समाचार

    Showing 7,981-7,990 of 26,643 items.
  • साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि इस्ट बङ्गाललाई

    काठमाडौं— साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ ।दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको थियो ।हिजो भएको खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । इस्ट बङ्गलाको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरेकी थिइन् भने शिल्कीदेवी हनाम एक गोल गरिन् ।कप्तान इक्वापुटले खेलको २२औँ मिनेटमा गोल गरेकी थिइन् । नेपालकी गोलकिपर अञ्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बङ

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 574 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 299 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७४ पैसा,

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 310 पटक पढिएको
  • आज २०८२ साल पुस ०६ गते आइतवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)नयाँ जिम्मेवारी प्राप्त हुने समय छ। सामाजिक काममा रुचि बढ्नेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन

    • प्रकाशित मितिः पुस ६, २०८२
    • 395 पटक पढिएको
  • विप्लवले राखे प्रधानमन्त्री भई देशको सेवा गर्ने चाहना

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री भई देशको सेवा गर्ने आफ्नो चाहना रहेको बताएका छन् ।काठमाडौँमा आयोजित जेन-जीसँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताले विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने चाहना भएको बताए ।तर तोकिएकै समय (फागुन २१) मा नेपालमा निर्वाचन हुनेमा उनले आशंका जनाए ।सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्ने कुरा कसैले नपत्याएको उनको भनाइ छ ।प्रहरी, कर्मचारीको मनोबल गिरेको, लुटिएका हतियार फिर्ता नभएको, निर्वाचनका लागि आवश्यक रकम नभएको कारण उल्लेख

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 238 पटक पढिएको
  • संयुक्त सुरक्षा अधिकारीले गरे कोरला सीमा क्षेत्रको निगरानी

    मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल-चीन) उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ ।हिउँदयामको माइनस डिग्री तापक्रमको परवाह नगरी सीमा क्षेत्रमा कार्यरत (नेपाल-चीन) संयुक्त सुरक्षा अधिकारीले कोरला सीमा क्षेत्रको निगरानी बढाउन गस्ती नियमित गस्ती थालेका हुन् ।मुस्ताङस्थित (नेपाल-चीन) कोरला सीमा क्षेत्रअन्तर्गत डोल्पातर्फ पर्ने २१, २२, २३ र २४ नं सीमा स्तम्भ क्षेत्रमा संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बल ३३ नं गुल्म हेडक्वाटर जोमसोमका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।उनका अनुसार हिउँदयामका समयमा सीमा क्षे

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 243 पटक पढिएको
  • नेपाली कम्युनिष्ट पार्टीले बहुमतका साथ देश सेवा गर्ने अवसर दिनुपर्छ :माधव नेपाल

    काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह-संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमारले आन्दो प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली जनताले आफूलाई बहुमत दिने बताएका छन्। उनले शनिबार (मे ५) काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा यस्तो बताएका हुन्।उनले जनताको सपना साकार पार्ने अभियानमा नेपाली कम्युनिष्ट पार्टीले लिटमस टेस्टमा सहभागी हुनुहुँदैन तर चुनावमा बहुमत दिएर जनताको सेवा गर्ने अवसर प्रदान गर्नुपर्ने बताए।उनले नेपाली जनताले चुनावमा बहुमत दिएर आफ्नो सपना पूरा गरेको उल्लेख गर्दै इमान्दारी, देशभक्ति र जनताको भावना अनुरूप अगाडि बढ्ने दृढ संकल्प व्यक्त गरे।एकता सन्देश सभामा माधव नेपा

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 264 पटक पढिएको
  • मधेस प्रदेशसभाः सभामुख पदका लागि नाम दर्ता

    काठमाडौँ । मधेस प्रदेशको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले उम्मेदवारी दर्ता गराएका छन् । उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहेको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 250 पटक पढिएको
  • सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

    वाशिङ्टन डीसी। अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक स्टेट समूहका निशानालाई लक्षित गरी आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताएका छन् । गत सप्ताहन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाल्माइरा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो । पाल्माइरा युनेस्को सूचीमा सूचीकृत प्राचीन भग्नावशेषको लागि प्रसिद्ध छ र पहिले जिहादी लडाकूहरूको नियन्त्रणमा रहेको थियो । उक्त आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिकको मृत्यु भएको थियो ।यसको जवाफमा, अमेरिकी सेनाले ‘सिरियाका विभिन्न स्थानमा युद्धपोत, आक्रमण हेलिकोप्ट

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 223 पटक पढिएको
  • खुलामञ्च खुला गरियोस्, एक लाख मानिस बस्ने चौर नहुनु देशकै लज्जा : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलामञ्च खुला गर्न सरकारसँग माग गरेका छन् । शनिबार (पुस ५) काठमाडौंमा आयोजित एकता सन्देशसभामा उनले यस्तो बताएका हुन् ।“सबैभन्दा पहिला त म नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नको लागि आग्रह गर्न चाहन्छु, जोडदार ढंगले सम्पूर्ण जनसमुदायको तर्फबाट तपाईंहरूलाई आग्रह गर्दछु,” उनले भने, “किनकि, यो नेपाल राष्ट्रकै निम्ति अपमानको विषयको हो ।”एक लाख मानिस अट्ने मैदान नहुनु लज्जाको विषय भएको उनले उल्लेख गरे । उनले एक लाख मानिस राजनीतिक दलले उतारेर कार्यक्रम गर्न नपाउनु अपमानजनक विषय भएको बताए ।काठमाडौं उपत्यकाका

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 226 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.