समाचार

    Showing 9,581-9,590 of 26,656 items.
  • सुन कारोबारको बहानामा हत्या: शव पुलमुनी गाडियो, गाडी जलाइयो

    विराटनगर—  झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ ।प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।पहिलो भेट र योजनाकाठमाडौंमा बस्दै आएका सरोज शर्माको चिनजान झापाका २७ वर्षीय सुनिल साहसँग भएको थियो । शर्माले सस्तोमा सुन पाइने र आफैंले पनि किन्ने, साथै काठमाडौंमा चिनेजानेकालाई पनि किनिदिने भन्दै कुरा गर्ने गरेका थिए । यही कुराबाट लोभिएर सुनिल र उनका भान्जा २३ वर्षीय राहुल साहले शर्मासँग भएको पैसा लुट्ने योजना तयार पारे

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 576 पटक पढिएको
  • कांग्रेस नेता खतिवडालाई पितृ शोक

    काठमाडौ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उहाँका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।दमसम्बन्धी समस्या खेप्दै आउनुभएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुत्नुभएको थियो । उहाँको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उहाँका छोरा नेता खतिवडाले जानकारी दिनुभयो ।स्व.खतिवडाप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महान्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता  तथा कार्यकर्ता आर्यघाट पुग्न

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 285 पटक पढिएको
  • अक्टोबरमा मात्र ७० हजार बढी सवारी बिक्री गर्‍यो लीप मोटरले

    काठमाडौं— चीनको लीप मोटरले यो वर्षको अक्टोबरमा ७० हजार २८९ भन्दा बढी सवारीसाधन बिक्री गरिएको घोषणा गरेको छ । यो आँकडा गत वर्षको तुलनामा ८४ प्रतिशतभन्दा बढी हो ।लीप मोटरलाई चीनको नयाँ ऊर्जा सवारी (न्यु इलेक्ट्रिक भेहिकल) स्टार्टअपका रूपमा अझ सुदृढ बनाएको कम्पनीको दाबी छ  ।यो उपलब्धिले २०२५ मा लगातार आठ महिनाको शीर्ष बिक्री रहेको कम्पनीले जनाएको छ ।लीप मोटरले नेपालसहित विश्वव्यापी बजारमा उन्नत र उच्च प्रदर्शका विद्युतीय सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 574 पटक पढिएको
  • लेखक सचित राईसहित दुई जनालाई रवि महाभाराको सम्मान

    काठमाडौं— रवि महाभारा समाजले लेखक तथा पत्रकार सचित राई र समाजसेवी अमृता राईलाई नागरिक सम्मान २०८२ बाट सम्मान गरेको छ ।उक्त संस्थाको वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानपत्रबाट सम्मानित गरिएको हो । समाजका सल्लाहकार चन्द्रप्रकाश थापाले सम्मानित दुवै जनालाई सम्मानपत्र प्रदान गरेका थिए । अध्यक्ष दिलेन्द्र मुकारुङ राईले माला पहि¥याइदिएका थिए । सचितले साहित्य, शिक्षा तथा सञ्चार क्षेत्रबाट समाज र राष्ट्रका लागि सेवा पु¥याएको उक्त योगदानको उच्च मूल्यांकन गरिएको सम्मानपत्रमा उल्लेख छ । इलाम माङसेबुङ गाउँपालिकाका उनका अनुसन्धानमूलक कृति ‘माङखिम’, कविता संग्रह ‘अर्को भ

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 480 पटक पढिएको
  • युनाइटेड नेपाली डायस्पोराको सम्मेलन दक्षिण कोरियामा हुने

    काठमाडौं— गैर आवासीय नेपाली संघ(एनआरएनए)बाट अलग भएर खुलेको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडिओ)को बार्षिक साधारण सभा दक्षिण कोरियामा हुने भएको छ ।सभापति सोनाम लामाको अध्यक्षतामा ८ औं बैठक बसेर बार्षिक साधारणसभा सहित विभिन्न निर्णयहरु पारित गरेको हो । बैठकले आगामी बार्षिक साधारणसभा र एमआइटी फाउन्डेसन सँगको साझेदारीमा आयोजित एक दिने सम्मेलन डिसेम्बर २०–२१, २०२५ मा दक्षिण कोरियामा आयोजना गर्ने निर्णय गरेको छ। साधारणसभा बिशेष गरेर सँस्थाको बिधान, बजेट, श्रोत बिकास, विश्व ब्यापिकरणको योजना, विभिन्न प्रोजेक्टहरु र एक दिने सम्मेलनका मुख्य एजेन्डामा केन्द्रित रहेन छ। सँस्थाको बार्ष

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 527 पटक पढिएको
  • अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

    मुग्लिन। सुक्खा पहिरोका कारण  अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९  बजे  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक विभागको उपकरणले पहिरो पन्छ्याएपछि गएरातिदेखि नै  सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 350 पटक पढिएको
  • प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा

    काठमाडौं— नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण सहमति भएको छ । दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धका बेला हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य बनेको छ ।’सहमतिको प्रमुख बुँदाहरूमा विगतका

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 691 पटक पढिएको
  • वीरगञ्ज नाका हुँदै तीन महिनामा आठ अर्ब ७० करोडका सवारीसाधन भित्रियो

    वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न  थरिका सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनामा सवारीसाधनको आयातबाट रु सात अर्ब ७७ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा सवारीसाधनको आयात र सोबाट प्राप्त हुने राजस्व  दुवैमा वृद्धि भएको जानकारी दिनुभयो । जबकी गत आवको तीन महिनामा भने रु छ अर्ब १९ करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन आयात भएका थिए । गत आवको तीन महिनामा सवारीसाधनको आयातबाट पाँच अर्ब ९५ करो

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 266 पटक पढिएको
  • जनकपुरधाममा सामाचकेवा महोत्सव सम्पन्न

    जनकपुर— जनकपुरधाममा सामाचकेवा महोत्सव २०८२ जनकपुरधाममा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धनको उद्देश्यले जनकपुरधाममा मैथिली विकास कोषले विगतको वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ ।आइतबार साँझ ऐतिहासिक जानकी मन्दिरको प्राङ्गणमा महोत्सवमा विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका १४ टिमका महिलाहरूले महोत्सवमा भाग लिएका थिए । उनीहरुले सामा गीत प्रस्तुत गर्दै परम्परागत नृत्य र गीत गायन गरेका थिए ।कोषका अध्यक्ष जीवनाथ चौधरीले नयाँ पुस्तालाई सामा चकेवाको सांस्कृतिक महत्व बुझाउन र परम्परागत गीत र नृत्यलाई पुनर्जीवित गर्न महोत्सव आयोजना गरिएको बताए । उनले सामाचकेवा केवल पर्व मात्र नभइ

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 616 पटक पढिएको
  • मलोर्काविरुद्ध रियल बेटिसको सानदार जित

    काठमाडौं— स्पेनिस ला लिगामा मलोर्काविरुद्ध रियल बेटिसले ३–० को सानदार  जित हासिल गरेको  छ । यो जीतसँगै बेटिसले लिग तालिकामा आफ्नो स्थान थप बलियो बनाएको छ ।पहिलो हाफ सकिनुअघि ३७औं मिनेटमा अब्दे एज्जाजुलीले अर्को गोल थपेसँगै रियल बेटिस ३–० ले विजयी बनेको हो ।  खेलको सुरुदेखि नै  मलोर्कामाथि दबाब बनाएको  बेटिसका लागि युवा फरवार्ड एन्टोनीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका थिए । उनले खेलको १०औं र ३४औं मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । 

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 608 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.