं— समाजवादी मोर्चा नेपालको बैठक सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ । मोर्चाको आगामी रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ। मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।मोर्चाले १५ गते गणतन्त्रको पक्ष र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्ने तयारी गरेको छ । 

    • प्रकाशित मितिः चैत १, २०८१
    • 276 पटक पढिएको
  • प्रधानाध्यापक कुटपिटको आरोपमा वडा अध्यक्षसहित ३ जनाविरुद्ध प्रहरीमा जाहेरी

    काठमाडौं— दाङको घोराही उपमहानगरपालिका– १४ मा अवस्थित शुभ प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको विषयले उग्र रूप लिएपछि प्रहरीमा जाहेरी परेको छ।विद्यालयका प्रधानाध्यापक रुद्र बुढामगरले घोराही १४ का वडाध्यक्ष भानसिङ बुढामगरले आफूमाथि हातपात गरेको भन्दै गम्भीर आरोप लगाएका हुन् । विवाद उत्कर्षमा पुग्दा झडप भएको बताइएको छ ।वडा अध्यक्ष घर्तीसहित ३ जना विरुद्ध प्रधानाध्यापक घर्तीले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जाहेरी दिएका छन् । उनले कुनै हालतमा जाहेरी फिर्ता नलिने बताए । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख चक्रबहादुर शाहले पीडितको तर्फबाट घर्तीले प्रहरी कार्यालयमा जाहेर

    • प्रकाशित मितिः चैत १, २०८१
    • 325 पटक पढिएको
  • साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

    काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए ।‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध  सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित थिए रभानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो । 

    • प्रकाशित मितिः चैत १, २०८१
    • 255 पटक पढिएको
  • वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन

    वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको  अनुगमनका क्रममा यस्तो पाइएको हो ।  फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गर्दै मासु व्यवसायीले आफूखुसी मूल्य बढाएर बिक्री वितरण गर्ने गुनासोपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मासु पसलको अनुगमन गरिएको थियो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले अनुगमन गरिएका  मासु पसलमध्ये आधीभन्दा बढी इजाजतबिना सञ्चालन हुँदै आएका भेट्टिएको जानकारी दिए ।‘इजाजतबिना सञ्चालनमा रहेका मासु पसललाई सात दिनभित्र इजाजतपत्र लिइ जिल्ला

    • प्रकाशित मितिः चैत १, २०८१
    • 288 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा