समाचार

    Showing 5,631-5,640 of 26,600 items.
  • दोलखामा रास्वपाका जगदीश खरेल विजयी

    दोलखा— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल निर्वाचित भएका छन्।उनले ३२ हजार ३७६ मत प्राप्त गर्दै निर्वाचित भएको ‍निर्वाचन कार्यालयले जनाएको छ। सो क्षेत्रमा नेकपा (एमाले)का पार्वत गुरूङले १७ हजार ४४९ प्राप्त गरे। साथै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विशाल खड्काले १३ हजार ६५ र नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २९८ मत प्राप्त गरेका छन्। 

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 493 पटक पढिएको
  • धनुषा १ को नतिजा सार्वजनिक नगर्न आयोगको निर्देशन, कारण यस्तो

    जनकपुर— धनुषाको क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज रहेको अवस्थामा उनले २० हजार भन्दा बढि मत प्राप्त गरेका छन् ।साहविरुद्ध फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुन ११ गते उजुरी निर्वाचन आयोगमा पठाएको थियो ।आयोगले फागुन १४ गते साहसँग स्पष्टीकरण मागेको थियो भने १८ गते उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।मतपत्र छपाई भइसकेकाले उनको उम्मेदवारीको चिन्ह भने यथावत नै रह्यो । अहिले मतगणना कार्य चलिरहँदा घण्टी चिह

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 467 पटक पढिएको
  • जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत

    मुगु— प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जुम्लामा प्रतिस्पर्धामा उत्रिएका १० उम्मेदवार मध्ये ६ जनाको जमानत जफत भएको छ।निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले निर्वाचन कार्यालयमा राखेको धरौटी रकम गुमाएका हुन्।जिल्लामा विभिन्न नौं राजनीतिक दल र एक स्वतन्त्र गरी जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए । तर उनीहरूमध्ये आधाभन्दा बढी उम्मेदवारले न्यून मत प्राप्त गरेपछि जमानत जोगाउन असफल भएका छन् ।देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चर्चा र प्रभाव देखिए पनि जुम्लामा भने त्यसको प्रभाव खासै देखिएन।रास्वपाबाट उम्मेदवार बनेकी विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 543 पटक पढिएको
  • पाकिस्तानको उत्तर पश्चिममा विस्फोटमा दुई जना प्रहरीको मृत्यु

    काठमाडौं— पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको साउथ वाजिरिस्तान जिल्लामा शनिबार साँझ भएको विस्फोटमा दुई जना प्रहरीको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जना प्रहरी र २७ जना सर्वसाधारण रहेका छन् ।प्रहरीका अनुसार घटना स्थानीय समयअनुसार साँझ करिब ५ बजे एक बजार क्षेत्रमा प्रहरीको नियमित गस्तीको समयमा भएको थियो । बजारमा रहेको सुपरमार्केटको मुख्य ढोकाको नजिक राखिएको बम विस्फोट भएको हो ।विस्फोटपछि स्थानीय बासिन्दा, प्रहरी टोली र उद्धारकर्मीहरूले तत्काल राहत कार्य सुरु गरी घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍याए । अस्पताल स्रोतका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइए

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 509 पटक पढिएको
  • कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी

    कैलाली— प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् । खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए । यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 514 पटक पढिएको
  • एनआरएनए महाधिवेशनका लागि चहलपहल सुरु, अन्योलता कायमै

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएपनि अन्योलता भने कायम छ ।महाधिवेशनका लागि भन्दै केही आकांक्षीहरु संघीय राजधानी काठमाडौं आउन थालेका छन् । फागुन ३० गतेदेखि सुरु हुने भनिएको महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौंमा भेला हुन थालेका हुन् ।संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि चुनावी तयारी निर्वाचन समितिले रोकेको छैन ।यही क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन जापानबाट काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका उपमहासचिव प्रवीन गुरुङसहितका अभियन्ताहरूले स्वागत गरेका थिए ।विशेषगरी ए

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 462 पटक पढिएको
  • सुनसरी १ मा हर्कराज साम्पाङ विजयी

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।हर्कले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् ।नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ४६३ मत ल्याएका छन् ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 457 पटक पढिएको
  • मुगुमा कांग्रेसको अग्रता कायमै

    मुगु— प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाहीको अग्रता कायम रहेको छ ।हालसम्म २० हजार २५५ मत गन्दा कांग्रेसका उम्मेदवार शाहीले ७ हजार ३७१ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकायाले ६ हजार ३०२ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले ४ हजार ८६१ मत प्राप्त गरेका हुन् ।राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटाले ४९९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बल बहादुर मल्लले १२७ मत प्राप्त गरे ।

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 541 पटक पढिएको
  • मकवानपुर क्षेत्र नम्बर १ मा रास्वपाका प्रकाश निर्वाचित

    काठमाडौं— मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश गौतम प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका रास्वपाका गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दै २१ हजार ९९५ मतान्तरले विजय प्राप्त गरेका हुन्।उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय(डिना) ले १४ हजार ३८ मत मात्र पाइन् ।यस्तै, एमालेका रामेश्वर राना मगरले १२ हजार ७८३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका विजय गौतमले १० हजार ७८८, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले ४ हजार ५७४, उज्यालो पार्टी नेपालका सुरेन्द्र लामाले १० हजार २०५

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 479 पटक पढिएको
  • पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

    वीरगञ्ज— प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार फराकिलो मतान्तरले निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्तले २७ हजार २७४ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ मत बढी प्राप्त गरे । निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुशीलकुमार कानुले ३० हजार ७४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हज

    • प्रकाशित मितिः फागुन २४, २०८२
    • 441 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.