समाज

    Showing 10,051-10,060 of 11,087 items.
  • खोलामा डुबेर झापामा पुरुषको मृत्यु

    बिर्तामोड / माछा मार्न गएका एक पुरुषको गौरीगन्ज गाउँपालिका २ पिण्डानघुटु स्थित खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका-१ का ३८ वर्षीय भीम सोरेन रहेका छन्। शनिबार बेलुका माछा मार्न भनेर गएका उनी आइतबार बिहानसम्म पनि घर नफर्किएपछि प्रहरीलाई खबर गरिएको थियो । घटनाको विषयमा खबर पाएलगत्तै प्रहरीको टोलीले खोज्ने क्रममा आइतबार दिउँसो शव फेला पारेको हो। उनको शव खोलामा डुबिरहेको अवस्थामा फेला परेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 236 पटक पढिएको
  • खोटाङमा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

    खोटाङ / खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएकी एक महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । प्रसुती व्यथाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –२ सोल्माकी ३० वर्षीया शान्ता विकलाई आज (आइतबार) राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरि उद्धार गरिएको हो ।जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विकलाई उक्त हेलिकोप्टर मार्फत उद्धार गरि काठमाडौँको प्रसूति गृह थापाथली पठाइएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।यसअघि उनले शल्यक्रिया गरेर बच्चालाई जन्म दिएको र यसपटक आठ महिनामै प्रसुती व्यथा सुरु भएका

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 120 पटक पढिएको
  • आम्दानीको राम्रो स्रोत बन्दै बट्टाई पालन

    फुङ्लिङ, \ ताप्लेजुङको फुङ्लिङ नगरपालिका – ७ का प्रेमसिं तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दानी गरिरहेका छन । उनी सदरमुकाममा मेकानिक पसल बेचेर व्यावसायिक रुपमा बट्टाई पालनतिर लागेका हुन।उनले सातामा रु चार हजारको बट्टाईको अण्डा बिक्री गर्दै आएका छन । बजारमा प्रति अण्डा रु दशमा बिक्री हुँदै आएको छ । मासुका लागि एउटा बट्टाई रु २०० देखि ४०० सम्ममा बिक्री गर्दै आएको तामाङले बताए । लामो समय घडी, रेडियो बनाउने मेकानिक पसल खोलेर बसेको तामाङ बट्टाई चरासँग रमाउन थालेको दुई वर्ष भयो । उनले अहिले घरमा ३०० भन्दा बढी बट्टाई पाल्दै आएका छन ।राम्रो आम्दानीको स्रोतसँगै घरको सौन्दर्यसमेत दिने भएकाले बट्ट

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 142 पटक पढिएको
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं/ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर चिसो बढेसँगै आज दशका केही उच्च हिमाली क्षेत्रहरूमा भारी हिमपातको सम्भावना रहेको छ ।आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।यस्तै, रातिसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने र सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • 181 पटक पढिएको
  • छोरालाई एसिड प्रहार गरेको आरोपमा एक पक्राउ

    सोलुखुम्बु / सोलुखुम्बुबाट एसिड प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका –५ सल्लेरीका ५० वर्षीय मोहन बराइली रहेका छन् । बराइलीले मादक पदार्थ सेवन गरी आफ्नो २५ वर्षीय छोरो र अन्य एक जनालाई एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते भएका दुबै जनाको काठमाडौँको वीर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । एसिड प्रहार गर्ने बराइलीलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 138 पटक पढिएको
  • हुम्लाको लिमीमा सक्यो जनगणना

    सिमकोट / हुम्लाको उत्तरी भेग नाम्खा गाउँपालिका –६ लिमीमा जनगणना सम्पन्न भएको छ । निर्धारित समयअगावै स्थानीय गणकहरूले विवरण सङ्कलनको काम सम्पन्न गरेका हुन् । लिमीको हल्जी, तिल र जाङ्ग गाउँमा विवरण सङ्कलन सकिएको गणक तन्जिन फुर्बु तामाङले जानकारी दिए । सात गाउँपालिका रहेको हुम्लामा ४४ वडा छन् । जिल्लाका ४४ मध्ये वडा नं ६ लिमी जनगणना पूरा हुने पहिलो वडा भएको छ ।गणक सदरमुकाम सिमकोटबाट चार दिन हिँडेर लिमी पुगेका थिए । उनीहरूले गत मङ्सिर २५ गतेदेखि विवरण सङ्कलन सुरु गरेका थिए । गणक तामाङले स्थानीयवासीको सहयोगमा समयभन्दा अगावै प्रश्नावली भर्ने काम सम्पन्न भएको बताए । यस पटकको गणनामा लिम

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 168 पटक पढिएको
  • शुक्लाफाँटामा कुकुरको टोकाईबाट १८ जना घाइते

    कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बोहुला कुकुरको टोकाईबाट १८ जना घाइते भएका छन् । बहुला कुकुरले बुधबार र बिहीबार गरी दुई दिनको अवधिमा शुक्लाफाँटा –४, ११ र १२ का १८ जनालाई टोकेर घाइते बनाएको हो ।कुकुरले २१ पशुचौपायालाई समेत टोकेको छ । स्थानीय बासिन्दाका अनुसार तीन बङ्गुर, दुई बाख्रा, एक पाडी, सात कुकुर तथा सात गोरुलाई समेत कुकुरले टोकेको छ ।घाइते हुनेमा वडा –४ का ६० वर्षीय हरिसिंह राना, १० वर्षीया बालिका रोशनी राना, १८ वर्षीया रविना राना, १५ वर्षीय आकाश राना, २३ वर्षीय रविशना राना, ७ वर्षीय जेन राना, २९ वर्षीया ममता राना, १२ वर्षीय सुशील राना, ८ वर्षीय सुशान्त राना, ३० वर्षीय व

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 261 पटक पढिएको
  • आइतबारदेखि मौसममा क्रमिक सुधार हुने

    काठमाडौं  / अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम आगामी आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । नेपालमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश  स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार उक्त प्रणालीको प्रभाव आइतबार मध्यान्हबाट क्रमिक सुधार हुँदै जानेछ । यस अवधिमा देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात र सुदूरपश्

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 148 पटक पढिएको
  • करेन्ट लागेर झापामा एकको मृत्यु

    बिर्तामोड /  झापाको झापा गाउपालिका ६ भृकुटी चौक की ६२ वर्षीया हरिमाया बि.क.को करेन्ट लागी मृत्यु भएको छ । बिहीबार बेलुका बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई हाँगाले चुडाउदा करेन्ट लागि घटनास्थलमै उनको मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 147 पटक पढिएको
  • जनगणनामा सहभागी नहुने कायत समुदायको घोषणा

    बाग्लुङ  / पहिचान विहीन रहेका बाग्लुङका कायत समुदायले जनगणनामा सहभागी नहुने घोषणा गरेका छन् । राज्यले पहिचान नदिएर बेवास्ता गरेको भन्दै जनगणना २०७८ मा सहभागि नहुने कायत समुदायले निर्णय गरेको हो । कायत समुदाय पहिचानविहीन बन्दा सबै सेवासुविधाबाट वञ्चित हुनु परेको उनीहरूले गुनासो छ । जातीय आधारमा जनजाति र दलित लगायतको पहिचानका आधारमा सरकारले धेरै स्थानमा छुट, आरक्षण तथा कोटा निर्धारण गरी निःशुल्क अध्ययन, छुटमा अध्ययन तथा रोजगारीमा आरक्षण दिँदै आए पनि पहिचानविहीन यहाँको नौथर समुदाय भित्रका कायत समुदाय पहिचानविहीन बनेका र हालसम्म राज्यले कुनै सुनुवाइ नगरेका कारण जनगणनामा समावेश नहुने

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 227 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.