समाचार

    Showing 9,961-9,970 of 26,665 items.
  • ‘छिन्दु खोलामा’ बनेको पुलले स्थानीयको समस्या समाधान

    बाजुरा । बाजुराको सर्वाधिक विकट हिमाली गाँउपालिका ३ गुम्बा गाउँ जाने बाटोमा पर्ने छिन्दु खोलामा बनेको झोलुङ्गे पुलले यहाँका स्थानीयको युगौं देखिको समस्या समाधान भएको छ। ‘ज्यानमारा खोला’का रुपमा परिचित उक्त खोलामा लामो समयको अथक प्रयास पछि झोलुङ्गे पुल निर्माण गरिएको थियो। पुल निर्माण पश्चात् यहाँका स्थानीयको दैनिक आवतजावतमा हुने समस्या समाधान भएको हो।छिन्दु खोलामा सहरी विकास मन्त्रालय अन्तर्गत, स्थानीय पूर्वाधार विकास आयोजना कैलालीले झोलुङ्गे पुल निर्माण गरेको थियो। १ करोड २८ लाख ९ हजार ९ सयमा ठेक्का गरेको र जगदम्बा, सुर्मासरोवर जेभीले ८४ लाख ७५ हजार १ रुपैयाँमा सम्झौता गरि निर्माण कार्य

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 339 पटक पढिएको
  • आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन् । छलफल मंगलबार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा गरिदैछ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको छ । सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरे पनि चुनावको वातावरण सिर्जना नभएको राजनीतिक दलहरु बताउदै आएका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलहरुसँग छलफल गरेका थिए ।

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 384 पटक पढिएको
  • १ लाख ७९ हजारभन्दा बढी नगदसहित जुम्लामा ७ जना पक्राउ

    मुगु । जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–१ मा जुवा खेलिरहेका सात जनासहित एक लाखभन्दा बढि नगद बरामत गरेको छ । जुवाखालामा छापा मार्दा पक्राउ पर्नेहरू जुवा खेलिरहेका बेला नियन्त्रणमा लिइएका हुन्। घटनास्थलबाट १ लाख ७९ हजार २ सय ८५ नगद बरामद गरिएको प्रहरी कायालय जुम्लाले जनाएको छ। प्रहरीका अनुसार ३६ वर्षीय देसाङ तामाङको घरमा लुकीछिपी जुवा खेलिँदै आएको सूचनाका आधारमा प्रहरी टोलीले कार्तिक २ गते राति अचानक छापा मारेको हो ।प्रहरी नायब उपरीक्षक डीएसपी रबिन बाबु रेग्मीका अनुसार स्थानीय स्रोतबाट प्राप्त सूचनालाई प्राथमिकतामा राख्दै तत्काल टोली परिचालन गरिएको थियो। घटनास्थलमै सा

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 234 पटक पढिएको
  • बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज

    काठमाडौं ।  गत वर्षको बडादशैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ।सोमबार लक्ष्मीपूजाको अवसर पार्दै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज गरिएको यो चलचित्रलाई दर्शकले रु.२९९ मा विश्वभरबाट हेर्न सक्नेछन् । चलचित्र ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ।अभि

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 257 पटक पढिएको
  • तरुण दलले ७३औँ स्थापना दिवस मनाउँदै

    काठमाडौं । नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल तरुण दलको ७३ औँ स्थापना दिवस २०८२ कार्तिक १० गते मनाइने भएको छ ।आज तरुण दलको अध्यक्ष विद्वान गुरुङले उपत्यकाको तिन जिल्ला बाहेक बाकी सबै जिल्लाले जिल्लामै तरुण दलको ७३ औँ स्थापना दिवसमा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम गरि मनाउन परिपत्र गरेका छन । उपत्यकाको तीन जिल्ला कार्यसमितिले तरुण दल केन्द्रीय समितिको आयोजनामा नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा गर्ने कार्यक्रममा सहभागी हुने अध्यक्ष गुरुङले बताए । तरुण दलले यसपाली केन्द्र र जिल्ला भरी फरक शैलि अपनाएर आफ्नो स्थापना दिवस मनाउदैछ । कार्यक्रमलाई केन्द्रीय अध्यक्षले स्वागत

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 536 पटक पढिएको
  • बाकसमा विपिनः लक्ष्मी पूजाका दिन गाउँमा सन्नाटा

    महेन्द्रनगर  । सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ ।  दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जानुभएका विपिन जोशी हमासको नियन्त्रणसँगै उहाँको हत्या भयो । चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ ।विपिनकी आमा पद्मा र बहिनी पुष्पा उहाँको सकुशल रिहाइका लागि  इजरायल, अमेरिकासम्म पुग्नुभयो, तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेनन् । केही दिनअ

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 223 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका केहि स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ।राति देशभर मौसम मुख्यतया सफा रहने छ ।  कर्णाली र सुदूरपश्चिम प्रदेश थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना  रहेको छ।

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 296 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८९ रुपैयाँ सात पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ आठ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ पाँच पैसा र बिक्रीदर १०

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 364 पटक पढिएको
  • आज २०८२ साल कात्तिक ०४ गते मङ्गलबारको राशिफल

    मेष - पुरानो लगानी वा प्रयासबाट न्यायसंगत लाभ प्राप्त हुने सम्भावना छ। तर पारिवारिक सम्बन्धमा केही कटुता आउन सक्छ। वरिष्ठ वा अभिभावकको सल्लाह बेवास्ता गर्दा कार्यमा अवरोध उत्पन्न हुन सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ।वृष - बौद्धिक तथा सृजनात्मक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ भने उद्योग वा व्यवसायमा गरिएको लगानी लाभदायक सिद्ध हुनेछ। आत्मविश्वास र योजनाबद्धता यस समयको मुख्य शक्ति बन्नेछ।मिथुन - नयाँ कार्यको सुरुवातका लागि अनुकूल समय छ। अधुरा कामहरू पूरा हुनेछन् र मनोबल उच्च रहनेछ। ऊर्जा र उत्साहले नयाँ दिशा प्रदान गर्नेछ।कर्कट - आर्थिक पक्ष

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • 383 पटक पढिएको
  • अमेरिका पुगे भनिएका पुर्व ऊर्जा मन्त्री खड्का जलेकै घरबाट सार्वजनिक

    काठमाडौँ । अमेरिका पुगे भनिएका पुर्व ऊर्जा मन्त्री दीपक खड्का जलेकै घरबाट सार्वजनिक भएका छन् ।गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जा मन्त्री खड्का भागेको दाबी गरेका थिए ।एक अन्तरवार्तामा उनले भनेका थिए, ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ। कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जा मन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्।’अहिले ऊर्जा मन्त्री पत्रकारहरुसँग आफ्नो बुढानीलकण्ठमा रहेको आन्दोलनकारीले जलाएको घरबाट नै अन्तरक्रिया गरिरहेका छन् ।

    • प्रकाशित मितिः कार्तिक ३, २०८२
    • 361 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.