लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ । पाँच सय जनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राति लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो । धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखिएको हो । धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए । उनले गत वर्
धरान (सुनसरी) । करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहेका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउँछन् ।इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्किएका हुन् । उनले सानो लगानीबाट पशुपालन र मौरीपालन गरेका थिए । अहिले त्यही व्यवसाय ठूलो आम्दानीको स्रोत बनेको उनी बताउँछन् ।आफूले १७ वर्षको उमेरमा बाबुआमा गुमाएको सुनाउँदै मनराजले भने, ‘विदेशमा गएर दुःख र मेहेनत गरेर कमाएको थोरै पैसा आफ्नो देशमा लगानी गरेर केही व्यवसाय सुरू गराँै भन्ने सोच राखे, अरू बिजनेस गर्ने सोच भए पनि तरिका खासै नभएका कारण पशुपालन
मुस्ताङ । मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ जाने दर्शनार्थीका लागि घोडचढी र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पु¥याउन सेवा दिइरहेका छन् ।मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्न पुराङ रानीपौवाको बसपार्कबाट करिब ४५ मिनेटको समय खर्चिनुपर्ने हुन्छ । बसपार्कबाट मुक्तिनाथसम्म पैदल जान शारिरीक रूपले तन्दुरूस्त हुने दर्शनार्थीका लागि कुनै समस्या पर्दैन । तर, बसपार्कबाट मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारसम्म पुग्न ज्येष्ठ नागरिक, अशक्त र अपाङ्
तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो ।चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताए । उनका अनुसार हिउँदयाम वनभोज खाने र विशेष अवसरमा चाङलुङ गुफामा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । करिब ३८ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा एक सय ५० मिटर लामो गुफा प्रकृतिको अनुपम उपहारका रूपमा रहेको छ । ‘टर्चलाइट’को सहायतामा अँध्यारो गुफा पार गर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रूपैयाँ ०२ पैसा र बिक्रीदर १५० रूपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रूपैयाँ ०४ पैसा र बिक्रीदर १७९ रूपैयाँ ८१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रूपैयाँ ९० पैसा र बिक्रीदर १५७ रूपैयाँ ५७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रूपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ९७ र
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित तीनवटा खानी तथा क्रसर उद्योग बन्द गराएको छ । नगरको वडा नं २ र १२ मा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका तीन खानी तथा क्रसर उद्योग बन्द गरिएको हो ।वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, वडा नं १२ को भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका बन्द गरिएको छ । नगरप्रमुख रामशरण भण्डारीका अनुसार खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अविध समाप्त भइसकेको र पटकपटक ताकेता गर्दासमेत बिनाइजाजत सञ्चालन गरेको देखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि ती उद्योग गराइएको हो ।
काठमाडौँ । जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै काठमाडौँमा सकुशल अवतरण गरेको छ । आज अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पाङ्ग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुसल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।उनले भने, ‘एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुसल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।’बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन–ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताए । ‘जहाजमा प्राविधिक गडबडी देख
काठमाडौं । वित्तिय शोषणविरुद्ध विभिन्न नौं वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् । विही बार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहित निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान९महासंघ०का अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तिय शोषण गर्ने संस्थाहरुलाई कारवाही पनि नगर्ने र पीडितहरुलाई न्याय पनि नदिएको भन्दै आक्रोष व्यक्त गरे ।विभिन्न पीडित संगठनहरुको संयुक्त आन्दोलन अबको समयमा निर्णायक बन्ने विश्वास लिदै भने,‘मैले पीडितको पक्षमा आन्दोलन गर्दैगर्दा देशद्रोहीलाई जस्तै ब्यावहार गरियो, राज्यब
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्षेनी प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ । सो पुल निर्माणका लागि भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि गणतन्त्र गिनीका गैरआवसीय राजदुत अलासने कोन्टे, गणतन्त्र युगाण्डाका गैरआवसीय राजदुत जोइस काकुरामात्सी किकाफुण्डा, बोस्निया तथा हर्जगोभिनाका गैरआवसीय राजदुत हरिस हर्ले, गणतन्त्र ग्वाटेमालाका गैरआवसीय राजदुत ओमर लिसान्ड्रो कास्टानेडा सोलारेस, इटालीका गैरआवसीय राजदुत एन्टोनियो एनरिको बार्टोली र ग्रीसको गैरआवसीय राजदुत अलिकी कउटसोमिटोपोउलोउले ओहोदाको प्रमाणपत्र पेश गरेक
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.