समाचार

    Showing 4,531-4,540 of 15,606 items.
  • रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

    मङ्गलबारे (इलाम) । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु गरिएको हो । कृषि मन्त्रालयका नाममा रहेको उक्त आठ हजार चार सय २४ रोपनीमध्ये अधिकांश जग्गा प्रयोगबिहीन छ । सोही जमिनको सदुपयोग गरी जैविकमार्ग विकास गर्न लागिएको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन तथा अनुगमन समेत गरेको छ । टोलीले स्थानीय तथा सो क्षेत्रका जनप्रतिनिधिसँग छलफल समेत गरेको जनाइएको छ । रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटव

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 230 पटक पढिएको
  • ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर

    ढोरपाटन (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न हाते ट्याक्टर वितरण गरेको छ ।नगरपालिकाका नौ वटै वडाबाट सिफारिस भएर आएका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । किसानको माग र आवश्यकलाई मध्यनजर गरी नगरपालिकाले हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले बताए । विभिन्न वडाका १९ जना किसानलाई हाते ट्याक्टर वितरण गरेको उनको भनाइ छ । किसान र नगरपालिकाको गरी कूल रु नौ लाख ९२ हजार बजेटमा हाते ट्याक्टर उपलब्ध गराएको घिमिरेले बताए । प्रतिहाते ट्याक्टरको मूल्य रु ५२ हजार परेकोमा किसानले रु २६ हजार तिरेका थिए । ढोरपाट

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 243 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ९३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ९५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा, क्याने

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 201 पटक पढिएको
  • पानी जहाज कार्यालयको गुनासो– नयाँ ऐन नबन्दा काम गर्न समस्या भयो

    काठमाडौँ । नेपाल पानी जहाज कार्यालयका अधिकारीहरुले उद्देश्यअनुसार काम गर्न नसक्दा दबाब महसुस गर्नुपरेको गुनासो गरेका छन् । पानी जहाज दर्ता ऐन, २०२७ अनुसार स्थापना र सञ्चालनमा रहेको यस कार्यालय अहिले नयाँ ऐनको पर्खाइमा छ । समयसापेक्ष कानुन नबन्दा काम गर्न गाह्रो भइरहेको कार्यालयका  अधिकारीहरुले गुनासो गरेका हुन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा ‘पानीजहाजको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१’ उपरको छलफलमा कार्यालयका कायममुकायम रजिष्ट्रार मणीराम भुषालले आन्तरिक जलमार्ग नियमन अनिर्वाय भइसकेको बताए ।‘आन्तरिक पानीजहाज दर्ता र वैदेशि

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 295 पटक पढिएको
  • राप्ती नदीमा गोही छाडियो

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३ गोही राप्ती नदीमा छाडेको छ । साउनयता पटकपटक गरी ती गोही नदीमा छाडिएको हो । छाडिएकामध्ये एउटा भाले र अन्य पोथी गोही रहेका छन् ।निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सन् २०२० मा कोरलिएका बच्चा हुन । गत आर्थिक वर्षमा १०५ गोही नदीमा छाडिएका थिए । नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन् केन्द्रमा राखेर कोरल्ने गरिन्छ । त्यहाँ हुर्किएका गोहीलाई नदीमा छोड्ने गरिन्छ ।हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार ६० गोही छाडिएको छ । यद्यपि ती गोही बच्ने दररेट निकै न्यून छ । थापा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 147 पटक पढिएको
  • बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र

    काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ । आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुनसक्ने गरी रोशी क्षेत्रमा मर्मत भइरहेको कार्यालयले जनाएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मत गरिरहेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 169 पटक पढिएको
  • श्रमदानबाट ढुङ्गे पार्क निर्माण गरिँदै

    धरान (सुनसरी) । धनकुटाको पाख्रिबासबाट आएका मूर्तिकार शङ्कर बराइलीले यहाँको खैरेनीटारमा ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँद्न थालेको महिनौँ बितिसकेको छ । विभिन्न व्यक्तिका आकृति कुँदिरहेका उनले श्रमदानका रूपमा काम गरिरहेको बताए ।सानैदेखि मूर्ति बनाउनमा रुचि राख्ने बराइलीले धरान उपमहानगरपालिका–४ खैरेनीटारमा श्रमदानबाट निर्माण भइरहेको ढुङ्गे पार्कमा अझ आफ्नो कलालाई निखारी रहेका छन् । उनी भन्छन्, ‘मैले आफ्नो सीपलाई विकास, समृद्धि र पर्यटनमा उपयोग गर्न पाउँदा खुसी छु ।’ फोहोर मैला र झाडीले ढाकेको ठाउँलाई व्यवस्थित गरेर ढुङ्गामा कलात्मक आकृतिहरू कँुदेर ढुङ्गे पार्क निर्माण भइरहेको छ । स्थानीय क

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 153 पटक पढिएको
  • पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

    पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी चैत १८ देखि पोखराबाट ल्हासा उडान सुरु गर्ने जनाएको हो । सो उडान हुने घोषणासँगै यहाँका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । पोखरालाई अन्तरराष्ट्रियस्तरमा थप परिचित गराउने उद्देश्यसहित सुरु गरिने यो उडानले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा पनि व्यावसायिक उडानले निरन्तरता पाउन सकेको छैन । यस्त

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 225 पटक पढिएको
  • अवैध रकमसहित दुई जना पक्राउ

    काठमाडौं— सर्लाहीको मलंगवा नगरपालिका—८ बाट स्रोत नखुलेको नगद ७ लाख २८ हजार ९ सय रूपैयाँसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा गोडैटा नगरपालिका—५ रामबन बस्ने ३८ वर्षीय मनोज गुप्ता र उनकै भाई ३५ वर्षीय श्री भगवान गुप्ता रहेका छन् ।उनीहरूलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा नगद सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 185 पटक पढिएको
  • मन्त्री यादवको निर्देशन: मेलम्ची खानेपानीको पाइपलाइन तत्काल मर्मत गर्नु

    काठमाडौं— आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी सुचारु गर्न मातहतका निकायलाई खानेपानी मन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउनासाथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मगरी नागरिकलाई शुद्ध पानी वितरण गर्न निर्देशन दिएका हुन् । मन्त्री यादवले भने, “हाल म नेपाल र भारत सर कारबिच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु । तथापि, मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी सुचारु गर्न निर्देशन दिइसकेको छु ।”यस

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 98 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा