मुगु— जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ लासी बजारमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
चन्दननाथ नगरपालिका–१ आचार्यवाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महतराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिन बाबू रेग्मीले बताए ।
रेग्मिका अनुसार आइतबार राति करिब १० बजेर ३० मिनेटको समयमा आफ्नै घरमा सीसीटीभी क्यामेरा जडान गर्ने क्रममा महतरालाई करेन्ट लागेको थियोे ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको थियो ।
प्रतिष्ठानका चिकित्सकले उपचारको क्रममा महतरालाई मृत घोषणा गरेका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






































