काठमाडौं— स्पेनिस ला लिगामा मलोर्काविरुद्ध रियल बेटिसले ३–० को सानदार  जित हासिल गरेको  छ । यो जीतसँगै बेटिसले लिग तालिकामा आफ्नो स्थान थप बलियो बनाएको छ ।

पहिलो हाफ सकिनुअघि ३७औं मिनेटमा अब्दे एज्जाजुलीले अर्को गोल थपेसँगै रियल बेटिस ३–० ले विजयी बनेको हो ।  

खेलको सुरुदेखि नै  मलोर्कामाथि दबाब बनाएको  बेटिसका लागि युवा फरवार्ड एन्टोनीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका थिए । उनले खेलको १०औं र ३४औं मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए ।