समाज

    Showing 10,191-10,200 of 11,089 items.
  • दमकमा महिलाद्वारा उत्पादन गरिएका सामग्रीको प्रदर्शनी

    झापा  / तीजको पूर्वसन्ध्यामा दमक नगरपालिकाले महिलालाई उद्यमसँग जोड्ने उद्देश्यले पाँच दिवसीय तीज महोत्सव सञ्चालन गरेको छ । दमक नगरपालिका–५ मा शुक्रबारदेखि आयोजित महोत्सवमा स्थानीय कच्चा पदार्थ, श्रम र सीप प्रयोग गरी दमकका उद्यमी महिलाले उत्पादन गरेका सामग्रीको प्रदर्शनी गरिएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न समयमा सीपमूलक तालिम दिएको थियो । महोत्सवमा पूर्वाञ्चल बहिरा सङ्घ, दमक अपाङ्ग सहयोग समिति र भूटानी शरणार्थी अपाङ्ग सङ्गठनमा आबद्ध महिलाले उत्पादन गरेको घरेलु सामानको स्टल राखिएको छ । सुनको जस्तै देखिने ग

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 180 पटक पढिएको
  • पोखरीमा डुबेर झापामा एकको मृत्यु

      झापा //पोखरीमा डुबेर झापामा एकजनाको मृत्यु भएको छ।ठेगाना नखुलेका मागेर खाँदै हिँड्ने अन्दाजी  ५० वर्षीय बमबहादुर कार्की नामले चिनिएका ब्यक्तिको मेचीनगरमा पोखरीमा डुबेर मृत्यु भएको हो। पोखरीमा पौडी खेल्न पसेका उनि ननिस्केपछि स्थानीयले प्रहरी चौकी चारआलीमा  खबर गरेका थिए ।लगतै पोखरीमा पुगेको इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक र सहायक निरीक्षकको टोलीले पोखरीको पानी फालेर शव फेला पारेको थियो ।उनको कालो टोपी, चपल, हाफपेन्ट र मोवाईल समेत पोखरीको डिलमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी गराएको छ।

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 157 पटक पढिएको
  • खातामा रकम नभएको चेक दिएर लाखौं रुपैयाँ ठगी गर्ने एक पक्राउ

    झापा // झापामा खातामा रकम नभएको चेक दिएर लाखौं रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलामको देउमाई गाविस–९ साविक जितपुर गाविस–४ घर भई हाल बिर्तामोड नगरपालिका–५ मंगलदीप बस्ने गरेका ४३ वर्षीय टंकनाथ कट्टेललाई प्रहरीले पक्राउ गरेको हो।आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्याएर  सिभिल बैंकको चेक काटी दिएको उनीमाथि आरोप रहेको छ।उनलाई सो मुद्दामा उच्च अदालत पाटनबाट २०७७ साल माघ ४ गतेको फैसलाले बैंकिङ गरेको कसुर तथा सजाय ऐन २०६४ बमोजिम ७ दिन कैद र रू ६० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो । लगतै फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोब

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 138 पटक पढिएको
  • जागिर लगाई दिन्छु भन्दै ठगी गरेको आरोपमा रौतहटका एक व्यक्ति पक्राउ

     रौतहट //जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा यमूनामाई गाउँपालिका - १ का  ४२ वर्षीय   विनय राउत कुर्मी रहेका छन्। गौर नगरपालिका -७  का २२ वर्षीय सुधिर कुमार झालाई प्रलोभन र गफलतमा पारी आफ्नो प्रहरीमा राम्रो सम्पर्क रहेको भन्दै भगौडा प्रहरीको खाली ठाउँमा जागरी लगाईदिने ,सो नभए विदेशमा राम्रो काममा पठाई दिने भन्दै ठगि गरेको उनीमाथि आरोप छ। उनले विभिन्न मानिसलाई समेत झुठो प्रलोभनमा पारेर ७ लाख ५५ हजार ठगी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ। सुधिर कुमारले दिएको जाहेरीको आधारमा  यमूनामाई गाउ

