बाजुरा— नेपाली कम्युनिष्ट पार्टी बाजुराले एकताको सभा सदरमुकाम मार्तडी हुने भएको छ। यहीँ मंसिर मंसिर २९ गते एकता सभा भव्य रुपमा मार्तडी गरिने नेपाली कम्युनिष्ट पार्टी बाजुराले जनाएको छ ।

एकीकृत समाजवादी, नेकपा माओवादी सहितका दलहरुको एकतापछिको पहिलो सभा सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश बहादुर शाहले जानकारी जानकारी दिए ।

पहिलो एकता सभाको तयारीका लागि जिल्ला कमिटीको बैठकले विभिन्न उप समिति समेत गठन गरेको पार्टीका नेता शाहले बताए । नेता शाहको संयोजकत्वमा केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, साविक पार्टीका जिल्ला कमिटीका पदाधिकारीहरु सदस्य रहने गरी ५१ सदस्यीय मुल समिति गठन समेत गरिएको छ । 

बैठकले आर्थिक परिचालन तथा व्यवस्थापन समितिको संयोजकत्वमा नरेश शाही रहने गरी ९ सदस्यीय उप समिति बनाइएको छ । जनपरिचालन उप समितिमा नेपाली कम्युनिष्ट पार्टीका नेता कर्ण बहादुर वि.क. संयोजक रहने गरी साविकका जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटी अध्यक्ष सदस्य रहेका छन् । 

मञ्च व्यवस्थापन उप समितिमा मनलाल खत्री संयोजक रहेको पाँच सदस्यीय उप समिति बनाइएको छ । भने प्रचार प्रसार उप समितिमा अनिल शाही संयोजक रहने गरी सात सदस्यीय उप समिति गठन गरिएको छ । यस्तै बैठकले साँस्कृतिक परिचालन उप समितिमा दीपक बसढा संयोजक र जयवीर कटेल सह संयोजक रहेका छन् ।

स्वयम सेवक परिचालन उप समितिमा पुर रावत संयोजक रहने गरी पाँच सदस्यीय उप समिति गठन भएको छ । अतिथी सत्कार उपसमितिमा कमल कुमारी शाह संयोजक रहेको पाँच सदस्यीय उप समिति बनाइएको छ ।भने  खाद्य व्यवस्थापन उप समितिमा चन्द्र थापा संयोजक रहने गरी पाँच सदस्यीय र यातायात व्यवस्थापन उप समितिमा किशोर खड्का संयोजक रहने गरी उप समिति पनि गठन गरिएको छ ।