समाचार

    Showing 4,681-4,690 of 15,609 items.
  • बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

    ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ । त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले बागलुङलाई सिधैँ चीन र भारतसँग जोडेको हो । झण्डै १४ वर्ष अघि सुरु भएको करिडोर आयोजना निर्माणले अहिले तीव्रता पाएको छ । करिडोर विस्तारपछि पछिल्लो समय सडक छेउछाउमा बस्ती बस्न थालेका छन् ।ग्रामीण क्षेत्रबाट झरेर करिडोरको आसपासमा व्यापार व्यवसाय गर्ने पनि बढ्दै गएका छन् । नवलपुरको गँैडाकोटबाट कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको करिडोर बागलुङ खण्डमा मात्रै ३४ किमी पर्दछ । करिडोरले बागलुङको जैमिनी नगरपालिका क्षेत्रका बासिन्दाको

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 203 पटक पढिएको
  • मिथिला विहारी महाआरती र माध्यमकी परिक्रममा धुमधामका साथ मनाइने

    महेन्द्रनगर (धनुषा) । मिथिलाञ्चलसहित मधेसको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई मध्यनजर गर्दै मिथिला बिहारी महाआरती र मिथिला माध्यमिकी परिक्रमा धुमधामसँग मनाइँदै छ ।यही फागुन १५ गते बिहीबारदेखि मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपले आरम्भ हुनेछ । यस धार्मिक महोत्सवले नेपाल र भारतका लाखौँ श्रद्धालु भक्तजन र साधुसन्तलाई एकजुट गर्दै एक अद्वितीय धार्मिक यात्रा प्रस्तुत हुने मिथिला बिहारी मन्दिरका महन्त रामनरेश दासले बताए ।‘यस धार्मिक परिक्रमामा हजारौँ भक्तजन र साधुसन्तहरूले नेपाल र भारतका पवित्र धार्मिकस्थलमा यात्रा गर्दै पुण्य प्राप्ति र आत्मिक शान्तिका लागि कामना गर्दछन्’, उनले भने ।मिथिलाक

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 216 पटक पढिएको
  • अण्डाको मूल्य बढ्यो

    चितवन । आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ ।  नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निणर््ाय गरेको हो । मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु तीन सय ८५ रहेको थियो । यो फार्म मूल्य हो । बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ । 

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 178 पटक पढिएको
  • बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

    ढोरपाटन (बागलुङ) । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु लिएर वडा नं १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप आज साँझ दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षिया खड्क बहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो ।जीप सार्कीपाटा भन्ने स्थानमा पुग्दा उकालोमा समस्या देखिएपछि रोकेर ओत लगाउने क्रममा ब्याक भएर दुर्घटना भएको जनाइएको छ ।  दुर्घटनामा बडिगाड–९ बस्ने ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निम

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 235 पटक पढिएको
  • महाशिवरात्रिमा पशुपति क्षेत्रमा टाफिक सुरक्षा योजना तयार

    काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन तथा ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त पार्न सुरक्षा योजना तयार पारेको प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।उनका अनुसार दर्शनार्थी एवम् भक्तजनका सवारी साधनको पार्किङ्ग तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ । बन

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 153 पटक पढिएको
  • महाकुम्भ मेला गएका सिरहाका दुई वृद्धा पाँच दिनदेखि सम्पर्कविहीन

    सिरहा । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला भर्न गएका सिरहाकी दुई वृद्धा पाँच दिनदेखि सम्पर्कविहीन भएको परिवारले बताएका छन् ।जिल्लाको सुखीपुर नगरपालिका–५ की ७५ वर्षीया पलास यादव मेला भरेर आफन्तसँग घर फर्किने क्रममा गत बिहीबार राति भारतको उत्तर प्रदेशको फेफना रेल्वे स्टेसनदेखि बलिया रेल्वे स्टेसनको बीचमा सम्पर्कविहीन बनेको छोरा रामरिझन यादवले बताए । उनले भने, ‘पाँच दिनदेखि निरन्तर खोजी गरे पनि आमालाई फेला पार्न सकिएको छैन ।’ भारतको स्थानीय प्रहरीमा खोजी कार्यका लागि निवेदन दिए पनि त्यहाँबाट अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको उनको भनाइ छ । त्यस्तै, औरही गाउँपालिका–३

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 189 पटक पढिएको
  • रामपुर बजारको स्वरुप फेरिँदै

    रामपुर (पाल्पा) । रामपुर सहरीकरणको सम्भावना बोकेको सहर हो । कालीगण्डकी करिडोरसँग जोडिएको रामपुर नगरपालिकामा पछिल्लो समय पूर्वाधार विकासले द्रुत गति लिएको छ । यहाँको मुख्य बजार बेझाड र त्यस आसपासका सडक हाल धमाधम स्तरोन्नति भइरहेका छन् । बेझाड बजार क्षेत्रमा सडक कालोपत्रका लागि काम थालनी भएपछि यस क्षेत्रका स्थानीय उत्साहित बनेका छन् । बजार क्षेत्रमा दुईतर्फी पैदलमार्गसहितको सडक कालोपत्रको योजना सुरु भएको छ । ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गत (बजार क्षेत्र) बेझाड बजार, बाङ्गेपसल र सहकारी भवनसम्म एक हजार आठ सय ३० मिटर सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको रामपुर–५ का वडाध्यक्

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 194 पटक पढिएको
  • पशुपतिमा गाँजा–भाँङ निषेध

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै विकास कोषले तयारी सम्पन्न भएको जानकारी गराएको हो । यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन भई सो मूलसमिति अन्तर्गत १० वटा विभिन्न विषयगत उप–समितिहरुको गठन गरी कार्य प्रारम्भ भइसकेको छ । २०८१ साल फाल्गुण १४ गते बुधबारको दिन परेको महाशिवरात्रि पर्वमा लाखौंको सँख्यामा आउने दर्शन

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 156 पटक पढिएको
  • महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा

    काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट सुरु भएको उक्त शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेका हुन्। शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चाबहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै भुवनेश्वरी चोकमा पुगेर समापन भएको थियो । शोभायात्रामा मन्त्री पाण्डे र राज्यमन्त्री अरुणकुमार चौधरी, सचिव विनोदप्रकाश सिंह, कोषका सदस्य सचिव डा मिलनकुमार थापा, को

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 242 पटक पढिएको
  • खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

    खाँदबारी (सङ्खुवासभा) । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए । उनका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले  करिब ३० मिटर सडक पुरिएको छ । 

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • 147 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा