समाचार

    Showing 5,621-5,630 of 26,600 items.
  • आजको मौसमःयी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं— जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज(सोमबार) बिहान देशका केही क्षेत्रमा वर्षा भएको छ।कोशी र बागमती प्रदेशका एक–दुई स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।पछिल्लो चौबीस घन्टामा तिलोत्तमामा २५ मिलिमिटर र भैरहवामा २२.२ मिलिमिटर ,पोखराको पचासेमा ६.८ मिलिमिटर, संखुवासभाको नुममा १२.८ मिलिमिटर र टासी गाउँमा ७.६ मिलिमिटर वर्षा भएको छ।यस्तै आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भामामा साधारणतया बादल लाग्नेछ।त्यस्तै,दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहित लुम्बि

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 510 पटक पढिएको
  • ‘म्यागासेसे’ को संसद् यात्रा...

    म्याग्दी। सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गर्नुभएको छ । हाल चितवनमा बस्दै आउनुभएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएका पुनले गत माघ ४ गते पदबाट राजिनामा दिएर जन्मथलोमा चुनाव लड्न आउनुभएको थियो ।अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट विसं २०४९ मा स्नाकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको टिकोट माविका प्रअ प्रदीप पुनले बताउनुभयो । विसं २०५८–६४ को स

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 248 पटक पढिएको
  • समानुपातिकको मतगणना जारी : ७५ लाख ७५ हजार १९३ गणनाहुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मतप्राप्त

    काठमाडौँ। प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ ।निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार आज विहान ५ ः ५० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ ।त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ३८ हजार ३८१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १० लाख ४७ हजार ५१२, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ३८ हजार २७० , राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५८ हजार ६६६ र श्रम संस्कृति पार्टीले दुइ लाख ४० हजार ७६३,मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 232 पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचन : १६१ क्षेत्रको मतगणना सार्वजनिक , रास्वपाका १२४ उम्मेदवार निर्वाचित

    काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ ।निर्वाचन आयोगबाट आज विहान ६ बजे प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएकोे छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ ।नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 249 पटक पढिएको
  • केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

    गलकोट। बागलुङ नगरपालिका–३ गुठीमा जन्मनुभएका सुशील खड्का १२ वर्ष अघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्कनुभएको थियो । उहाँ त्यसपछि उद्यममा लाग्नुभयो । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको बताउनुहुने खड्का हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट २० हजार ९२७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।खड्का फोहोर व्यवस्थापनदेखि समाजसेवामा सक्रिय रहँदै रास्वपामा प्रवेश गर्नुभएको थियो । आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्नुभएका खड्काले बागलुङको छविलाई सुधार्ने योजना रहेको बताउनुभयो । उहाँले गुमेको बागलुङको साखलाई फिर्ता ल्याउँदै आर्

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 306 पटक पढिएको
  • राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

    काठमाडौँ। राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ ।सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो ।सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउनुहुने कार्यक्रम छ । शपथग्रहणका लागि आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहि

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 296 पटक पढिएको
  • आरेन राई : जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

    खोटाङ। यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहनुभएका २९ वर्षीय राईले १६ हजार ६१२ मत प्राप्त गर्नुभएको छ ।उहाँ विसं २०८० मा मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका सर्वोच्चसभा सदस्य एवम् आर्थिक विभाग प्रमुख पद परित्याग गरेर श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएको थियो । राई पहिचानवादी नेताका रुपमासमेत परिचित हुनुहुन्छ । सानै उमेरदेखि विभिन्न सङ्घ/संस्थामा आवद्ध रहेर सामाजिक काम गर्दै खुला राजनीतिमा आउनुभएका राईले अब प्रतिनिधिसभामा गएर भूइँ मान्छेको हित हुने किसिमको नीति निर्माण तथा उन

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 250 पटक पढिएको
  • मध्यरातसम्म ६६ लाख ६६ हजार समानुपातिक मत गणना

    काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ६६ लाख ६६ हजार ६०७ मत गणना भएको छ ।निर्वाचन आयोगले उपलब्ध गराएको मध्यरातसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३२ लाख ५२ हजार १७९ मत प्राप्त गरेको छ ।त्यसैगरी नेपाली कांग्रेसले नौ लाख ३४ हजार ३१, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नौ लाख ६७ हजार १२५, नेपाली कम्युनिस्ट पार्टीले चार लाख ६७ हजार १२५, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३० हजार ५३२ मत प्राप्त गरेको छ ।श्रम संस्कृति पार्टीले एक लाख ९० हजार १०९, जनता सामाजवादी पार्टी नेपालले ९३ हजार ४३४, राष्ट्रिय परिवर्तन पार्टीले ८० हजार १२३, जनमत पार्टीले ४० हज

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 280 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः कर्णालीमा कसले, कहाँ, कति सिट जिते ?

    कर्णाली। प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ ।निर्वाचनपश्चात् सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसले पाँच, नेपाली कम्युनिष्ट पार्टीले चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक स्थानमा जित हात पारेका छन् । नेपाली कांग्रेसका उम्मेदवारहरु सुर्खेत क्षेत्र नं १बाट बिष्णुबहादुर खड्का, दैलेख क्षेत्र नं १बाट बासना थापा, जाजरकोटबाट खडकबहादुर बिसी, मुगुबाट खड्गबहादुर शाही र हुम्लाबाट जयपति रोकाया निर्वाचित भएका छन् ।त्यसैगरी नेपाली कम्युनिष्ट

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 282 पटक पढिएको
  • श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

    धरान। धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ ।धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहनु भएका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी बन्नुभएको हो ।विसं २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर उहाँ निर्वाचित हुनुभएको थियो

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 291 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.