समाचार

    Showing 8,501-8,510 of 26,652 items.
  • बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

    बैतडी— जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।महरा सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौंबाट धनगढीतर्फ गइरहेका थिए । 

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 482 पटक पढिएको
  • हेटौँडाको बाइपास सडक विस्तार तीव्र, डिभिजनले सवारी आवागमन वैकल्पिक मार्गतर्फ मोडिने तयारी

    मकवानपुर— हेटौँडा बजार क्षेत्र हुँदै जाने मुख्य सडकको भीडभार कम गर्न निर्माणाधीन बाइपास सडकको काम तीव्र गतिमा अघि बढेको छ। सडक डिभिजन कार्यालय, हेटौँडाले वैकल्पिक मार्गका रूपमा तयार पारिएको बाइपास खण्डमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको र निर्माण कार्य निरन्तर जारी रहेको जनाएको छ ।रातोमाटे–बुद्धचोक–राप्ती पुल हुँदै सामरी पुलसम्म करीब ९.५ किलोमिटर दूरीमा पर्ने मुख्य सडक विस्तार तथा व्यवस्थापन कार्यसँगै बजार भीड घटाउन निर्माण गरिएको बाइपास रोड ३ किलोमिटर लम्बाइको रहेको डिभिजनले जनाएको छ ।डिभिजनले अतिक्रमित संरचना हटाउने, सडक चौडाइ रेखांकन गर्ने, आवश्यक ग्राभेल–प्याकिङ, रोलिङ तथा ट्राफिक व्यवस्था

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 259 पटक पढिएको
  • एमच्याम नेपालद्बारा अमेरिकामा द्विपक्षीय व्यापार र ऊर्जा साझेदारीमा छलफल

    काठमाडौं— अमेरिकन चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम नेपाल)ले अमेरिकाको वासिङ्टन डिसीमा नेपालमा अमेरिकी लगानीका सम्भावनाका विषयमा उच्चस्तरीय छलफल गरेको छ ।  यूएस कर्मियल संस्थाहरुको सहयोगमा अमेरिकन चेम्बर अफ कमर्शको केन्द्रीय कार्यालयमा यही डिसेम्बर १ मा भएको बैठकमा अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट, डिपार्टमेन्ट अफ कमर्श, कमर्सियल सर्भिसेस यूएस चेम्बर अफ कमर्शका वरिष्ठ प्रतिनिधिहरुको सहभागिता थियो ।त्यस अवसरमा द्विपक्षीय व्यापार, आर्थिक कूटनीति, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि, विकसित प्रविधि, उत्पादनमुलक क्षेत्र र सेवामुलक उद्योगमा हुनसक्ने साझेदारी, सहकार्य र सम्भावनाबारे चर्चा गरिएक

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 510 पटक पढिएको
  • चीनमा गयो शक्तिसाली भूकम्प

    एजेन्शी  ।  चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ। बिहीबार किजिल्सु किर्गिज स्वायत्त प्रान्तको अक्की काउन्टीमा ६.० म्याग्निच्युडको भूकम्प दर्ज गरिएको छ। भूकम्पको केन्द्रबिन्दु ४१.१३ डिग्री उत्तर अक्षांश र ७८.४० डिग्री पूर्वी देशान्तरमा रहेको बताइएको छ भने यसको गहिराइ १० किलोमिटर रहेको छ। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट ठूलो क्षति भने भएको छैन।

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 235 पटक पढिएको
  • विराटनगरमा स्रोत नखुलेको अवैध रकमसहित एक जना पक्राउ

    विराटनगर— बिराटनगर महानगरपालिका–१७ मटेरुवा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ। मंसिर १७ गते कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गतको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल रोकेर निरीक्षण गरेको थियो।चालक बिराटनगर महानगरपालिका–१८ का रवि शाहले साथमा ६ लाख ४९ हजार ५ सय रुपैयाँ लुकाइछिपाई ल्याइरहेको अवस्थामा प्रहरीले फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेका शाहलाई इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको र घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 473 पटक पढिएको
  • हेटौंडा सडक विस्तारमा जेन–जी मकवानपुरको स्पष्ट धारणाः विकास रोक्ने कुनै भ्रममा नपर्नु

