काठमाडौं— नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुनको मूल्य तोलमा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।




































