समाचार

    Showing 7,201-7,210 of 24,622 items.
  • चार महिनामा सवारी दुर्घटनाका कारण १७ जनाको मृत्यु

    बनियान। पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् ।असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुईपाङ्ग्रे सवारीसाधन संलग्न छन् । प्रमुख प्रह

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 228 पटक पढिएको
  • रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

    काँक्रेविहा। डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु  भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको सन्दर्भमा अर्को मार्गबाट पनि जुम्ला जोड्ने काम थालिएको हो।त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भई ठेक्का प्रणालीबाट रु २५ करोड ९९ लाख ८८ हजार बजेटमा स्तरोन्नतिको काम सुरु भएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो । सडक स्तरोन्नतिपछि जुम्ला र डोल्पाका स्थानीयवासी तथा पर्यटक सहज हुने जनाइएको छ । रारा

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 335 पटक पढिएको
  • चक्रपथ निर्माण अन्तिम चरणमा

    मुस्ताङ। घरपझोङ गाउँपालिकास्थित थाक-पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ। विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो।गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको थियो।घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम-ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्

    • प्रकाशित मितिः कार्तिक ३०, २०८२
    • 366 पटक पढिएको
  • ७ दलको विरोध प्रदर्शन आज पनि जारी

    जनकपुर । जनकपुरधाममा ७ राजनितिक दलहरुले गर्दै आएको विरोध प्रदर्शन आज पनि जारी राखेका छन् ।पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा विहान ४ बजे सपथ ग्रहण गराएदेखि ७ राजनितिक दलका सांसद, नेता तथा कार्यकर्ताहरुले विरोध गर्दै आएको छ । पूर्व प्रदेश प्रमुख भण्डारी पदमुक्त भइसकेकाले उनीहरुले मुख्यमन्त्री यादव र मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको राजिनामा माग्दै नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसद तथा नेता एवम कार्यकर्ताहरुले विरोध गर्दै आएका छन् । उनीहरुले मधेश

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 309 पटक पढिएको
  • ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक

    काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ ।शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् ।सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोले दर्शकलाई सिनेमाप्रति उत्साह पैदा गर्न सफल देखिन्छ । एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ । नीरकमल खड्का (मामल)को शब्द रचना रहेको गीतम

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 228 पटक पढिएको
  • ग्रेस इन्टरनेशनल २० औं वर्षमा प्रवेश, प्रभावकारी सेवा दिने उद्घोष

    काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन २० औं वर्षमा प्रवेश गरेको छ ।काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ग्रेस इन्टरनेशनलले काठमाडौंको पुतलीसडक, चितवन, हेटौंडा, बिराटनगर, पोखरा, दमक, पर्सा, कावासोती, बुटवल, बिर्तामोड, दमौली र बागलुङमा पनि शाखा संचालन गरिरहेको छ ।१२ भन्दा बढी देशमा शाखा स्थापना गरी ग्रेस इन्टरनेशनलले सेवा प्रदान गर्दै आइरहेको छ ।ग्रेस इन्टरनेशनलले विद्यार्थीलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्युजिल्याण्ड लगायतका देशमा अध्ययनका अवसर प्रदान गर्दै आएको छ ।विश्वव्यापी शिक्षामा नेपाललाई अगाडि बढाउने लक्ष्यस

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 342 पटक पढिएको
  • ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस

    काठमाण्डौ । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न डिआइजी ईश्वर कार्की सिफारिस भएका छन्।शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डिआइजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल उनी कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।सरकारले काठमाडौँ उपत्यका प्रमुख समेत रहेका दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेसँगै एआईजी पद रिक्त भएको थियो।

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 447 पटक पढिएको
  • मिथिलाका वडाध्यक्षको गोली हानी हत्या

    काठमाण्डौ । धनुषाको मिथिला बिहारी नगरपालिकाका वडाध्यक्षको गोली प्रहार गरी हत्या भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष ४८ वर्षीय विन्देश्वर यादवको  शुक्रबार साँझ ६ बजेतिर गोली हानेर हत्या भएको हो ।गाउँमा भोजभतेरको विषयमा दुई पक्षबीचको विवादको छुटाउन पुगेका वडाध्यक्ष यादवलाई स्थानीय शम्भु यादवले गोली प्रहार गरी हत्या गरेको आरोप छ । शम्भु नेपाल प्रहरीमा कार्यरत रहेको बताइएको छ । विवादका क्रममा भएको झडपमा ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।अभियुक्त शम्भुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार दुईपक्ष विवाद हुँदा श

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 545 पटक पढिएको
  • विदेशी पर्यटक ठगी प्रकरणमा सुर्खेतका बिशु सिंजाली पक्राउ

    काठमाडौं— विदेशी पर्यटकसँग ठगी गरेको आरोपमा सुर्खेतका ४० वर्षीय बिशु सिंजालीलाई प्रहरीले पक्राउ गरेको छ। पोल्याण्डका १२ जना नागरिकलाई नेपाल भ्रमणका लागि मोटरसाइकल राइड तथा खाना–बस्ने लगायतका सेवासहितको प्याकेज उपलब्ध गराइदिने भन्दै ठगी गरिएको उजुरीपछि प्रहरीले उनीविरुद्ध अनुसन्धान अघि बढाएको हो।नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सिंजालीले आफ्नो कम्पनी ‘अल्टिट्युड राइडर्स प्रालि’को नाममा फेसबुक म्यासेन्जरमार्फत कुराकानी गर्दै पर्यटकलाई आकर्षक प्याकेज प्रस्ताव गरेका थिए। सम्झौता भएको सात दिनभित्र ३० प्रतिशत रकम अग्रिम भुक्तानी लिएपछि उनी सम्पर्कविहीन भएको पीडितले दिएका उजुरीमा उल्लेख छ। उ

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 450 पटक पढिएको
  • १४ दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

    काठमाडौं— साझेदारसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले गएको १० दिनमा १ हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । पशु कल्याणका लागि काम गर्ने संघ संस्थाहरूसँगको सहकार्यमा कार्तिक १४ (२०८२) बाट सबै वडामा बन्ध्याकरणको काम सुरु गरिएको हो । बन्ध्याकरण गरिएका कुकुररबिरालोलाई रेबिज विरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाका पशु चिकित्सक डा। पूजा खनालले जानकारी दिइन् । गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेबिजविरुद्धको खोप दिइएको थियो । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५ सय कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेबिज विरुद्

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 407 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.