समाचार

    Showing 4,751-4,760 of 15,607 items.
  • बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको १४ स्थानमा मर्मत थालियो

    काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको मर्मत थालिएको जनाएको हो । हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानो अवस्थालाई हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उचाई बनाउने तथा अप्ठेरो भएका स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर सुमन योगेशले बताए ।आगामी वर्षायाममा यातायात सञ्चालनमा कठिनाइ नहोस् भन्ने उद्देश्यले क्षतिग्रस्त सडक चौडा पार्न

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 246 पटक पढिएको
  • पाथीभरा क्षेत्रमा हिमपात

    ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र  यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए ।तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ ।  पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि  पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताउनुभयो । यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलु

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 162 पटक पढिएको
  • हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै

    बागमती । लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा  आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले उत्पादन रोकिएको होइन’, हेटौँडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले भने

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 227 पटक पढिएको
  • रम्भाका चौध घरमा सामुदायिक घरवास सञ्चालन

    रामपुर (पाल्पा) । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक घरवास कार्यक्रम सुरु भएको हो । पर्यटकको आवागमन बढाउन र पर्यटन विस्तारका गर्दै १४ घर परिवारले पुरानै घरका कोठालाई व्यवस्थापन गरेर घरवास सञ्चालनमा ल्याएका हुन् । सामुदायिक घरवासमा ती घर परिवारका सदस्य आबद्ध रहेको घरवास सञ्चालक समिति अध्यक्ष देउकुमारी सारूले जानकारी दिइन् ।उनका अनुसार यहाँ आउने पर्यटकलाई प्रतिव्यक्ति रु एक हजारको प्याकेजको व्यवस्था मिलाइएको छ । स्थानीय कुखुराको मासुसहित दुई छाक खाना, एक नास्ता र बस्नका लागि प्याकेजमा सुविधा रहेको छ । स्थान

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 155 पटक पढिएको
  • डोरीमा झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता

    म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डीएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ । कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताए ।‘बेनी–चिमखोला–घ्याँसीखर्क हुदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरुमा निर्माणाधिन जलविद्युत आयोजनाले बनाएको सडकमा चार घण्टा सवारी साधन मार्फत पुग्न

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 198 पटक पढिएको
  • तल्लो अरुण आयोजना प्रभावितलाई मुआब्जा वितरण

    किमाथाङ्का (सङ्खुवासभा) । जिल्लामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु ८८ करोड बढी मुआब्जा वितरण गरिएको छ ।  उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ । आयोजना प्रभावित दुवै पालिकाका स्थानीयलाई मुआब्जाबापत रकम वितरण गरिएको हो । आयोजना प्रभावित क्षेत्रका लागि रु ८८ करोड नौ लाख ७८ हजार २०० मुआब्जा रकम वितरण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार निर्माणस्थल क्षेत्रमा पर्ने ६५६ परिवारले मुआब्जा पाउनेछन् । प्रभावितका लागि प्रशासन

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 192 पटक पढिएको
  • घरजग्गा कारोबारः गत माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन

    काठमाडौँ ।  देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ ।घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा रु तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ । गत पुसमा रु चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ राजस्व सङ्कलन भएको थियो । विभागका अनुसार गत मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ राजस्व प्राप्त भएको थियो । चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलना चालु आवको सात महिनामा राजस्व स

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 149 पटक पढिएको
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रूपैयाँ २० पैसा, क्यानेड

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 160 पटक पढिएको
  • खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय

    कटारी । उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् ।हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको स्थानीय बताउँछन् । ‘खोलाभन्दा माथिल्लो गाउँमा पानीको समस्या छ’, स्थानीय ज्ञानबहादुर तामाङले भने, ‘लुगा धुन, नुहाउन त तल्लो गाउँतिर लुगा बोकेर आउँछन् तर गाईवस्तुलाई पानी खुवाउनसमेत समस्या छ ।’तामाङका अनुसार खसिबासको तल्लो भेगमा विभिन्न आयोजनाबाट पानी सञ्चालनमा छ । माथिल्लो खसिबासमा भने पानीको कुनै पनि आयोजना सञ्चालनमा छैन । वर्षामा खोलामा वाढी आउँदा झनै प

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 105 पटक पढिएको
  • उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी  वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।आज राति कोशी, गण्डकी र  कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतय

    • प्रकाशित मितिः फागुन ४, २०८१
    • 129 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा