काठमाडौं— चीनको लीप मोटरले यो वर्षको अक्टोबरमा ७० हजार २८९ भन्दा बढी सवारीसाधन बिक्री गरिएको घोषणा गरेको छ । यो आँकडा गत वर्षको तुलनामा ८४ प्रतिशतभन्दा बढी हो ।

लीप मोटरलाई चीनको नयाँ ऊर्जा सवारी (न्यु इलेक्ट्रिक भेहिकल) स्टार्टअपका रूपमा अझ सुदृढ बनाएको कम्पनीको दाबी छ  ।

यो उपलब्धिले २०२५ मा लगातार आठ महिनाको शीर्ष बिक्री रहेको कम्पनीले जनाएको छ ।

लीप मोटरले नेपालसहित विश्वव्यापी बजारमा उन्नत र उच्च प्रदर्शका विद्युतीय सवारीसाधन उपलब्ध गराउँदै आएको छ ।