समाचार

    Showing 4,721-4,730 of 15,607 items.
  • केआइआइटीमा अध्ययनरत विद्यार्थी लम्सालको मृत्युका बारेमा निरन्तर ‘फलोअप’मा छौँः परराष्ट्रमन्त्री राणा

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रुपमा ‘फलोअप’ गरिरहेको बताएकी छन् ।भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा आवश्यक पहल भइरहेकोे आज सामाजिक सञ्जाल ‘एक्स’ मार्फत परराष्ट्रमन्त्री राणाले स्पष्ट गरेकी छन् ।उनले भनेकी छन्, ‘नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 151 पटक पढिएको
  • तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो

    महोत्तरी । चिस्यानघर निर्माण हुने आशामा बसेका बर्दिबास नगरक्षेत्रका किसान निराश भएका छन् । छ वर्षअघि निर्माण सुरु गरिएको चिस्यानघर तीन वर्षदेखि स्थगित छ । ‘चिस्यानघर बन्ने आशा थियो,’ बर्दिबास–९ का सुरजसिंह कुशवाहाले भने, ‘तर निर्माण रोकिएपछि आश मर्यो ।’ विसं २०७५ मा सुरु भएको चिस्यानघर निर्माण नगरपालिकाले प्राथमिकतामा नराख्दा सम्पन्न नभएको कुशवाहा बताउँछन् ।विसं २०७५ मा नगरपालिकाले चिस्यानघर निर्माण सुरु गरेको थियो ।  विसं २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले चासो नदेखाएको किसानको गुनासो छ । बर्दिबास–२, ६ र ८ को मध्यमा ‘मोडल एग्रो भिलेज’ क्षेत्रभित्र चिस्यानघर निर्माण

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 206 पटक पढिएको
  • सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण

    काठमाडौँ । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ । अन्य जिल्लाहरु जाजरकोट र रुकुमपश्चिममा क्षतिको विवरण सङ्कलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिए । डोटीमा गत वर्ष नै क्षति विवरण सङ्कलन गरिएकामा उक्त तथ्याङ्कलाई पुनः परीक्षण गरेर पुनर्निर्माण अघि बढाइएको उनले बताए । उनका अनुसार डोटीमा नौ हजार हाराहारीमा लाभग्राही छन् ।जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणका लागि पहिलो च

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 193 पटक पढिएको
  • स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो

    काठमाडौँ । विद्यार्थी बोकेका गाडी दुर्घटनामा पर्न थालेपछि उपत्यकामा स्कुल बसको निगरानी बढाउँदै विशेष जाँच अभियान थालिएको छ । काठमाडौँको दक्षिणकालीमा गत माघ २७ गते जुनकिरी स्कुलको बस दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भयो । यस्तै, काठमाडौँको शङ्खरापुरमा माघ ३० गते वनभोजबाट फर्कंदै गरेको सत्यासाई स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीनजना विद्यार्थीको मृत्यु भएको थियो । ती दुर्घटनामा ५० भन्दा बढी विद्यार्थी घाइते भएका छन् ।अन्य उपत्यकाबाहिरका जिल्लामा पछिल्लो समयमा स्कुल बस दुर्घटना भएका समाचार आइरहेका छन् । उपत्यकामै घटना हुन थालेपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 160 पटक पढिएको
  • कोशी एक्सिलेन्स अवार्ड २०८१ को तयारी पुरा

    इटहरी ।  कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो ।भोलि बुधवार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा दिउँसो ३ बजे कार्यक्रम आयोजना गर्ने गरी तयारी पूरा भएको जानकारी दिइएको हो ।कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार कार्यक्रममा विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गरिनेछ । जसअनुसार कृषि, बैङ्किङ, कर्पोरेट, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, खेलकुद, पर्यटन, युवा उद्यम, सामाजिक सेवा, सूचना तथा प्रविधि र स

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 126 पटक पढिएको
  • ओडिशा घटनालाई लिएर भारतीय दूतावासद्वारा गहिरो दुःख व्यक्त

    झापा  । ओडिशाको भुवनेश्वरमा स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा एक नेपाली विद्यार्थीको दुःखद मृत्यु भएको खबरप्रति काठमाडौँस्थित भारतीय दूतावास गहिरो दुःख व्यक्त गरेको छ ।काठमाडौँस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै यस कठिन घडीमा यस दूतावास मृतकको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्द्छु भनेको छ।दूतावास KIIT का अधिकारीहरूका साथै ओडिशा राज्य सरकारसँग सम्पर्कमा रहेको र स्थानीय अधिकारीहरूले यस दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान सुरु गरेको दूतावासलाई जानकारी गराइएको जारी गरेको प्रेसl विज्ञप्तिमा उल्लेख छ।KIIT ले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 250 पटक पढिएको
  • आजको मौसमः सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

    काठमाडौँ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र  कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ ।  उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 141 पटक पढिएको
  • देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी सङ्कलन

    चितवन । देवघाटधाममा माघ महिनाभर सञ्चालन गरिएको देवघाट महा–महोत्सव २०८१ मा रु २७ करोड ४५ लाख ५७ हजार नौ सय ८० सङ्कलन भएको छ । आयोजक विश्वजागरण महाअभियान ट्रष्टले आज देवघाटमा गरेको पत्रकार सम्मेलनमा आयव्यय सार्वजनिक गर्दै महा–महोत्सवमा देशका विभिन्न जिल्लाबाट र विदेशबाट आएका भक्तजनबाट सो रकम सङ्कलन भएको जानकारी दिएको हो । यसबाहेक भक्तजनबाट बोलकबोल रु ८० लाख सङ्कलन हुन बाँकी छ । महा–महोत्सवका संयोजक डा केशवराज भुर्तेलका अनुसार देश विदेशबाट यहाँ आएका करिब ३० लाख भक्तजनबाट सो रकम सङ्कलन गरिएको हो । उनले महोत्सव सम्पन्न गर्न रु तीन करोड ४८ लाख ४८ हजार एक सय सात खर्च भएको पनि जानकारी दिए ।म

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 299 पटक पढिएको
  • सडक दुर्घटनाः छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन

    काठमाडौँ ।  चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ सडक दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ सडक दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ ।गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्य

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 242 पटक पढिएको
  • वैदेशिक रोजगारमा ठगिएकाको उद्धारमा सक्रिय बन्दै आप्रवासी स्रोत केन्द्र

    ढोरपाटन (बागलुङ) । आप्रवासी स्रोत केन्द्र बागलुङले वैदेशिक रोजगारमा गएर समस्यामा परेका सात जनाको उद्धार गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा ११ को उद्धारका लागि उजुरी परेकामा हालसम्म सात जनाको उद्धार भएको हो । खासगरी साउदी, दुबई, कतार, कुवेतलगायत गाडी मुलकमा पुगेर समस्यामा परेकाहरूको उद्धार गरिएको आप्रवासी स्रोत केन्द्र बागलुङकी सूचना अधिकारी तथा परामर्शकर्ता गङ्गा शर्मा रिजालले जानकारी दिइन् । वैदेशिक रोजगारमा गएका कामदारले समयमा तलब नपाउने, बिदामा नेपाल फर्किन नपाउनेलगायत समस्यालाई विभिन्न निकायसँग सहकार्य गरी उद्धार गरिएको उनको भनाइ छ ।रिजालका अनुसार ठगी, मृत्युलगायत ९० उजुरी परेका

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 161 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा