समाचार

    Showing 8,061-8,070 of 26,643 items.
  • अर्थमन्त्री खनाल भन्छन् कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनाको अवधिमा करिब करिब १० प्रतिशतको हाराहारीमा कर एवम राजस्व वृद्धि भएको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित गोरखापत्र डिस्कोर्समा उनले आर्थिक गतिविधि लयमा फर्किएको भन्दै असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको बताए ।उनले भने, ‘अर्थतन्त्रमा आर्थिक गतिविधिहरु चलायमान छन् कि छैनन्, उत्पादनका कामहरु बढेका छन् कि छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ कि छैन भन्ने सूचकहरु मूलभूत रुपमा सरकारको कर र राजस्व संकलन साथै भन्सारमा भइरहेको संकलनले संकेत गर्छ । यि सबै हेर्दा गएको तीन महिनाको अ

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 523 पटक पढिएको
  • ललितपुरको लुभुमा इनारभित्र शव भेटियो, हत्या गरी फालिएको आशंका

    काठमाडौं— ललितपुर महानगरपालिका–लुभु क्षेत्रमा एक व्यक्तिको शव इनारमा फेला परेको छ। मृतक सिन्धुली जिल्लाका केशव हायु रहेको जिल्ला प्रहरी परिसर ललितपुरले पुष्टि गरेको छ।प्रहरीका अनुसार वैदेशिक रोजगारीको तयारीका क्रममा ललितपुरस्थित एक कृषि फार्ममा बस्दै आएका हायुको शव फार्म नजिकैको इनारभित्र फेला परेको हो। घटनास्थलको अवस्थालाई हेर्दा हत्यापछि शव इनारमा फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।बुधबार साँझ स्थानीयवासीको सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेर शव उद्धार गरेको थियो। घटनाबारे थप अनुसन्धान अघि बढाइएको र केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 470 पटक पढिएको
  • मुलुक अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्छः मन्त्री खरेल

    काठमाडौ— नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकलाई अब आर्थिक निर्माणको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । बिहीबार गोरखापत्र संस्थानद्वारा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले देशको समग्र विकासका लागि यस्ता विमर्श उपयोगी हुने बताए ।उनले जेन–जी जनआन्दोलनपछि मुलुकले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै करिब ७६ जनाले ज्यान गुमाएको, २५ सयभन्दा बढी व्यक्ति घाइते भएको र ८४ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिए । यस्तो अवस्थामा व्यापक पुनर्निर्माण आवश्यक रहेको उनको भनाइ थियो ।उनले भने, ‘

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 473 पटक पढिएको
  • साकोस शिखर गोष्ठी सुरु, सहकारी अभियान सुदृढ बनाउन रणनीतिक उन्नयनमा जोड

    काठमाडौ—  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा ‘सदृढ अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ विषयक दुईदिने साकोस शिखर गोष्ठी–२०८२ सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको गोष्ठी शुक्रबारसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा बोल्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साकोस अभियानले समग्र सहकारी क्षेत्रलाई मार्गदर्शन गर्दै आएको उल्लेख गरे ।उनले सहकारी अभियानको इतिहास, वर्तमान र भविष्यलाई सुदृढ बनाउन साकोस शिखर गोष्ठीले महत्वपूर्ण भूमिका खेलेको बताए ।अध्यक्ष ढकालले सहकारी क्षेत्रप्रति देखिँदै आएको नकारात्म

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 459 पटक पढिएको
  • एमाले महाधिवेशनः यस्तो छ पछिल्लो मतपरिणाम

    काठमाडौ—  नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको परिणाम आउनेक्रम जारी छ । विहीबार विहान ११ बजे प्राप्त परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् ।महासचिवमा शंकर पोख्रेलले अग्रता लिइरहेका छन् । दुई वटा बुथको १६ वटा चिप्समा भएको ४ सय ४३ मत गन्दा अध्यक्षका उम्मेदवार ओली अगाडि देखिएका हुन् ।यस्तो छ पछिल्लो परिणामअध्यक्षकेपी शर्मा ओलीः ३३३ईश्वर पोखरेलः ११०उपाध्यक्षअरुण नेपालः ७९गुरु प्रसाद बरालः २४२गोकर्ण राज विष्टः २५६टकं प्रसाद कार्कीः ७५पर्शुराम मेघि गुरुङ्गः ८६पृथ्वी सुव्वा गुरुङः ३५६भिम प्रसाद आचार्यः ५१रघुजी पन्तः २५३रामबहादुर थापा बादलः ३०९विन

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 500 पटक पढिएको
  • एमाले महाधिवेशन:ओली अग्रस्थानमा, केही पदमा कडा प्रतिस्पर्धा

    काठमाडौ— नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको नयाँ मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्मको गणनाअनुसार अध्यक्ष केपी शर्मा ओलीले ४८९ मत प्राप्त गरेका छन्।त्यस्तै, ईश्वर पोखरेलले १७७ मत पाएका छन्त्य भने पदाधिकारीतर्फ शंकर पोखरेलले ३६४ मत, सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।प्रारम्भिक मतपरिणामले संस्थापन पक्ष अग्रस्थानमै देखिए पनि केही पदमा प्रतिस्पर्धा चर्को बन्दै गएको महाधिवेशनस्थल स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 504 पटक पढिएको
  • जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    झापा— जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब ६ः३० बजे मेचीनगर नगरपालिका–४ बाहुण्डाँगीस्थित खड्का डाँडामा उक्त घटना भएको हो।प्रहरीका अनुसार नेपालबाट भारततर्फ गइरहेको जङ्गली हात्तीसँग जम्काभेट हुँदा आक्रमणमा परेर अन्दाजी ५०–५५ वर्ष उमेरका एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतक भारतीय नागरिक जस्तो देखिए पनि हालसम्म उनको नाम, थर र ठेगाना खुल्न सकेको छैन।बाहुण्डाँगी क्षेत्रमा मागीखाने गर्दै हिँड्ने व्यक्ति भएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाले बताए। घटनाबारे भारतीय पक्षलाई पनि जानकारी गराइ सकिएको प्रहरीले

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 527 पटक पढिएको
  • एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छः महेश बर्तौला

    काठमाडौं— नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् ।बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए ।उनले भने, ‘अन्य कयौँ प्रतिवादीहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहान्छ तथापी पनि हामी देशहितको पक्षमा स्वाधिनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिकताको पक्षमा जतिसुकै एकल बनाउन खोजे

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 477 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार छापावाल प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 550 पटक पढिएको
  • १० लाख सैनिकलाई १७ सय ७६ डलरका चेक दिने ट्रम्पको घोषणा

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट बुधबार राति देशवासीलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनको मुख्य ‘फोकस’ अमेरिकी अर्थतन्त्रमा थियो ।ट्रम्पले मुद्रास्फीति र उच्च मूल्यका निम्ति पूर्ववर्ती राष्ट्रपति जो बाइडेनलाई जिम्मेवार ठहर्‍याए । सम्बोधनका क्रममा उनले बाइडेनमाथि तिखो कटाक्ष गरे ।उनले आफ्नो सरकारको कार्यकालमा आर्थिक अवस्थामा सुधार र धेरै सकारात्मक प्रगति देखिएको जिकिर गरे । नयाँ योजना घोषणा गर्दै उनले त्यसलाई ‘वारियर डिभिडेन्ड’ नाम दिए ।त्यसअन्तर्गत १० लाख सैनिकलाई १७ सय ७६ डलरका चेक दिइने उनले बताए । ट्रम्पले यसलाई सैनिकको सम्मानको कदम भने ।हालका दिनमा ट्रम्पले मुद

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 566 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.