समाचार

    Showing 8,291-8,300 of 24,658 items.
  • नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी

    बाजुरा— बाजुराको पुर्वि उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा लगाईएको ताला खोलिएको छ । स्थानीयहरूका माग एक हप्ता भित्र सुनुवाइ हुने निर्णयका साथ ताला खोलिएको हो । स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै युवाहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।युवाहरुले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका थिए तर नगरपालिकाले एक हप्ता भित्र माग पूरा गर्ने निर्णय अनुसार ताला खोलेको छ ।ताला खोलिनु पुर्व तालाबन्दी कर्ता र नगर उपप्रमुख राम बहाद

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 522 पटक पढिएको
  • बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी

    रामेछाप— असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज सकिने भएको छ । बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए । आफूले बाढीले क्षति पु¥याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए । सम्भवतः भोलि साँझसम्म, नभए पनि पर्सी बिहानसम्म एकतर्फी

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 507 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्वारा दुई मनि चेन्जरको इजाजतपत्र रद्द

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मनिचेञ्जर (मुद्रा सटही कारोबार) गर्न इजाजत पाएका दुई कम्पनीको इजाजतपत्र रद्द गरेको छ।बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले म्याद समाप्त भएपछि तोकिएको तीन महिनाभित्र नवीकरण नगरेका कारण ती कम्पनीहरूको इजाजतपत्र रद्द गरेको जनाएको छ।रद्द भएका मनि चेन्जरमा  युनियन करेन्सी एक्सचेन्ज प्रा.लि., मित्रनगर, काठमाडौं र के.टी.एम. ओम मनि एक्सचेन्ज प्रा.लि., ठमेल, काठमाडौं छन्।नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप-विनियम (३) अनुसार नवीकरण नगरेका मनिचेञ्जरहरूको इजाजतपत्र स्वतः रद्द हुने व्यवस्था छ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 769 पटक पढिएको
  • टी–२० विश्वकप छनोटः कुवेतसँग ५८ रनले विजयी हासिल

    काठमाडौं— आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले पहिलो खेलमा विजयी हासिल गरेको छ ।छनोटअन्तर्गत बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग ५८ रनले विजयी हासिल गरेको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रन मात्र बनाउन सक्यो । बलिङमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२, नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट लिए ।टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको योगदान गरेका दिए । गुल्सन झाले ६ बलमा २० र

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 615 पटक पढिएको
  • सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    सर्लाही— जिल्लाको सिमावर्ती क्षेत्र भारतको बिहार राज्यस्थित सोनवर्सा बजारमा भएको सडक दुर्घटनामा दुई नेपाली युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका – १० का १९ वर्षीय अजय राउत र उनका आफन्त भारतको खुरसाहा बस्ने २० वर्षीय सचिन रावत रहेका छन् ।उनीहरू सवार म प्र ०२ – ००८ प ९९४२ नम्बरको मोटरसाइकल सोनवर्सा बजारतर्फ जाँदै गर्दा बिआर ०९ जीबी ६७१५ नम्बरको टिपरसँग ठोक्किँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनापछि टिपर र चालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोनवर्सा थानामा राखिएको बताइएको छ । घटनाबारे थप अन

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 697 पटक पढिएको
  • शान्तिपूर्ण गर्ने भनिएको जेनजी प्रदर्शन स्थगित

    काठमाण्डौ । जेनजीले बिहीबार भोलि आयोजना गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित गरेको छ।एनटीईके-जेड समूहले बुधबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक र अप्रिय घटना निम्त्याउने देखिएकाले स्थगित गरिएको जनाएको हो।विज्ञप्तिमा भनिएको छ- ‘केन्द्रीय समिटीको बैठक बसेर गरेको छलफलमा २३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके–जेड का केन्द्रीय पदाधिकारीहरूले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरिएको छ र सो छलफल गरी आउन

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 483 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका केहि स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशक

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 307 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम थियो ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा तोकिएको छ । हिजो युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा कायम थियो । यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा, स्विस फ्र्यांक एकको खरिददर १७७ रुपैयाँ

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 305 पटक पढिएको
  • आज २०८२ साल असोज २३ गते बिहिबारको राशिफल

    मेष - प्रेमसम्बन्धमा नयाँ अवसर खुल्ने संकेत छ। अप्रत्याशित प्रस्ताव आउन सक्छ, जसलाई स्वीकार्दा जीवनमा सकारात्मक मोड आउने सम्भावना छ। साथीभाइको सहयोग र साथ लाभदायी रहनेछ। वृष - शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ। अध्ययन वा परीक्षामा मनोनिवेश गर्नेहरूले सफलता प्राप्त गर्नेछन्। व्यक्तिगत जीवनमा प्रेमसम्बन्ध मजबुत बन्नेछ।मिथुन - वैदेशिक क्षेत्रमा गरिएको लगानीबाट उल्लेखनीय उपलब्धि हात लाग्ने सम्भावना छ। शैक्षिक अवसरहरू अनुकूल हुनेछन्। तर, स्वास्थ्यप्रति बेवास्ता गर्दा समस्या आउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ।कर्कट - आर्थिक क्षेत्रमा ठगिने वा भ्रममा पारिने

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 480 पटक पढिएको
  • मतदाता नामावली अद्यावधिकमा विशेष ध्यान दिन कार्यकर्तालाई माओवादी केन्द्रको निर्देशन

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना सबै तहका पार्टी पङ्क्तिलाई निर्वाचन कार्यालयहरूसँग समन्वय गरी मतदाता नामावली अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन विशेष निर्देशन दिएको छ ।पार्टीका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी गरिएको परिपत्रमा पार्टी कार्यकर्ताहरूलाई आगामी कार्तिक ३० गतेभित्र १६ वर्ष उमेर पुगेका नागरिकहरूको नाम समावेश गर्न, विवाह तथा बसाइँ सराइका कारण मतदान केन्द्र परिवर्तन गर्नु परेमा आवश्यक प्रक्रिया पु¥याउन, साथै नाम, जन्ममिति वा अन्य विवरणमा त्रुटि भएमा त्यसको सच्याउन पहल गर्न आग्रह गरिएको

    • प्रकाशित मितिः असोज २२, २०८२
    • 512 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.