समाचार

    Showing 431-440 of 19,705 items.
  • नमूना पुस्तकालयलाई पुस्तक सहयोग गर्न आग्रह

    बैतडी— जिल्लाको पुर्चौंडी नगरपालिका–७ स्थित गलिनाथ मावि बडगाउँमा नमूना पुस्तकालय बनाउन आवश्यक गृहकार्य अगाडि बढाइएको छ । पठन संस्कृतिको विकास एवं र विभिन्न आवश्यक पुस्तक सहजै उपलब्ध गराउने उद्देश्यसहित उक्त गृहकार्य अगाडि बढाइएको हो ।  विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले गत असोज ६ गतेदेखि पुस्तकालयको सुरुआत गरिएको र अहिलेसम्म साढे चार हजार पुस्तक जम्मा भइसकेका बताए। पुस्तकालयमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पुस्तक सहयोग गरिरहेका छन् । पुस्तकालयका लागि पुर्चौंडी घर भई विभिन्न क्षेत्रमा क्रियाशील ८० जनाभन्दा बढीले पुस्तक उपलब्ध गराएका जनाइएको छ । पुस्तकालयमा धार्मिक, शैक्षिक, वि

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 377 पटक पढिएको
  • राष्ट्रियसभा सदस्य निर्वाचनः आज उम्मेदवारी दर्ता हुँदै

    काठमाडौं—  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुने भएको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय तोकिएको छ।आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। हाल राष्ट्रियसभाका १८ सदस्यको कार्यकाल फागुन २० गतेदेखि समाप्त हुँदैछ, जसका लागि निर्वाचन हुन लागेको हो।निर्वाचन कार्यक्रमअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन पाउनेछन् र सोही दिन दिउँसो अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उ

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 368 पटक पढिएको
  • आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।बैठक बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बोलाइएको छ । बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ । मंगलबारको बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका  थिए । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले भने आपत्ति जनाउँदै आएको छ । 

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 347 पटक पढिएको
  • आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन्ः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारेका छन् ।काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसियसन अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताएका हुन् ।उनले भने, ‘मलाई यहाँ एउटा साथिले उठाउनुभएको कुरा छ अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन ।’त्यस्तै उनले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न आवश्यक रहेको बताउँदै त्यसको प्रकृया अगाडि बढाएको जानकारी दिए ।‘सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्नै पर्छ । श्रम मन्त्रालय अन्तर्गत हामीले पठाएका छौं । त्यसलाई श्रम मन्त्रालयले नै

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 350 पटक पढिएको
  • पार्टी समायोजनको कार्य तुरुन्त टुंगाउने रास्वपाको तयारी

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले आजको बैठक निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलहरु भएर टुंगिएको बताएका छन् ।मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकपश्चात उनले निर्वाचन केन्द्रीत गतिविधिलाई कसरी अगाडि बढाउने र समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाउने विषयमा आजको बैठकमा छलफल भएको बताए ।उनले भने, ‘विशेष गरि निर्वाचनसँग केन्द्रीत गतिविधिलाई अब कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै आन्तरिक छलफलहरु भएर बैठक टुगिंएको छ । समायोजन समितिले समायोजनको कार्य तुरुन्त टुंगाउने गरी कामहरु अगाडि बढाई रहेको छ । यसको पहिलो बैठक भोली हुन्छ होला ।’य

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 346 पटक पढिएको
  • कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, ८ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूलाई सरकारमा सहभागी गराएका छन् ।मुख्यमन्त्री कार्कीले यसअघिका सबै मन्त्रीहरूलाई हटाएर सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा ९एमाले०बीचको सहमतिअनुसार नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् ।मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् ।नयाँ मन्त्रिपरिषद्मा सत्ता साझेदार एमाले र कांग्रेसबाट चार

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 350 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि र तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 83 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा, सिङ्गाप

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 121 पटक पढिएको
  • आज २०८२ साल पुस २३ गते बुधवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ। रचनात्मक काममा जुट्ने समय छ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। हडबडीले काम बिग्रन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 108 पटक पढिएको
  • सिनामंगलको काठ गोदाममा आगलागी, नियन्त्रणको प्रयास जारी

    काठमाडौं— काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको काठ तथा फर्निचरको गोदाममा मंगलबार दिउँसो आगलागी भएको छ। आगलागीको सूचना पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।काठमाडौं महानगरपालिकाको नगर प्रहरीका अनुसार आगोको मुस्लो देखिएपछि महानगरको दमकल तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले प्रारम्भिक रूपमा घरबाट सल्किएको आगो नजिकै रहेको काठ तथा फर्निचरको गोदाममा फैलिएको हुन सक्ने जानकारी दिएका छन्।हाल नेपाल प्रहरी, नगर प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा ल्याउने कार्य

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 403 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा