काठमाडौ— नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको नयाँ मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्मको गणनाअनुसार अध्यक्ष केपी शर्मा ओलीले ४८९ मत प्राप्त गरेका छन्।
त्यस्तै, ईश्वर पोखरेलले १७७ मत पाएका छन्त्य भने पदाधिकारीतर्फ शंकर पोखरेलले ३६४ मत, सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।
प्रारम्भिक मतपरिणामले संस्थापन पक्ष अग्रस्थानमै देखिए पनि केही पदमा प्रतिस्पर्धा चर्को बन्दै गएको महाधिवेशनस्थल स्रोतले जनाएको छ।






































