समाज

    Showing 10,371-10,380 of 11,092 items.
  • कमला नदीको निर्माणाधीन पुल भासियो

    सिराहा / १० वर्षदेखि निर्माणाधीन रहेको कमला नदीको सिराहा–धनुषा जोड्ने पुल भासिएको छ । बिहीबार नदीमा आएको बहावका कारण पुल दुई फिट भासिएको हो । पुलको १२ वटा स्पान र १३ वटा पायामध्ये सिराहा तर्फको दोस्रो पाया भासिएको छ । ०६८ मा पप्पु लुम्बिनी बिल्डर्स जेभिले निर्माण थालेको पुलको काम सक्न अझै बाँकी रहेको छ । १० वर्षदेखि निर्माणाधीन पुल ९५ प्रतिशत काम मात्र पूरा भएको छ । पप्पु कन्स्ट्रक्सनले सात वर्षसम्म सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले हटाएर लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी सुम्पेको थियो । विगत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले पुल निर्माणको काम

    • प्रकाशित मितिः असार १७, २०७८
    • 126 पटक पढिएको
  • हेमन्त हत्याको आरोपमा तीन पक्राउ

    प्यूठान / प्युठानमा हेमन्त पुनमगरको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपानेका १७ र १५ वर्षका बालक र मल्लारानी गाउँपालिका वडा नम्बर ३ धनुबाँसका –१८ वर्षीय रेमबहादुर घर्ती रहेका छन् । प्यूठान नगरपालिका –१० नेपानेमा गत सोमबार बिहान हेमन्त भन्ने नरेन्द्र मृत र उनका साथी सुरेश बस्नेत गम्भीर घाइते अवस्थामा फेला परेका थिए।हेमन्तको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।घाइते बस्नेतको भैरहवास्थित मेडिकल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोको अपरेसन गरिएको थियो। उनको भेन्टिलेटरमा राखेर

    • प्रकाशित मितिः असार १७, २०७८
    • 112 पटक पढिएको
  • मेचेलाई पहिलो जाती मान्न राजवंशी र धिमाल समुदायद्वारा अस्विकार

    बिर्तामोड / मेचीनगर नगरपालिकाको आठौँ नगरसभाले मेचे जातिलाई  ‘पहिलो जाति’ घोषणा गरेपछि धिमाल र राजवंशी समुदायले बिरोध गरेका छन् । गत असार १० गते नगरसभाले मेचे जातिलाई प्रथम जातिको मान्यता दिएको थियो । नगरसभाको निर्णय विरुद्ध धिमाल र राजबंशी समुदायले आपत्ति जनाउदै इतिहासको खोज र अनुसन्धान बिना गरिएको निर्णय आफ्नो समुदायलाई मान्य नभएको बताएका छन् । धिमाल जातीय बिकास केन्द्र र राजबंशी समाज विकास समिति मेचीनगरले सरोकारवालासँग समन्वय र विना अनुसन्धान गरिएको निर्णय अमान्य भएको बताएका छन् । मेचीनगर नगरप्रमुख विमल आचार्यलाई भेटेर उनीहरुले यो विषयमा आपत्ति जनाएका छन । 

    • प्रकाशित मितिः असार १६, २०७८
    • 303 पटक पढिएको
  • सर्पको टोकाइबाट युवकको मृत्यु

    बारा  / बारामा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जन रहेका छन् । निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका उनलाई बुधबार बिहान ३ बजे सर्पले कानमा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

    • प्रकाशित मितिः असार १६, २०७८
    • 332 पटक पढिएको
  • झापामा पनि निषेधाज्ञा खुकुलो

    बिर्तामोड / झापामा कोभिड –१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार २१ गते राति १२ बजेसम्मका लागि जारी राख्ने र खुकुलो बनाउने निर्णय गरेको हो । संक्रमणको दरमा केही कमी आएपनि खतरा यथावत रहेकाले निषेधाज्ञा थप गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताएका छन् । खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक, हार्डवेयर तथा निमाणजन्य सामग्री, इलेक्ट्रिोनिक, टेलरिङ, ड्राइक्लिनर्स, लत्तकपडा, जुत्ताचप्पल,

