समाचार

    Showing 9,931-9,940 of 26,665 items.
  • आज २०८२ साल कात्तिक ०७ गते शुक्रबारको राशिफल

    मेष - ठूलो योजना छ भने अलिक पर्खनुहोस्। नजिकका मान्छेसँग मनमुटाव हुन सक्छ। मान्यजनको सल्लाह बेवास्ता नगर्नुहोस्, नत्र काम बिग्रन सक्छ।वृष - जसरी पनि परिस्थितिसँग जुझेर अघि बढ्नु हुनेछ। व्यापारमा लाभ मिल्नेछ, पुराना समस्याहरू सुल्झने संकेत छन्। शुभचिन्तकको साथ पाइनेछ।मिथुन - प्रभाव जमाउने समय हो। अघिल्लो मिहिनेतबाट धन लाभ हुने छ। रोकिएका काम अघि बढ्नेछन्। पढाइ र व्यापार दुवैमा फाइदाको संकेत छ ।कर्कट - इच्छाशक्ति बलियो बन्नेछ, प्रयास सफल हुनेछन्। परिवारमा आत्मीयता बढ्नेछ। फुर्सदको घडी रमाइलो हुने सम्भावना छ।सिंह - समयको सही उपयोग नगर्दा अवसर छुट्न सक्छ। दौडधुप धेरै तर प्

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 657 पटक पढिएको
  • राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् ।राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा  ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण  गरेको थियो  । भाइटीकाको उत्तम साइत  तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।  यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनी

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • 438 पटक पढिएको
  • आज दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका, बिहान ११ः३९ मा उत्तम साइत

    काठमाण्डौ । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभा

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • 398 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।मौसमविद्हरूका अनुसार आज देशका अधिकांश भागमा मौसम सफा रहनेछ।दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदै बाँकी भूभागमा मुख्यतया सफा मौसम रहनेछ। पहाडी र हिमाली क्षेत्रका केहि स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।राति पनि अधिकांश भूभागमा आंशिकदेखि सफा मौसम रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केहि स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • 491 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो र युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • 469 पटक पढिएको
  • आज २०८२ साल कात्तिक ०६ गते बिहिबारको राशिफल

    मेष - नयाँ व्यवसाय वा योजना सुरु गर्न अनुकूल समय रहेकोछ। आर्थिक गतिविधिमा प्रगति देखिनेछ भने आम्दानीका स्रोतहरू मजबुत बन्ने संकेत छन्। अध्ययनमा सकारात्मक प्रगति हुनेछ। प्रेमजीवनमा रमणीय यात्रा वा अविस्मरणीय क्षणको सम्भावना छ।वृष - स्वास्थ्य सामान्यतया सन्तोषजनक रहनेछ। जग्गा-जमिन वा भौतिक सम्पत्तिसँग सम्बन्धित कार्यमा फाइदा हुने सम्भावना छ। व्यापारमा लगानी विस्तारको अवसर प्राप्त हुन सक्छ। यद्यपि, अध्ययनमा अपेक्षित सफलता प्राप्त गर्न थप प्रयास आवश्यक हुनेछ।मिथुन - पढाइ तथा प्रतिस्पर्धात्मक क्षेत्रहरूमा सफलता प्राप्त गर्न थप मेहनत आवश्यक हुनेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। आफन्त

    • प्रकाशित मितिः कार्तिक ६, २०८२
    • 502 पटक पढिएको
  • भिसा पाउनलाई तिमीहरूको घर धाउनु पर्छ, अरूलाई एजेन्ट भन्छौ: बालेन

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन साहले जेनजी आन्दोलनका क्रममा काँग्रेस र एमालेले एक अर्काको घर जलाएको आरोप लगाएका छन् ।उनले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै जेनजी आन्दोलनका क्रममा आन्दोलनमा एमाले काँग्रेसले एक अर्काको घर जलाएको आरोप लगाउँदै दोष बच्चालाई लगाएको भन्दै आक्रोश पोखेका हुन्।उनले तुइन र काठको पुल बनाउने नेताहरूले यो देश विदेशीले बिगार्‍यो भन्न नसुहाउने टिप्पणी गरेका छन् ।साथै उनले भिसा पाउन नेताको घर धाउन पर्ने बताउँदै अरूलाई एजेन्ट भनेको रोष पोखेका छन् । उनले आफूलाई लुसिफर भन्नेलाई पनि कडा जवाफ दिएका छन् ।  चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौँ भन्दै उनले नेत

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • 436 पटक पढिएको
  • पाशुपत क्षेत्रमा मनाइयो भिंन्तुना

    काठमाण्डौ  ।  काठमाडौंको पाशुपत क्षेत्रमा नेपाल संवत् ११४६ का अवसरमा भिन्तुना -याली मनाइएको छ । नेवार समुदायले यस संवत्लाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । काठमाडौं महानगरपालिका वडा ७र८ का विभिन्न संघसंस्थाहरूले आफ्नो अपनत्व ग्रहण गर्दै यस -यालीलाई अगाडि बढाउने गरेका छन् ।  काभ्रेको पनौतीमा पनि नेपाल सम्वत् ११४६ अर्थात लसताय् भिंतुना विविध कार्यक्रम गरी मनाइएको छ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका हुन् । 

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • 288 पटक पढिएको
  • मौलिकता हराउँदै देउसी–भैलोमा

    रामेछाप । केही वर्ष अघिसम्म तिहार आउँदै गर्दा गाउँभर चहलपहल बढ्थ्यो । दशैं सकिएलगत्तै युवाहरुले देउसी–भैलोको तयारी सुरु गर्थे । कोही मादलमा खरी हाल्न मिस्त्रीकहाँ पुग्थे । कोही दर्जीका घरमा बाजा मिलाउन र ताल सिक्न व्यस्त हुन्थे । टोलका सबै उमेरका मानिसहरू मिलेर नाचगान र बाध्यवादनको अभ्यास गर्थे । त्यतिबेला देउसी–भैलो केवल रमाइलो होइन, सांस्कृतिक प्रदर्शन र सामुदायिक एकताको प्रतीक थियो ।तर अहिले त्यो मौलिकता हराउँदै गएको छ । रामेछापको मन्थली बजारका धेरै ठाउँमा साँझ खेलिएका देउसी–भैलोमा अब न त पुराना बाजा सुनिन्छन्, न मौलिक गीत र नाच देखिन्छ । माइक र स्पिकरमा बजाइएका आधुनिक गीतमा युवा–युवती

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • 640 पटक पढिएको
  • एनपिएल ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौडामा सम्पन्न

    हेटौडा । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सुरु हुनुअघि आयोजक नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित ट्रफी परेड बागमती प्रदेशको राजधानी हेटौडामा भव्य रूपमा सम्पन्न भएको छ ।एनपिएल ट्रफी परेडको अभियान सातै प्रदेशमा सञ्चालन गरिने क्यानको योजनाअनुसार कोशी प्रदेशबाट प्रारम्भ भएको परेड दोस्रो चरणमा मधेस प्रदेशको राजधानी जनकपुर हुँदै चितवन पार गर्दै हेटौंडामा आइपुगेको हो ।हेटौडामा ट्रफी परेडको शुभारम्भ ऐतिहासिक भूटनदेवी मन्दिरमा पूजा अर्चना गरेर गरिएको थियो। त्यसपश्चात ट्रफीसहितको जुलुस नगरका प्रमुख स्थानहरू परिक्रमा गर्दै हेटौडा बजारको केन्द्र बुद्धचोकमा पुगेर समापन भएको हो ।परेडमा चितव

    • प्रकाशित मितिः कार्तिक ५, २०८२
    • 325 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.