काठमाडौं— हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् ।उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन् ।
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रको समग्र सुधारका लागि नीतिगत कार्यहरूलाई प्राथमिकता दिने बताएका छन । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का पदाधिकारीहरूसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा उहाँले ऊर्जा क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार नीतिगत सुधारमा केन्द्रित रहेको स्पष्ट पारे ।मन्त्री श्रेष्ठले ऊर्जा उत्पादन मात्र नभई खपतको रणनीतिलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । ‘ऊर्जा केवल कच्चा पदार्थ मात्र होइन, यसलाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्छ,’ उनले भने । उनले घरेलु र औद्योगिक मागको वास्तविक अवस्था बुझ्न यथार्थपरक
काठमाडौं— अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कास्की पोखरा महानगरपालिका(१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका(६ घर भएकी ५० वर्षीया वन कुमारी गुरुङलाई बुधबार पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ४ जना पीडितहरूलाई व्यक्तिगत कागजात समेत पठाउन लगाई विभिन्न बैंक खातामा पटक-पटक गरी ९० लाख रुपैयाँ जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरेको हो । उन
काठमाडौं— श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने दाबी गरेका छन् ।शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राईले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा खडा गर्ने बताएका हुन् ।उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई! ७ भोट आउँछ कि १८९ ?’उनले नयाँ भनिएको दलले आफ्नो दलको उम्मेदवारलाई मत दिने विश्वाससमेत व्यक्त गरेका छन् ।
काठमाडौं— त्रिभुवन राजपथ सडक अन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्ध भएको छ ।काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख १७५० नम्बरको ट्रक आज बिहान करिब १ः३० बजे ट्रक टिष्टुङमा दुर्घटना हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।ट्रक चालक धादिङ, बेनिघाट रोराङ गाउँपालिका–२ का २७ वर्षीय धुर्व घलेले ट्रकबाट हाम फाल्दा दाहिने खुट्टामा चोट लागी सामान्य घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय पालुङको प्रहरी टोलीलले ट्रक हटाएर यातायात सेवा सञ्चालनका लागि प्रयास गरिरहेको छ ।
काठमाडौं— सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सात वटै प्रदेश) लाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।शुक्रबार सूचना जारी गर्दै मन्त्रालयले देशभरका सात वटै प्रदेश सरकारलाई आफ्ना मातहतका सबै निकायहरूको स्वीकृत दरबन्दी (स्टाफ संरचना) को एकीकृत विवरण ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।मन्त्रालयले सबै प्रदेश अन्तर्गतका कार्यालयहरूको स्वीकृत दरबन्दी संकलन गरी एकमुष्ट रूपमा तयार पारेर मन्त्रालयको इमेल ठेगानामा तीन दिन भित्र उपलब्ध गराउन आग्रह गरेको छ ।
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ।दिउँसो देशको हिमाली भूभागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया बादल लाग्नुको साथै केहि भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।राति देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पह
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।सिंगापुर डलर एकको खरिददर ११५ र
जनकपुर— मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् ।गृहमन्त्री महतोले शुक्रबार विहान प्रादेशिक अस्पताल जनकपुरको आकस्मिक कक्ष, प्रसुती गृह, डाईलाईसिस विभाग, आईसीयु र ओपिडि विभागको अनुगमन गरेका हुन् । सो क्रममा उनले विरामीहरुसंग पनि सोधपुछ गर्नुका साथै अस्पतालका निर्देशक डा।जामुन प्रसाद सिंहसँग अस्पतालबारे जानकारी लिएका छन् ।अस्पतालका निर्देशक डा। सिंहले अस्पतालमा विद्यमान कर्मचारी दरबन्दी, सरसफाईको अभावको बारेमा गृहमन्त्री महतोलाई ध्यानाकर्षण गराएका थिए ।साथै उनले राजनिति पहुँचका कारण स्वास्थ्य क्षेत्रमा हुनुपर्ने लगानी विभि
बाजुरा— बाजुरामा यो बर्ष समयमै पाठ्यपुस्तक पुगेका छन्। शैक्षिक सत्र सुरु नहुनु अगावै बाजुरामा पाठ्यपुस्तक पुगेका हुन् । अघिल्ला केही बर्षहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने बाजुरामा पछिल्ला दुई तीन बर्षहरुमा भने समयमै पाठ्यपुस्तक पुग्ने गरेका छन् ।जिल्लाका बिभिन्न बितरण केन्द्रमा समयमै पाठ्यपुस्तक पुगिसकेका छन् । पहिलेका बर्षहरुमा बर्ष वितिसक्दा समेत पाठ्यपुस्तक नपुग्ने बाजुरामा अघिल्ला दुई बर्ष र यो बर्षमा भने समयमै किताब पुगेका हुन्। समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीहरू समेत निकै खुशी देखिएका छन् ।जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीको संख्याका आधारमा शैक्षिक सत्र २०८३ को लागि कक्षा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.