समाचार

    Showing 9,861-9,870 of 26,663 items.
  • जुम्लाको पातारासीमा करेन्ट लागेर युवकको मृत्यु

    मुगु— जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ लासी बजारमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।चन्दननाथ नगरपालिका–१ आचार्यवाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिन बाबू रेग्मीले बताए ।रेग्मिका  अनुसार आइतबार राति करिब १० बजेर ३० मिनेटको समयमा आफ्नै घरमा सीसीटीभी क्यामेरा जडान गर्ने क्रममा महतरालाई करेन्ट लागेको थियोे ।करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको थियो ।प्रतिष्ठानका चिकित्सकले उपचारको क्रममा महतरालाई मृत घो

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 463 पटक पढिएको
  • आज छठ पर्वको तेस्रो दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

    काठमाण्डौ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो।त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने प

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 316 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसको असरले आज देशभरको मौसममा बदली रहने छ।दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया ब

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 335 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो १ को खरिददर १६३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५३ पैसा, स्विस फ्रयाङ्क १ को खरिददर १७६ रुपैयाँ २७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०३ पैसा कायम गरिएको छ।अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर १ को खरिददर १०० रुपैयाँ २१ पैसा र बिक्रीदर १००

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 400 पटक पढिएको
  • आज २०८२ साल कात्तिक १० गते सोमबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। परिश्रमले सजिलै लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। आस मारेको नतिजा अन्त्यमा सकारात्म

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 368 पटक पढिएको
  • पाँच एसएसपी डिआईजी बढुवाका लागि सिफारिस

    काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले पाँच जना एसएसपीलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।जसमा पहिलो नम्बरमा भुपेन्द्रबहादुर खत्री, दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथो नम्बरमा शेखर अधिकारी र पाचौँ नम्बरमा अबिनारायण काफ्ले रहेका छन् । प्रहरी प्रधान कार्यालयमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस गरेको हो ।बढुवा समितिमा आईजीपी सदस्य र मानवश्रोत विकाश विभागका एआईजी सदस्य हुन्छन् । यसअघि विश्व अधिकारी र हाल विमानस्थल प्रहरी प्रमुख रहेका सोमेन्द्र सिंह राठौरको पनि नाम बढुवाको चर्चामा थियो । तर, जेनजी आन्दोल

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 713 पटक पढिएको
  • १ करोडसहित २ जना काठमाडौंको सानो भर्‍याङबाट पक्राउ

    काठमाडौं— काठमाडौंको सानो भर्‍याङबाट एक करोड रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा धादिङ नीलकण्ठ नगरपालिका–२ की २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।प्रहरीले उनीहरूको साथबाट एक करोड १० लाख ७० हजार रुपैयाँ नगद, विभिन्न सुनका गहना, पाँच थान मोबाइल फोन, एक थान एप्पल म्याकबुक र बागमती प्रदेश–०१–०३१ च ५२६२ नम्बरको बिवाईडी कार बरामद गरेको जनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बरामद गहनामध्ये दुई थान बाला, चार थान झुम्का, तीन

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 719 पटक पढिएको
  • जनताको भरोसा माओवादीमाथि : प्रचण्ड

    गोरखा । नेकपा (माओवादी केन्द्र) द्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आज गोरखा सदरमुकाममा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्य वक्ता र संयोजकका रूपमा सहभागी भएका थिए ।कार्यक्रममा संयोजक प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था, जेन–जी आन्दोलनका मुद्दा तथा पार्टीको आगामी कार्यदिशाबारे आफ्ना विचार प्रस्तुत गरे । उनले जेनजी पुस्ताले उठाएका विषयहरू माओवादी आन्दोलनकै निरन्तरता भएको बताउँदै ती मुद्दा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट गरे ।‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 279 पटक पढिएको
  • कानुन संकायको डिनमा पराजुली र परीक्षा नियन्त्रकमा पौडेल नियुक्त

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न पदमा नौ जना नयाँ पदाधिकारी नियुक्त गरेको छ।कानुन संकायको डिनमा डी.एन. पराजुली र परीक्षा नियन्त्रकमा लक्ष्मण पौडेल नियुक्त भएका छन्। त्यसैगरी, पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशकमा रामकृष्ण तिवारी, अनुसन्धान निर्देशनालयको निर्देशकमा यमबहादुर गुरुङ र अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा विष्णु पाण्डे जिम्मेवारी पाएका छन्।शिक्षा संकायका सहायक डिनमा अवतार सुवेदी, सह–परीक्षा नियन्त्रकमा कविराज पौडेल, सरस्वती क्याम्पसका प्रमुखमा ठाकुर वाग्ले, हेटौँडा वन क्याम्पसका प्रमुखमा यमबहादुर केसी र ललितकला विभागको प्रमुखमा अञ्जु कँ

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 633 पटक पढिएको
  • टिकाथलीमा लोडेड पेस्तोल भेटिएपछि सातदोबाटो प्रहरीको अनुसन्धान सुरु

    ललितपु— ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित राधाकृष्ण खानेपानी ट्याङ्की नजिक हनुमन्ते खोला किनारमा प्रहरीले तीन राउन्ड गोलीसहितको एक थान चाइनिज पेस्तोल बरामद गरेको छ।गोप्य सूचनाका आधारमा खटिएको सातदोबाटो प्रहरी वृत्तको सिभिल टोली र टिकाथली प्रहरी चौकीको संयुक्त टिमले उक्त पेस्तोल फेला पारेको हो। बरामद गरिएको हतियार टाइप ‘छद्ध’ चाइनिज पेस्तोल भएको र त्यसमा म्याग्जिनसहित तीन राउन्ड गोली लोड गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।प्रहरीले घटनास्थलको मुचुल्का उठाई पेस्तोल जफत गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ।

    • प्रकाशित मितिः कार्तिक ९, २०८२
    • 581 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.