समाचार

    Showing ४३१-४४० of २६,७९८ items.
  • बाढी साढे ३ बजे देवघाट आइपुग्ने अनुमान

    काठमाडौं । चितवन–देवघाट बाढी मापन केन्द्रमा पानीको सतह बढेर करिब ८ मिटर पुग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ।नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह ४।७६ मिटर रहेको छ। भोटेकोशीमा आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ।प्रारम्भिक आकलनअनुसार बाढी आएपछि देवघाटमा पानीको सतह करिब ३ मिटरले बढ्न सक्ने र करिब ८ मिटर पुग्न सक्ने जनाइएको छ। उक्त बाढी २–३ वर्षको पुनरावृत्ति अवधिको हुन सक्ने अनुमान गरिएको छ।हालको आकलनअनुसार चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको जनाइएको छ। यद्यपि अर्को सूचना जारी नभएसम्म नदी आसपासका बस्ती तथा बजार क्ष

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १८६ पटक पढिएको
  • त्रिशूलीको बाढी चितवनतर्फ, तटीय बस्ती खाली गराउँदै प्रशासन

    चितवन । रसुवाबाट आएको भोटेकोशीको बाढी त्रिशूली नदी हुँदै चितवनतर्फ बढेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।बाढी फिस्लिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले नदी किनारका जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेको छ।सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय परिचालन गरिएको छ। स्थानीय तहसँग समन्वय गरी जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा लैजाने तथा सावधानीसम्बन्धी सूचना प्रवाह भइरहेको प्रशासनले जनाएको छ।बाढीको जोखिम बढेपछि सम्बन्धित सडकखण्डमा सवारी आवा

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २१३ पटक पढिएको
  • रसुवा बाढी अपडेट: रसुवागढी भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

    काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकसहित २६ जना कर्मचारी सम्पर्कमा आएका छन् भने १४ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।कार्यालयका अनुसार ३६ जना स्थायी दरबन्दी रहेका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आइसकेका छन् । बाँकी ११ जना स्थायी कर्मचारी अझै सम्पर्कमा आउन नसकेकाले उनीहरूको खोजी भइरहेको छ । त्यस्तै, कार्यालयमा कार्यरत ४ जना करार तथा ज्यालादारी कर्मचारीमध्ये १ जना सम्पर्कमा आएका छन् भने बाँकी ३ जनाको अवस्था अज्ञात रहेको छ ।हाल सम्पर्कविहीन रहेका कुल १४ जना ९११ स्थायी र ३ करार÷ज्यालादारी० कर्मचारीह

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २३३ पटक पढिएको
  • भोटेकोशी बाढीपछि स्वास्थ्य मन्त्रालय ‘हाई अलर्ट’मा, ठूला अस्पताल तयारी अवस्थामा

    काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि सम्भावित घाइतेको उपचार व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन संयन्त्र सक्रिय बनाएको छ।प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्दै प्राथमिक उपचार, ट्रायज र आवश्यक परे तत्काल रिफर गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार रसुवा अस्पताल, धुन्चे अस्पताल, त्रिशूली अस्पताललगायत स्थानीय स्वास्थ्य संस्थालाई सक्रिय राखिएको छ। स्थानीयस्तरमा उपचार सम्भव नभएका गम्भीर घाइतेलाई काठमाडौंका ठूला अस्पतालमा ल्याउने तयारी गरिएको छ।सम्भावित गम्भीर घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र त

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १५५ पटक पढिएको
  • रसुवामा बाढी अपडेट: २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति

    काठमाडौं / भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा जिल्लामा रहेका आठ प्रमुख जलविद्युत् आयोजना नराम्ररी प्रभावित भएका छन् । बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गराएको छ भने निर्माणाधीन अवस्थामा रहेका तीनवटा ठूला आयोजनाका भौतिक संरचनामा गम्भीर क्षति पु¥याएको छ । यससँगै रसुवा जिल्लामा मात्रै ५७८.४२ मेगावाट क्षमता बराबरका जलविद्युत् संरचना बाढीको चपेटामा परेका छन् । नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित सञ्चालनमा रहेका आयोजनाहरू बाढीको प्रत्यक्ष मारमा परेका हुन् । बाढीका कारण प्राधिकरणको सह

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १९५ पटक पढिएको
  • बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

    काठमाडौं / नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ।सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए । नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डाटा तथा ५० एसएमएस निःशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए । टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेव

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १६६ पटक पढिएको
  • अपडेट: भोटेकोशी बाढीले ४३० मेगावाट बिजुली प्रणाली बाहिर

    काठमाडौं / भोटेकोशीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिर गएको छ।बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेपछि उक्त परिमाणको विद्युत् प्रणालीबाट बाहिर गएको हो। यससम्बन्धी विस्तृत विवरण केहीबेरमा सार्वजनिक हुने जनाइएको छ।

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २१९ पटक पढिएको
  • रसुवा बाढी अपडेट: उद्धार र उपचारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

    काठमाडौं / रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन स्वास्थ्य उपचारका लागि नेपाली सेनाको विशेष टोली परिचालन भएको छ ।१४ सदस्यीय चिकित्सक टोलीसहित नेपाली सेनाको एमआई–१७ सहित दुईवटा हेलिकोप्टर काठमाडौंबाट रसुवातर्फ प्रस्थान गरेका छन् । बाढीको जोखिम र चेतावनीका बीच प्रभावित नागरिकहरूलाई तत्काल राहत र स्वास्थ्य सेवा पुर्याउन टोलीलाई खटाइएको हो । तत्कालका लागि नुवाकोटको त्रिशूलीस्थित सैनिक ब्यारेकलाई मुख्य आधार (बेस) बनाएर टोलीले बाढी प्रभावित क्षेत्रहरूमा उद्धार तथा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने योजना बनाएको छ । जटिल भूगोल र विपद्को जोखिमलाई ध्यानमा राख्दै घाइतेहरूको

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १९८ पटक पढिएको
  • बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं / प्रधानमन्त्री बालेन शाहले विपद्को अवस्थामा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन्।रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीबाट भएको क्षतिको विवरणबारे जानकारी लिँदै आगामी उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको छ।बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिबारे सम्बन्धित निकायबाट ब्रिफिङ लिइएको थियो। प्रधानमन्त्री शाहले विपद्को अवस्थामा तत्काल उद्ध

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १५८ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट : गोसाईंकुण्ड जाँदै गरेको ११ जनाको टोली बाढीमा फस्यो

    काठमाडौँ । गोसाईंकुण्ड यात्रामा निस्किएको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ।टोली सवार गाडी बाढीले बगाएपछि उनीहरू भागेर सुरक्षित स्थानमा पुगेका थिए। तर, त्यसपछि टोलीसँग सम्पर्क हुन कठिन भएको आफन्तले बताएका छन्।टोलीमा रहेका ११ जनाको उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको छ। उद्धारको प्रयास भइरहेको जनाइएको छ।

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २२२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.