भक्तपुर— १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा सिन्धुली गोलन्जोर गाउँपालिका–२ का २१ वर्षीय सन्तोष भुजेललाई प्रहरीले पक्राउ गरेको छ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो। यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।