समाचार

    Showing 7,161-7,170 of 26,636 items.
  • कांग्रेस विशेष महाधिवशेनः प्रतिवेदनमाथि छलफल र सुझाव दिनेक्रम जारी

    काठमाडौं— काठमाडौंको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द मंगलबार विहानदेखि जारी छ ।सत्रमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माको उपस्थितिमा चार वटा समूहले समूहगत प्रस्तुति गरिसकेका छन् । अहिलेसम्म सुदूरपश्चिम कर्णाली, लुम्बिनी र मधेश प्रदेशको तर्फबाट समूहगत प्रस्तुति भइसकेको हो।बन्द सत्रमा लुम्बीनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो तहमा जान पाउनुपर्ने माग गरेका छन्। उनले कांग्रेसमा जहिले पनि माथिल्लो तहबाट मात्र सार्वजनिक पदमा जाने परिपाटी भइरहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्।महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदनमाथि प्रदेश तथा जिल

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 488 पटक पढिएको
  • ‘गोबर गणेश’ लाई युनिभर्सल सर्टिफिकेट प्रदान, माघे संक्रान्तिमा ‘बल्छी धुर्वे’ को कमाल हेर्न पाइने

    काठमाडौं— पछिल्लो समय दर्शकमाझ निकै चर्चामा रहेको चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ । आगामी माघ १ गते (माघे संक्रान्ति) बाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्रदान गरेको हो ।हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ले सोमबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । अब यो चलचित्रलाई स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म, अर्थात् सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउनेछन् ।विशेषत पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको सं

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 544 पटक पढिएको
  • डिएलए अध्यक्ष केसीको संयोजकत्वमा निर्वाचन समिति गठन

    काठमाडौं— नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ ।पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका छुट्टाछुट्टै दुई प्रस्तावमाथि छलफल चलिरहँदा डिएलएका अध्यक्ष केसीको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।निर्वाचन समितिमा डिएलएका अध्यक्ष केसीसँगै वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 464 पटक पढिएको
  • सुन चाँदीको मूल्य आज कति पुग्यो ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ । सोमबार एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ कायम थियो ।

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 477 पटक पढिएको
  • बागलुङमा एक लाख ९३ हजार मतदाता कायम

    ढोरपाटन। बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म दर्ता भएको मतदाता नामावलीमा १६ देखि २८ वर्षसम्मका उमेर समूह बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर पाँच हजार २५३ मतदाता थपिएका छन् । मतदाता नामावली दर्ता गराउनेमा सबैभन्दा बढी युवापुस्ता छन् । जिल्ला बाहिरका १०० मतदाताले बागलुङबाट नामावली दर्ता गराएको प्रमुख रिजालले बताउनु

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 240 पटक पढिएको
  • इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने कुनै पनि देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । ट्रम्को यस्तो घोषणापछि विश्व व्यापारमा अनिश्चितता बढ्ने देखिएको छ ।ट्रम्पको यस निर्णयको अप्रत्यक्ष तर स्पष्ट असर भारत लगायतका मुलुकको कृषि निर्यात क्षेत्र, विशेषगरी बास्मती चामल निर्यातमा पर्न सक्ने सरोकारवालाहरूले बताएका छन् । इरान भारतबाट निर्यात हुने बास्मती चामलको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो । तर इरानसँग व्यापार गर्ने तेस्रो देशलाई समेत दण्डित गर्ने ट्रम्पको प्रस्तावित नीतिले भुक्तानी प्रक्रिया जटिल बनाउने, कारोबार जोखिम बढाउने र खरिदकर्त

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 500 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समय परिवर्तन गरिएको छ।आज बिहान ११ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन गरि दिउँसो १ बजेको लागि सारिएको हो ।पार्टीका मुख्य सचिव पौडेलले बैठकको समय परिवर्तनबारे औपचारिक जानकारी दिएका हुन् ।बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 446 पटक पढिएको
  • कांग्रेस विशेष महाधिवेशन विवाद समाधानका लागि दुई समूहबीच वार्ता हुने

    काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधानका लागि विशेष महाधिवेशन पक्षधर र संस्थापन समूहबीच वार्ता समिति गठन गरिएको छ । विशेष महाधिवेशनलाई लिएर दुवै पक्षका प्रतिनिधिहरूबीच छलफल गर्न वार्ता समिति गठन गरिएको हो ।पार्टीभित्र देखिएको आन्तरिक विवादलाई सहमतिमार्फत टुंग्याउने उद्देश्यसहित विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको पक्ष तथा संस्थापन समूहले आ–आफ्नो तर्फबाट वार्ता समिति गठन गरेका छन् ।विशेष महाधिवेशन पक्षधर वार्ता समितिमा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, साथै नेता गुरुराज घिमिरे र देवराज चालिसे रहेका छन् ।त्

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 506 पटक पढिएको
  • नुवाकोटमा आठ हजार मतदाता बढे

    त्रशूली। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नुवाकोटमा कूल मतदाता दुई लाख ४७ हजार ८६८ कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नं १ मा एक लाख २३ हजार ९२९ तथा क्षेत्र नं २ मा एक लाख २३ हजार ९३९ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा भन्दा आठ हजार ११२ बढी हो । कूल मतदातामध्ये महिला एक लाख १८ हजार ९७५,  पुरुष एक लाख २८ हजार ८९० तथा तीन तेस्रोलिङ्गी रहेका निर्वाचन कार्यालयले जनाएको छ । आगामी फागुन २१ गतेको

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 190 पटक पढिएको
  • केराउ, सुपारी र मरिच आयात गर्न अनुमति

    काठमाडौं— सरकारले औद्योगिक कच्चा पदार्थको रूपमा मात्र केराउ, सुपारी तथा सेतो/कालो मरिच आयात गर्न अनुमति दिएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि औद्योगिक प्रयोजनमा प्रयोग हुने गरी यी वस्तुहरूको पैठारी खुला गर्ने निर्णय गरेको हो । अन्य कुनै पनि प्रयोजनका लागि भने केराउ, सुपारी तथा सेतो÷कालो मरिचको आयात पूर्ण रूपमा बन्द रहनेछ । यो व्यवस्था सम्बन्धी सूचना सरकारले हालै मात्र राजपत्रमा प्रकाशित गरेको छ ।सूचनाअनुसार औद्योगिक प्रयोजनका लागि आयात अनुमति दिनुअघि उद्योग विभागले सम्बन्धित उद्योगको विस्तृत जाँचबुझ गर्नुपर्नेछ । आयात गर्नुपर्ने कच्चा पदार्थको उपलब्धता, वास्तविक आवश्यकता, औचित्य र आवश्

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 526 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.