    • प्रकाशित मितिः असार १४, २०७८
    • 241 पटक पढिएको
  • खोटाङमा छोराद्वारा बुबाको हत्या

    खोटाङ / खोटाङमा बुबाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –२ सोल्माका २८ वर्षीय सुवर्ण राई रहेका छन् । उनलाई आज बिहान ५ बजे बुबा ७२ वर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 133 पटक पढिएको
  • कोरोनाविरुद्ध खोपको कालोबजारी गर्नेलाई कारवाही गर्न माग

    बिर्तामोड / राष्ट्रिय उपभोक्ता मञ्चले कोरोना खोप अवैध रुपमा विक्रि भएको भन्दै कालोबजारीमा संलग्नहरूमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष पैमलाल महर्जनले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको पूर्वी नाकाबाट कोरोनाबिरुद्धको (कोभिशिल्ड) खोप अवैध रुपमा भित्र्याइ लुकिछिपी चर्को मूल्यमा बिक्री गर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । महर्जनले जारी गरेको विज्ञप्तिमा कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकहरूले समयमा दोस्रो खोप लगाउन नपाउँदा हतोत्साहित र निराश बनेको स्थितिमा अवैध रुपमा भित्र्याएर कालोबजारी हुन थालेको बताइएको छ । यसरी अवैध रुपमा भित्र्याइएक

    • प्रकाशित मितिः असार १३, २०७८
    • 167 पटक पढिएको
  • सङ्खुवासभामा रूखबाट लडेर १ को मृत्यु

    सङ्खुवासभा / सङ्खुवासभामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखपन नगरपालिका –६ स्वाङगेका ६५ वर्षीय लिला बहादुर कटुवाल रहेका छन् । हिजो बेलुका साढे ६ बजे घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्र बानामा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 146 पटक पढिएको
  • एउटै ट्याङ्करले दुई ठाउँमा दियो ठक्कर , गयो दुई बालिकाको ज्यान

    राजविराज / पेट्रोलियम पदार्थ बोकेको ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई बालिकाको मृत्यु भएको छ ।  सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा न –२ सीतापुरमा भएको सडक दुर्घटनामा परी मोटरसाइकलमा सवार थप तिन जना घाईते समेत बनेका छन् ।पूर्वपश्चिम राजमार्गमा फरक फरक स्थानमा ना ७ ख ५४९५ नम्बरको ट्यांकरले दिएको ठक्करमा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई किलोमिटरको फरकमा एउटै ट्याङकरले ठक्कर दिएको हो ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सप्तरी प्रहरीले जानकारी गराएको छ ।दुर्घटनामा परी स ११ प २५८५ नम

    • प्रकाशित मितिः असार १२, २०७८
    • 154 पटक पढिएको
  • बाँदर आतङ्कबाट छुटकारा पाउन जङ्गलमा फलफूल खेती

    तनहुँ / बाँदरलाई जङ्गलमै भुलाउने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा नमूना फलफूल वन स्थापना गर्ने उद्देश्यले वनमा फलफूलका बिरुवा रोपिएको हो । जङ्गलमा आहारा नपाएर मानव वस्तीमा छिरेर बाँदरले खेतीबाली नष्ट गरिरहेकोले त्यहाँका कृषक हैरान भएका छन् । बाँदर आतङ्क न्यूनीकरण गर्दै बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती शुरु गरिएको सवडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिए। त्यहाँको तीन हेक्टर क्षेत्रफलमा १४ प्रजातिका ८ सय ५० वटा फलफूलका बिरुवा रोपण गरिनेछ । तनहुँमै पहिलो पट

    • प्रकाशित मितिः असार १२, २०७८
    • 139 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.