समाचार

    Showing 9,531-9,540 of 26,656 items.
  • स्वार्थको राजनीतिमा सहभागि भए, अब कमजोरीलाई स्विकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्नेछुः जनार्दन शर्मा

    काठमाडौं— नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले स्वार्थको राजनीतिमा सहभागि भई गल्ति गरेको भन्दै कमजोरीलाई स्विकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्ने बताएका छन् । मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेल गर्दै उनले आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गर्ने प्रवृतिमा सहयोग गरेको भन्दै आफ्ना कमजोरीलाई स्विकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत अघि बढ्ने बताएका हुन् ।  उनले भने, ‘आजसम्म आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गरेर स्वार्थ केन्द्रित जो शाषन गर्ने प्रवृति जन्मियो त्यसमा हाम्रो पनि कमि छ, हामीले पनि गल्ति गरेका

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 722 पटक पढिएको
  • १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ

    भक्तपुर— १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा सिन्धुली गोलन्जोर गाउँपालिका–२ का २१ वर्षीय सन्तोष भुजेललाई प्रहरीले पक्राउ गरेको छ।बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो। यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 680 पटक पढिएको
  • सोमबारको गिरावटपछि नेप्से मंगलबार पनि ओरालो, कारोबार रकममा पनि गिरावट

    काठमाडौं— सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको नेप्से मंगलबार फेरी २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको छ ।यसदिन कुल ३२२ स्टकको ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ रुपैयाँ बराबरको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर कारोबार भएको छ । ४६ हजार ८७५ पटकको कारोबारमा उक्त शेयर कारोबार भएको हो । यसअघि सोमबारको कारोबारमा ६ अर्ब ५ करोड रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।यसदिन आजदेखि कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्कि

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 640 पटक पढिएको
  • चिनियाँ बजारमा युएईका उत्पादनः ऊँटको दूध रोजाइमा

    एजेन्सी— आठौं चाइना इन्टरनेशलन इम्पोर्ट एक्पोमा युएईका फर्महरूले चिनियाँ बजारमा प्रवेश गर्ने लक्ष्य राखेका छन् ।चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो चीनको सबैभन्दा ठूलो वार्षिक व्यापार कार्यक्रमहरू मध्ये एक हो । र यो देशको अर्थतन्त्रलाई विश्वका लागि खुला गर्ने प्रतिबद्धताको प्रमुख प्रतीक मानिन्छ । यस वर्ष संयुक्त अरब इमिरेट्सलाई सम्मानित अतिथि देशको रूपमा स्वीकारेको छ । नादिया स्वानका अनुसार युएईले धेरै वर्षदेखि एक्सपोमा निरन्तर उपस्थिति जनाउँदै आएको छ । उड्डयन, वित्तीय सेवाहरू र ऊँटको दूध उत्पादनहरूमा सहभागिता जनाउँदै आएको छ ।‘हामीसँग ७००० ऊँटहरू छन्, र स्पष्ट रूपमा त्यसले धेरै दूध उत्पादन

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 707 पटक पढिएको
  • पुस १६–१९ मा महाधिवेशन, गगन थापाको प्रस्तावले चर्चा बढायो

    काठमाडौं— नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।बैठकको सुरुमै सम्बोधन गरेका थापाले पुस १६ देखि १९ सम्म १५औँ महाधिवेशनको प्रस्ताव राखेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । यता, संस्थापन समूह भने आगामी वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छ । विवादकै बीच थापाले आफूले तयार पारेको प्रस्ताव बैठकमा पेस गरेका हुन् । संस्थापन इतरका नेताहरू अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुप

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 524 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु यस्ता छन्

    काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता, एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गरेका हुन् ।बैठकले वैदेशिक रोजगार न्यायाधिकरणदेखि शहीद घोषणा, क्षतिपूर्ति वितरण, र अस्थायी दरबन्दी स्वीकृति लगायतका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेलाई

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 584 पटक पढिएको
  • विवादास्पद अभिव्यक्ति प्रकरणमा निकोलस भूसाल पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका निकोलस भूसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ सरस्वती आश्रम क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो।कार्यालयका अनुसार, भूसाललाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। उनले सामाजिक सञ्जालमार्फत दिएका केही अभिव्यक्तिहरूका कारण हालैदेखि प्रहरीको निगरानीमा रहेका थिए।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 693 पटक पढिएको
  • सरसफाइमा चरम लापरवाही, ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द

    काठमाडौं— काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ ।अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि सात दिनका लागि बन्द गरिएको हो ।हेल्दी बाइट्स सर्भिसेज् प्रालि.द्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए । अनुगमन टोलीका फुड टेक्नोलोजि

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 709 पटक पढिएको
  • हेटौंडामा पूर्व–पश्चिम राजमार्गको बीचमा बेनामे बोर्ड, स्थानीय हैरान

    हेटौंडा— पूर्व–पश्चिम राजमार्गको हेटौंडा खण्डमा, सुमार्गी कम्प्लेक्सअगाडिको भागमा हालै राखिएको एउटा ‘बेनामे सूचना बोर्ड’ले स्थानीयमा कौतुहलता र प्रश्न उत्पन्न गरेको छ ।सडकको बीच भागमा बाक्लो पोलमा जडान गरिएको उक्त बोर्डमा कुनै पनि सरकारी निकायको नाम, लोगो वा जिम्मेवार संस्था उल्लेख गरिएको छैन । स्थानीय व्यापारी र सवारी चालकहरूले उक्त बोर्डको स्थान र डिजाइनले सडक सुरक्षामै जोखिम सिर्जना गर्न सक्ने बताएका छन् । ‘राजमार्गकै बीचमा राखिएको छ, रातमा टाढाबाट हेर्दा ठोक्किने डर हुन्छ,’स्थानीय व्यापारी सुरेश पौडेलले बताए ।सडक विभागका एक इन्जिनियरले नाम नखुलाउने सर्तमा भने, ‘सडक बीचमा कुनै पनि संरच

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 652 पटक पढिएको
  • सांसदको स्वकीय सचिव सुविधा खोस्ने सरकारी निर्णय लागू

    काठमाडौं—  संसद्का पदाधिकारी र सदस्यको स्वकीय सचिवको सुविधा खोस्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएसँगै उक्त निर्णय लागू भएको हो ।यस अनुसार तत्काल करिब ६० जनाको पद गुम्ने देखिएको छ । यसमध्ये ५१ जना अधिकृत र ९ जना उपसचिव सरहका स्वकीय सचिव छन् । सभामुख र राष्ट्रिय सभा अध्यक्षले एकजना सहसचिव, एकजना उपसचिव र एकजना अधिकृत सरहको स्वकीय सचिवको सुविधा पाउँदै आएका थिए । त्यसलाई यथावत् राखिएको छ  ।त्यस्तै, विपक्षी दलको नेता, उपसभामुख र प्रतिनिधिसभाको विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता, सत्ता पक्षका नेता र

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 593 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.