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 151 पटक पढिएको
  • पहिरोले पुरिएर पर्वतमा पाँचको मृत्यु, तीन बेपत्ता

    पर्वत / पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । भीषण बर्षको कारण पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन् । पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 155 पटक पढिएको
  • पोखरामा पहिरोमा परेर तीन जनाको मृत्यु, एक बेपत्ता

    पोखरा / पोखराका विभिन्न स्थानमा पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । १ बालक बेपत्ता भएका छन् भने ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो ।श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुका ३ वर्षका छोरा सन्तोष बेपत्ता भएका छन् भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएका छन् । यसैगरी पोखरा–११ भन्ज्याङ नमुनाटोलमा पहिरोमा घर पुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 144 पटक पढिएको
  • पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी गर्ने २ पक्राउ

     विराटनगर//पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ बस्ने २६ वर्षीय श्रवणकुमार यादव र विक्की राय रहेका छन्। सोमबार विराटनगर–४ स्थित नेपाल आयल निगमको पार्किङस्थलमा रोकिएको ट्याङ्कर चोरेर लैजादै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङ बुढीगंगा गाउँपालिका–३ बाँसबारीबाट ट्यांकर सहित उनीहरुलाई पक्राउ गरेको हो।  नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरी भागेको

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 140 पटक पढिएको
  • भद्रपुरका कृषकलाई गाई तथा कृषिऔजार वितरण

    झापा /  झापाको भद्रपुर नगरपालिका वार्ड नं १० ले वार्डलाई जैविक वार्ड बनाउने उद्देश्यले कृषकहरुलाई स्थानीयजातका गाई तथा कृषिऔजार वितरण गरेको छ ।वार्ड कार्यालयको सभाहल चन्द्रगढीमा आज आयोजित कार्यक्रमका बीच गोलोक गोवर्धन गौशाला शिवसतासी बाट प्राप्त २० जना कृषकहरूलाई प्रति किसान १,१ जनाका दरले २० वटा गाई तथा  १२ वटा टोल विकास संस्था लाइ प्रतिटोल विकास संस्थालाई एक एक थान गरि १२ वटा  मकै छोडाउने छर्ने मेसिन सहित एक एक  प्रति औषधी छर्ने स्प्रे समेत वितरण गरिएको हो ।कार्यक्रमका बारेमा प्रकाश पार्दै  वार्ड अध्यक्ष टेकबहादुर खड्का काजीले  वार्डले विगतमा पनि धेरै प्रशंसनीय

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 122 पटक पढिएको
  • पहिरोले नौ घर उच्च जोखिममा

    बनेपा / काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका –५ का नौ घर पहिरोको उच्च जोखिममा परेको छ । वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिरोले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ । वडा नं –५ का अध्यक्ष राजकुमार गौतमका अनुसार बिरुवा टोलका भीमसेन गौतम, खारका युवराज गिरी, पोष्टराज गिरी, चेतुराज गिरी र नारायण गिरीको घर पहिरोको उच्च जोखिममा छन् । त्यस्तै रुम्टिका मेहलाल गजमेर, झम्क प्रसाद चौलागाईँ, विशाल गौतम र मीनप्रसाद गौतमको घर पनि जोखिममा छ । ती घरको तलबाट पहिराे गएका कार

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 129 पटक पढिएको
  • घरमा आगलागी हुँदा आठ लाख बढीको क्षति

    कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । मंगलबार राति टुकीबाट सल्किएको आगोले  रामप्रसाद रानाका घरमा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ । अन्नपात, फर्निचर, ओढ्ने ओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिएका छन्। “टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ”, उनले भने, “घर पूरै जलेर क्षति भएको छ ।”नगरपालिकाको दमकल आगो निभेपछि मात्रै आइपुगेको स्थानीयवासीले गुनासो गरे । घर पूरै जलेपछि पीडित परिवारसँग शरीर

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 128 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.