    हेटौंडौं— हेटौंडामा जारी सडक विस्तारको काम तीव्र गतिमा अघि बढिरहँदा यसको विरोध र समर्थन दुवैतर्फका गतिविधि बढिरहेका बेला जेन–जी मकवानपुरले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै विकास रोक्ने कुनै पनि भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ ।जिल्ला संयोजक सुगम नेगीद्वारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतको आदेशअनुसार ‘२५÷२५ गजभित्र पर्ने संरचनामा मुआब्जा नपर्ने व्यवस्था भए पनि वास्तविक पीडितले भने न्याय पाउनै पर्छ’ भनेर स्पष्ट गरिएको छ । नेगीले जनतालाई सुकुम्बासी बनाउने नाममा कुनै पनि अन्यायपूर्ण कदम स्वीकार्य नहुने भन्दै कानुनसम्मत र पीडितमैत्री प्रक्रियाबाट मात्रै सडक विस्तार अगाडि बढ्नुपर्नेमा जोड दिएक

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 474 पटक पढिएको
  • डिसेम्बर ५ : विश्व माटो दिवस मनाइँदै

    काठमाडौँ। ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर १२औँ विश्व माटो दिवस मनाइँदैछ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्यसअन्तर्गतका अन्य निकायले १२औँ विश्व माटो दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । मङ्सिर १४ गते माटोको उर्वरा शक्तिको दिगो व्यवस्थानका लागि विश्वस्तरमा जनचेतना अभिवृद्धिमार्फत एकता एकताबद्ध प्रयासका लागि प्रत्येक वर्ष डिसेम्बर ५ तारिखका दिन विश्व माटो दिवस मनाउने गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले राससलाई जानकारी दिनुभयो ।खाद्य तथा कृषि सङ्गठन (एफएओ)को सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदे

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 292 पटक पढिएको
  • आज विश्व माटो दिवस : विभिन्न कार्यक्रम गरि मनाइँदै

    काठमाडौं— ‘स्वस्थ शहरहरूको लागि स्वस्थ माटो’ भन्ने नाराका साथ आज विश्व माटो दिवस मनाइँदैछ ।खाद्य तथा कृषि सङ्गठनको सिफारिसमा संयुक्त राष्ट्रसङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ गतेदेखि विश्व माटो दिवस मनाउन थालिएको हो । बढिरहेको आधुनिकीकरणको प्रभावले समाजमा आइरहेको सकारात्मक एवं नकारात्मक परिवर्तनहरू कति देख्न सक्ने हुन्छन् भने कति देख्न नसक्ने खालका हुन्छन् । त्यसमा माटो पनि पर्छ, माटोमा आएको परिवर्तन, माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ । त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउ

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 484 पटक पढिएको
  • हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने

    हेटौंडा— भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्। सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै भोलिदेखि सडक विस्तार कार्य औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो ।सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार भौतिक संरचना हटाउने तयारी पूरा भएको छ । अधिकारीले भने, ‘भोलिदेखि हामी राप्तीपुर र रातोपाटी तर्फ विस्तारको दायरा बढाउँदै लैजान्छौँ । २५ वटा डोजर र २५ वटा अन्य मेसिन ल्याएर काम सुरु गर्ने तयारीमा छौँ ।’ उनका अनुसार सडक विस्तारसँगै निर्माण

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 456 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै

    काठमाडौं— आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा सबै सदस्यराष्ट्रमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन थालिएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तरराष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो ।‘हरेक योगदानको महत्व छ’ भन्ने २०२५ को नाराले सानोदेखि ठूलो हरेक सहयोगले समाजलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँछ । चाहे केही घण्टा सहयोग होस् व

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 494 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.