काठमाडौं— नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।

बैठकको सुरुमै सम्बोधन गरेका थापाले पुस १६ देखि १९ सम्म १५औँ महाधिवेशनको प्रस्ताव राखेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । 

यता, संस्थापन समूह भने आगामी वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छ । विवादकै बीच थापाले आफूले तयार पारेको प्रस्ताव बैठकमा पेस गरेका हुन् । 

संस्थापन इतरका नेताहरू अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् ।