काठमाडौ— काठमाडौँ महानगरपालिका–२६ बबरमहलकी एक महिलालाई सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई भारत लगेर जबर्जस्ती नाच्ने कार्यमा संलग्न गराइएको आरोपमा टिंकु जैसवाल भन्ने अरुण कुमार जैसवाल पक्राउ परेका छन्।पीडित महिलाका अनुसार प्रतिवादी जैसवालले फेसबुकमार्फत सम्पर्क गरी वीरगञ्जमा आयोजना हुने स्टेज डान्स शो मा सहभागी गराउने भन्दै प्रति शो रु. ४,००० पारिश्रमिक, खाना बस्न निःशुल्क व्यवस्था हुने र आर्थिक अभाव भएमा लिन पठाउने आश्वासन दिएका थिए। सोही आश्वासनमा विश्वास गरी पीडित महिला २०८१ चैत ३० गते राति ९ः१५ बजे कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकबाट पठाओमार्फत थानकोट पुर्याइएकी थिइन्।थानकोटबाट बस चढ
जनकपुर – गत बुधबार जनकपुरधाममा ६५ वर्षिय बासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँई ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो । महासेठ मंगलबार (हिजो) धनुषाको जनकनन्दनी गाउँपलिका वडा नं. ४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको भुँडी (पेट) लगायत शरिरका अन्य भागहरुमा ४÷५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरा
काठमाडौं –"नयाँ नेपालमा व्यवसाय गर्न सजिलो छैन!" यही सन्देश बोकेर आज राजधानी काठमाडौंको सडकमा सुनचाँदी व्यवसायी र कालिगढहरू उत्रिए। करको अन्यायपूर्ण भारविरुद्ध आवाज उठाउँदै नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ को अगुवाइमा र्यालीसहित कोणसभा कार्यक्रम सम्पन्न भयो।व्यवसायीहरूको प्रमुख मागहरूमध्ये, हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनमा लगाइएको २ प्रतिशत विलासी कर हटाइनुपर्ने माग सर्वप्रमुख छन्। उनीहरूको भनाइमा, यी करहरूले व्यवसाय तहस–नहस बनाएको छ, साना व्यापारीहरू मर्कामा परेका छन्, र कालिगढहरूको रोजीरोटी संकटमा छ।"सरकार हामीलाई विलासी
काठमाडौं – उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११ र १२ मा गरिएको बिना आधार चर्को शुल्कवृद्धिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ । संगठनले यस्तो शुल्कवृद्धिलाई जनविरोधी र शैक्षिक व्यापारीकरणको संकेत भएको भन्दै तुरुन्त खारेज गर्न माग गरेको हो । संगठनका इन्चार्ज निरोज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै शिक्षाको सर्वसुलभ पहुँच सुनिश्चित गर्नुको सट्टा विना आधार शुल्कवृद्धि गरेर विद्यार्थीहरूलाई निजीकरणको चक्रमा धकेलिएको टिप्पणी गरेका छन् ।‘शिक्षाको सर्वसुलभ पहुच सुनिश्चित गर्नुको सट्टा यसर
काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हरित अर्थतन्त्रलाई केवल वातावरणमैत्री सोचमा सीमित नराखी, सामाजिक न्याय, समावेशी विकास र जैविक विविधताको संरक्षणमा आधारित समग्र नीतिको रुपमा लिनुपर्ने बताएका छन् ।बुधबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय हरित संवादः अर्थतन्त्र र नीति ढाँचा’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास, रसायनिक मल तथा विषादीको अवैज्ञानिक प्रयोगजस्ता समस्याले नेपालको कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर असर पारिरहेको उल्लेख गरेका हुन् ।उनले भने, ‘हरित अर्थतन्त्र केवल वातावरणमैत्री सोच मात्रै नभइ सामाजिक न्याय, सम
कैलाली – कैलालीको धनगढी उपमहानगरपालिकाकी एक किशोरी बलात्कृत भएकी छिन् । धनगढीकै एक पुरुषले १५ वर्षीया किशोरीमाथि पटक – पटक बलात्कार गरेको भन्दै किटानी जाहेरी परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।पछिल्लोपटक ती किशोरीमाथि कञ्चनपुरको पुनर्वास नगरपालिकामा बलात्कार भएको भन्दै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।‘आरोपित भने फरार रहेको र खोजी कार्य भइरहेको छ,’ डीएसपी बोहराले भने । आरोपित पुरुष भने किशोरीका खेल प्रशिक्षक हुन् ।पछिल्लोपटक किशोरीलाई घुम्न जाउँ भन्दै पुनर्वास नगरपालिकाको आइबीआरडीमा रहेको तेक्वान्दो दोजाङको कार्यालयमै
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको भन्दै राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोहि अनुरुप बैंकले आज पनि तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट बोलकबोल गर्न सकिने जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढी
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधिसभाबाट अघि बढाउन लागेको भूमि सम्बन्धी विधेयकप्रति खुला असहमति जनाएका छन्। उनले विधेयक पर्याप्त गृहकार्य विना संसदमा पेश गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन्।शर्माले भनेका छन्, "भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक आफैंमा फेरि संशोधन गरेर सहमति खोज्न जरुरी छ। पर्याप्त तयारी नगरी संसदमा सोझै पारित गर्न प्रस्तुत गरिएकोमा स्पष्ट असहमति जनाइन्छ।" उनले विधेयकप्रति सहमति जुटाउन सरकारलाई आग्रह गर्दै "लटरपटर नगरी" ठोस पहल गर्नुपर्ने बताएका छन्। साथसाथै उनले आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट समेत
काठमाडौं–नेपालमा निडर पत्रकारिताको आवाज दबाउन खोजिएको घटनाले फेरि एकपटक स्वतन्त्र प्रेसमाथिको हमला उजागर गरेको छ। चर्चित निडर पत्रकार दिवाकर शाह पछिल्लो समय HTP खबरमार्फत महोत्तरी जलेश्वरको पूर्वाधार विकास कार्यालयमा भएका अनियमितता र भ्रष्ट्राचार उजागर गर्दै आएका छन्। सत्य बोल्ने शाहमाथि हाल सशक्त दबाब सिर्जना गरिएको भन्दै चौतर्फी विरोध शुरू भएको छ।यसै सन्दर्भमा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले खुला रुपमा शाहको पक्षमा उभिंदै भनेका छन्, "पत्रकार दिवाकर शाह तराईको आवाज हुन्, उनको आवाज दबाउनु भनेको जनताको आवाज दबाउनु हो। यो पूर्णतया अप्रजातान्त्रिक गतिविधि हो र म यसको घोर भर्त्सना गर्दछु।" शाहल
ओसाका – जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो सामाजिक दायित्व अझ मजबुत पार्ने उद्देश्यले १ करोड रकम बराबरको कल्याणकारी अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ ।समाजको हालै सम्पन्न विशेष बैठकबाट सर्वसम्मत निर्णय गर्दै सो कोषमार्फत आर्थिक, सामाजिक तथा आपतकालीन अवस्थामा सहयोग पु¥याउने लक्ष्य लिइएको छ। कोष स्थापनासँगै दोलखाली समुदाय मात्र नभई जापानमा रहेका अन्य नेपालीहरूलाई समेत आवश्यक परेमा राहत, उपचार तथा संकट व्यवस्थापनमा साथ दिने समाजको उद्देश्य छ ।दोलखा समाज जापानका अध्यक्ष संजिव पोखरेलले भने, ‘हामी विदेशमा भए पनि हाम्रो सामाजिक भावना र समर्पणलाई जीवित रा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.