काठमाडौं— रवि महाभारा समाजले लेखक तथा पत्रकार सचित राई र समाजसेवी अमृता राईलाई नागरिक सम्मान २०८२ बाट सम्मान गरेको छ ।
उक्त संस्थाको वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानपत्रबाट सम्मानित गरिएको हो ।
समाजका सल्लाहकार चन्द्रप्रकाश थापाले सम्मानित दुवै जनालाई सम्मानपत्र प्रदान गरेका थिए । अध्यक्ष दिलेन्द्र मुकारुङ राईले माला पहि¥याइदिएका थिए ।
सचितले साहित्य, शिक्षा तथा सञ्चार क्षेत्रबाट समाज र राष्ट्रका लागि सेवा पु¥याएको उक्त योगदानको उच्च मूल्यांकन गरिएको सम्मानपत्रमा उल्लेख छ । इलाम माङसेबुङ गाउँपालिकाका उनका अनुसन्धानमूलक कृति ‘माङखिम’, कविता संग्रह ‘अर्को भ्रम’, अन्तर्वार्ता संग्रह ‘नयाँ नेपाल’ र गीति एल्बम ‘पूर्व जाने हो...’ प्रकाशित छन् । सचित करिब अढाई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । पाँचथर मिक्लाजुङ गाउँपालिकाकी अमृताले उक्त संस्थाको सल्लाहकार तथा आजीवन सदस्य रही तन, मन, धनका साथै कर्मद्वारा समाजका लागि योगदान पु¥याएको सम्मानपत्रमा उल्लेख छ ।
संस्थाको सोही वार्षिक साधारणसभाले रेखा राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमध्ये उपाध्यक्ष हरि दाहाल, महासचिव प्रकाश खड्का, सचिव रोशन बान्तवा राई र कोषाध्यक्ष ज्योति केसी छन् । यस्तै कविराज राई, ललिता आङ्देम्बे राई, गणेश राई, कल्पना राई, तोया भट्टराई र भीमबहादुर तामाङ सदस्य छन् । यस संस्थामा इलाम र पाँचथरको पानीढलोमा पर्ने रवि महाभारा क्षेत्रबाट काठमाडौं आई बसोबास गर्ने दुई जिल्लाका नागरिक आबद्ध छन् ।






































