समाचार

    Showing 5,601-5,610 of 26,600 items.
  • मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ

    झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज तथा हातपात गरेको प्रहरीले जनाएको छ ।मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गर्दै आफूलाई बाहिर निस्कन भन्दै हातपात गरेका थिए ।प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरी

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 181 पटक पढिएको
  • रास्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ । स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन सर्किट लागेको हो ।बजार खुलेको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढ्दै पहिलो सर्किट लाग्यो र २० मिनेटका लागि कारोबार स्थगित गरियो । त्यसपछि खुलेको बजारमा फेरि एक मिनेटमै नेप्से ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटका लागि कारोबार रोकियो । पुनः खुलेको बजारमा अर्को एक मिनेटमै थप १ प्रतिशत बढेर कुल ६ प्रतिशत पुगेपछि

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 204 पटक पढिएको
  • संघीयता सबलीकरण समितिको बैठकमा कार्यकालको समीक्षा

    काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सोमबार बसेको बैठकमा समितिबाट पदावधि समाप्त भएका सदस्यहरूले आफ्नो कार्यकालको अनुभव आदान–प्रदान गरेका छन् ।बैठकमा बोल्दै समितिका सदस्य गोपी बहादुर सार्की आछामीले आफूहरूले कार्यकालमा गरेका कामप्रति सन्तुष्टि व्यक्त गरे । उनले समितिले विभिन्न विधेयकहरू पारित गराएको र केही विधेयकहरू कानुनी प्रक्रिया पूरा गर्दै विचाराधीन अवस्थामा रहेको उल्लेख गरे ।उनले भने, ‘हामीले जति काम गर्यौं, त्यसले केही हदसम्म सन्तुष्टि दिने शैलीको काम गर्यौं जस्तो लाग्छ । कतिपय विधेयकहरू हामीले पास गर्यौं, कतिपय विधेयकहरू कानुनी रूप पाएर विचाराधीन पनि छन् । यो एउटा चुनौत

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 164 पटक पढिएको
  • नेप्सेमा लगातार दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

    काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को परिणामपछि शेयर बजारमा लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा बढेको छ । चुनावी परिणामले राजनीतिक स्थिरता आउने अपेक्षा बढेपछि सोमबार खुलेको बजारमा नेप्से परिसूचकमा तीव्र उछाल देखिँदै लगातार दोस्रो सर्किट लागेको छ ।सोमबार बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पुनः खुलेको बजारमा पनि उछालको गति उस्तै रह्यो र फेरि एक मिनेटमै थप १ प्रतिशत विन्दू बढ्दै कुल ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट ब्रेक लाग्दै ४० मिनेटका लागि कारोबार रोकिएको हो ।पहिलो सर्किटपछि खुलेको बजारमा

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 467 पटक पढिएको
  • सयद मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता नियुक्त, देशभर उत्सव

    काठमाडौं— इरानको सर्वोच्च धार्मिक तथा राजनीतिक पदमा सय्द मोज्तबा खामेनेई नियुक्त भएपछि देशभर उत्सव मनाइएको छ । सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका दोस्रो छोरा मोज्तबा खामेनेईलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको हो ।सोमबार उनको नाम घोषणा भएपछि तेहरानसहित विभिन्न शहरमा सयौँ नागरिक सडकमा उत्रिएका थिए । उनीहरूले नयाँ नेतृत्वप्रति समर्थन जनाउँदै उत्सव मनाएका छन् । इरानको एक्सपट्र्स असेंब्ली एसेम्बली अफ एक्सपर्टले संविधानको धारा १०८ अनुसार मोज्तबा खामेनेईलाई इस्लामिक गणतन्त्र इरानको तेस्रो सर्वोच्च नेताका रूपमा नियुक्त गरेको बताइएको छ ।नय

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 509 पटक पढिएको
  • ‘रास्वपाको जित होस्’ भन्दै गरिएको भाकल पूरा भएपछी युवाहरुले मन्दिरमा चढाए ५५ किलो मिठाई

    सर्लाही— सर्लाहीको चन्द्रनगर गाउँपालिकाका युवाहरूले आफ्नो भाकल पूरा भएपछि गाउँको कुलदेवता ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाएका छन् ।जिल्लाको चन्द्रनगर गाउँपालिका – ३ स्थित कोरियाही टोलका युवाहरूले चुनावको मिति घोषणा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू देशभरि विजयी होऊन् भन्ने कामना गर्दै ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाउने र चमेली माई मन्दिरमा एउटा बोका बली दिने भाकल गरेका थिए ।युवाहरूका अनुसार सर्लाहीका रास्वपा उम्मेदवारहरू नीतिमा भण्डारी (कार्की), रविन महतो, नरेन्द्र साह कलवार र डा. अमरेश सिंहलगायत तथा देशभर पार्टीका उम्मेदवारहरूले सफलता पाएपछि आफ्नो भाकल पूरा भएको भन्दै

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 482 पटक पढिएको
  • निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको मातृकाको आरोप

    जनकपुर— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम धनुषा क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद यादवले निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको आरोप लगाएका छन् ।हिजो (आईतबार) निर्वाचन आयोगले धनुषा क्षेत्र नं।१ को मतगणनाको नतिजा रोक्न निर्देशनसहितको पत्र जारी गरेपछि यस क्षेत्रका उम्मेदवारहरु आक्रोसित भएका छन् ।नेकपाबाट उम्मेदवारी दिएका यादवले हिजो धनुषाको धनुषाधाममा विरोध जनाएका थिए । उनले अबेर राती सोही स्थानमा पत्रकारसम्मेलन गर्दै निर्वाचन आयोगले जारी गरेको निर्देशनको विरोध गरेका छन् । उनले आयोगले आफै गरेको निर्णय तीन पटक परिवर्तत गरेर अन्तमा उम्मेदवारहरुलाई नै अन्योलम

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 462 पटक पढिएको
  • राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।सोमबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरेर दुई समितिको बैठक बस्न लागिएको हो ।आज विधायन समितिको बैठक छ वर्षे कार्यकाल समाप्त भई बिदाई भएका समिति सभापति तथा सदस्यलाई धन्यवाद ज्ञापन गरिने छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा पदावधि समाप्त भएका समितिका सदस्यहरुसँग अनुभव आदानप्रदान गरिने छ भने बैठक बिहान ११:३० बजे बस्ने तय भएको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 479 पटक पढिएको
  • समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत

    काठमाडौं— प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख १० हजार ४०८ मत गणना भएको छ ।बिहान ७ः५० बजेसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले ३८ लाख २२ हजार ६३२ मत प्राप्त गरेको छ ।त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ लाख ८९ हजार ४४८, नेकपा एमलेले १० लाख ८९ हजार ४४९, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ६२ हजार ९१४ मत प्राप्त गरेको छ ।यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ३०४ र श्रम संस्कृति पार्टीले दुइ लाख ६२ हजार ६६० मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 488 पटक पढिएको
  • रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

    काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो ।सोमबार बिहान कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको छ । नेप्से ४ प्रतिशतले बढेपछि नियमअनुसार २० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।लगानीकर्ताहरूले नयाँ सरकारबाट नीतिगत स्थिरता आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेपछि बजारमा खरिद चाप बढेको विश्लेषकहरू बता

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 447 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.