समाचार

    Showing 8,401-8,410 of 26,651 items.
  • प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

    काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ । १२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगमा कूल १४३ राजनीतिक दल दर्ता कायम भएका छन् । निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ छ । निर्वाचनका लागि १०७ च

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 296 पटक पढिएको
  • प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै

    काठमाडौं— अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदैछ। दुई पक्षबीच आज दिउँसो ३ बजे वार्ता हुन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।प्रसाईंले सरकारसँग राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू राखेका छन्। उनले ती मागहरू पूरा नभए पुनः आन्दोलन गर्ने चेतावनी दिइसकेको अवस्थामा आजको वार्तालाई राजनीतिक वृत्तमा महत्वपूर्ण रूपमा हेरिएको छ।यो वार्ता प्रधानमन्त्री र आन्दोलनकारी पक्षबीच देखिएको गतिरोध अन्त्य गर्ने दिशामा केन्द्रित रहने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 532 पटक पढिएको
  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

    काठमाण्डौं— रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आईपीओ निष्कासन प्रक्रिया सुरू गरेको छ । कम्पनीले सार्वजनिक निष्कासन गर्न लागेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर जारी गरेको हो ।वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ ।लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सुविधा प्राप्त सबै बैंक तथा वित्तीय संस्था तथा

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 523 पटक पढिएको
  • डा.तारा प्रसाद जोशी भन्छन जनताको विखण्डित मनोविज्ञानलाई एउटै विकास–एजेन्डामा जोड्न चुनौति छ

    काठमाडौं— लामो समयसम्म एमालेको नेतृत्वदायी भूमिकामा सक्रिय रहेका र पछिल्ला वर्षहरूमा स्वतन्त्र हैसियतमा रहेर राजनीतिक यात्रामा अगाडि बढेका तारा प्रसाद जोशी अहिले ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रिय सदस्य छन् ।नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नयाँ राजनीतिक दलहरूको आवश्यकतादेखि पूराना दलहरूको कमजोरी तथा संरचनात्मक विफलता, जेनजी आन्दोलनको प्रभाव र उज्यालो पार्टीको निर्माणसम्मका विषयहरुमा आफ्नो धारणा स्पष्ट पारे  । उनका अनुसार अब वैकल्पिक भनिएका दल नै मूलधारतर्फ उन्मुख भइरहेका छन्  र  पूराना संरचना तोडेर नयाँ राजनीतिक एजेन्डा बोकेर स्थापित हुँदैछन् ।जोशी भन्छन्,‘एमालेबाट प

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 564 पटक पढिएको
  • नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने

    बाजुरा— नेपाली कम्युनिष्ट पार्टी बाजुराले एकताको सभा सदरमुकाम मार्तडी हुने भएको छ। यहीँ मंसिर मंसिर २९ गते एकता सभा भव्य रुपमा मार्तडी गरिने नेपाली कम्युनिष्ट पार्टी बाजुराले जनाएको छ ।एकीकृत समाजवादी, नेकपा माओवादी सहितका दलहरुको एकतापछिको पहिलो सभा सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश बहादुर शाहले जानकारी जानकारी दिए ।पहिलो एकता सभाको तयारीका लागि जिल्ला कमिटीको बैठकले विभिन्न उप समिति समेत गठन गरेको पार्टीका नेता शाहले बताए । नेता शाहको संयोजकत्वमा केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, साविक पार्टीका जिल्ला कमिटीका पदाधिकारीहरु सदस्य रहने गरी ५१ सदस्यी

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 535 पटक पढिएको
  • प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज वार्ता

    काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुने भएको छ ।प्रधानमन्त्री कार्कीले औपचारिक पत्र पठाएर संवादका लागि आमन्त्रण गरेपछि दुवै पक्षबीच पहिलोपटक वार्ता हुन लागेको हो । वार्ता दिउँसो ३ बजे हुने बताइएको छ। प्रसाईंले राजसंस्थाको पुनःस्थापना, नेपाललाई हिन्दु अधिराज्यको रूपमा पुनर्गठन लगायतका माग राख्दै सरकारलाई ती माग पूरा गर्न दबाब दिइरहेका छन्।उनले आफ्नो माग स्वीकार नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिंदै आएका छन् । 

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 247 पटक पढिएको
  • नेपाल प्रहरिले गाँजा सहित ट्रक पक्राउ

    मोरङ  ।  रतुवामाई नगरपालिका–१ हटियाडाँडा नजिकै आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१–०१–००१ख ३८२५ नम्बरको ट्रकबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको छ।मन्सिर २१ गते दिउँसो करिब १६:०० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्सपेक्टर कैलाश लिम्बूको कमाण्डमा खटिएको प्रहरीले शंका लागेर ट्रक रोकि जाँच गरेको थियो। जाँचका क्रममा ट्रकको डाला भित्र फल्स डाला बनाएर लुकाइ–छिपाइ राखिएको अवस्थामा ६७८ के.जी. गाँजा फेला परेको प्रहरीले जनाएको छ।सो क्रममा ट्रक चालक समेल राई, जिल्ला धनकुटा, सहिदभूमि गाँउपालिका–२ बस्ने, र ट्रकका मालिक विक्रम विशुङ्खे, वार्ड नं–१ बस्ने लाई प्रहरीले नियन्

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 350 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागसहित देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागको केहि स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 322 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । युरो एकको खरिददर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एक

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 303 पटक पढिएको
  • आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। हडबडीले काम बिग्रन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम बन्नेछ। साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ। दीर्घकालीन महत्त्वका काममा निर्णय लिन हतार नगर्नुहोला।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका क

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 462 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.