समाचार

    Showing 4,261-4,270 of 15,567 items.
  • संस्कृति जोगाउन धनुषवाण प्रतियोगिता

    मुस्ताङ । थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि धनुषवाण प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाले थकाली समुदायको संस्कृति जोगाउने उद्देश्यले फागुपूर्णिमा तथा तोरन्ल पर्वका अवसरमा धनुषवाण प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।हिमाली क्षेत्रको इतिहास र संस्कृतिसँग जोडिएको धनुषवाण खेललाई संरक्षण, सम्वद्र्धन एवं पुस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले प्रदीप गौचनले बताए ।थासाङ थकाली समुदायहरुको उद्गमस्थलका रुपमा परिचित छ । यहाँका थकाली समुदायले मनाउँदै आएको तोरन्ल पर्वलाई गाउँपालिकाले यसै वर्षदेखि प्रतियोगिताका रुपमा मनाउन लागेको हो

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 276 पटक पढिएको
  • तामाकोशी पाँचौँको कामकाज ठप्प

    दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको काम ठेकेदार कम्पनीको अकर्मण्यताका कारण ठप्प भएको छ ।कम्पनीमा कार्यरत श्रमिकहरूसँग विभिन्न समयमा भएका सहमति ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले कार्यान्वयन नगर्दा आयोजनाको काम ठप्प पारिएको हो । आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि हिजो बुधबार ९फागुन २८० देखि सम्पूर्ण कामकाज ठप्प पारिएको त्यहाँ कार्यरत श्रमिक जीवन मगरले जानकारी दिए ।उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपाल

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 290 पटक पढिएको
  • बसन्तपुरमा विचित्रको होलीः ओली, बालेन र पूर्वराजाको चर्चा(फोटोफिचर)

    काठमाडौं । होली पर्वमा काठमाडौंको बसन्तपुर निकै उल्लासपूर्ण देखिएको छ । बसन्तपुरमा स्वदेशी तथा विदेशीहरु होलीलाई उत्साहपूर्वक मनाएका छन् । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा ९होली०पर्व रङ्ग खेलेर मनाइने भएकाले विशेषगरी बसन्तपुर क्षेत्रमा बढी भीडभाड देखिन्थ्यो । सेतो पहिरनमा सजिएका स्वदेशी तथा विदेशीहरुका कारण बसन्तपुर क्षेत्र खचाखच देखिन्थ्यो । रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएर होलीलाई उल्लासमय बनाइएको थियो ।वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्।

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 590 पटक पढिएको
  • जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र

    भक्तपुर । नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो । काठमाडौँमा तत्कालीन राणा शासनकालमा जुद्धशमशेर राणाले आफ्नै नाममा १०९४ सालमा स्थापना गरेसँगै भक्तपुरमा पनि २००१ सालमा स्थापना गरिएको थियो । राणाकालमा अग्नि नियन्त्रणका लागि स्थापना गरिएको जुद्ध बारुण यन्त्रको इतिहास काठमाडौँ र ललितपुरमा नरहे पनि भक्तपुरमा भने अझै पनि सेवाकालीन रूपमै रहेको छ । गृहमन्त्रालयअन्तर्गत रहेको यस कार्यालय विपद् जोखिम व्यवस्थापन प्राधिकरणअन्तर्गत लैजाने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले देशभरका सात सय ५३ वटा स्थानीय तहमै दमकल राख्नुपर्ने व्यवस्था गरेपछि काठमाडौँस्थित जुद्ध बारुण यन्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 286 पटक पढिएको
  • न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

    काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट ग¥यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए ।‘एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ’, उनले भने, ‘दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।’त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 342 पटक पढिएको
  • भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

    भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम बनाउने ध्येयले २८ अगुवा किसानलाई नवीनतम तरकारी खेती प्रणालीको विषयमा जानकारीसँगै उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो ।गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)ले, गाउँपालिका तथा वडाको समन्वयमा किसानलाई तरकारी खेती प्रणाली सम्वन्धि ज्ञान दिइएको हो । तालिमका सहभागी किसानलाई उन्नत जातको विउविजन, प्लाष्टिक टनेललगायतका कृषि सामग्रीसमेत वितरण गरिएको टेम्केमैयुङ ९ लखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । वडाका तरकारी खेती

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 297 पटक पढिएको
  • आन्दोलनका कार्यक्रम घोषणा गर्दै एकीकृत समाजवादी

    काठमाडौं— प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । शुक्रबार दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गर्न लागेको हो । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नै सरकारका गलत क्रियाकलाप, भ्रष्टाचार, बेथितिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो । प्रचार विभागका अनुसार मुलुकको पछिल्लो राजनीतिक परिस्थतिबारे विशेष घोषणा गर्न लागिएको हो । पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेता सहभागी हुने तय भएको छ । एकीकृत समाजवादी समाजवादी मोर्चामा पनि सहभागी छ । मोर्चाले पूर्वराजा ज्ञानेन्द्रको सक्रियताबारे काठमाडौ

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 252 पटक पढिएको
  • डा. तोसिमा कार्की भन्छिन् न्याय प्रणालीमाथिको विश्वास झन बलियो भयो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले न्याय प्रणालीमाथिको विश्वास झन बलियो भएको बताएकी छन् ।प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।साढे २ वर्षअघि प्रतिनिधि सभा सदस्यमा कार्कीको उम्मेदवारीलाई लिएर परेको अजुरीका आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्की सर्वोच्च अदालत गएकी थिइन् । अदालतले कार्कीको उम्मेदवारी कायम गर्न स्टे अर्डर गरेको थियो ।हालै सर्वोच्च अदालतले उक्त मुद्दामा फैसला गर्दै उम्मेदवारी खारेजीसम्बन्धी निर्वाचन आय

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 344 पटक पढिएको
  • नेपालमा दैनिक २२ वटा विपद्का घटना, दुई जनाले गुमाउँछन् ज्यान

    काठमाडौं— नेपालमा दैनिक २२ वटाभन्दा बढी विभिन्न विपद्का घटना हुने गरेको पाइएको छ । ती घटनामा परी दैनिक दुई जनाभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार बितेको ११ महिनामा विपद्का घटनामा परी देशभर ७१६ जनाले ज्यान गुमाएका छन् । ०८१ वैशाख १ गतेदेखि फागुन २९ गतेसम्मको अवधिमा उनीहरूले ज्यान गुमाएका हुन् । यस तथ्यांकले नेपालमा दैनिक औसतमा २।१४ जनाको मृत्युको कारण विपद्का घटना भएको देखाउँछ ।पहिरो, बाढी, आगलागी, चट्याङ, भारी वर्षा, जनावर आक्रमण, हिउँपहिरोलगायत विपद्का घटनामा उनीहरूको मृत्यु भएको हो । यस अवधिमा देशभर सात हजार ४

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 244 पटक पढिएको
  • प्रतिस्थापन विधेयकहरू फास्ट ट्र्याक अघि बढाइँदै

    काठमाडौं— प्रतिस्थापन विधेयकहरू फास्ट ट्र्याक अघि बढाइने भएको छ । सरकारले संसद अधिवेन नरहेका बेला ल्याएका विभिन्न पाँच वटा अध्यादेश स्वीकृत भएपछि सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ । सबै प्रतिस्थापन विधेयक संसदीय समितिमा नलगेरै अगाडि बढाउने तयारी संसद सचिवालयको छ । गत माघ १८ गते सबै अध्यादेश दुवै हाउसमा प्रस्तुत भएका थिए ।त्यसको ६० दिनभित्र प्रतिस्थापन विधेयक पास भएर पनि प्रमाणीकरण भइसक्नुपर्ने समयको दबाबमा रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गिरीका अनुसार दुइटा प्रतिस्थापन विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ ।बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुशासन प्रवर्धन तथा

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 233 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा