समाज

    Showing 10,491-10,500 of 11,092 items.
  • विभत्स हत्या : गर्भवती श्रीमतीको पेट्रोल छर्केर आगो लगाई हत्या

    लहान / आफ्नै गर्भवती श्रीमतिलाई जलाएर मारेको अभियोगमा प्रहरीले सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर ३ का २९ वर्षीय दीपेन्द्र चौधरीलाई आइतबार पक्राउ गरेको हो।चौधरीलाई आफ्नै छ महिनाकी गर्भवती ३० वर्षीया श्रीमती पूजा चौधरीलाई जलाएर हत्या गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तोपनकुमार दाहालले जानकारी गराएका छन् ।गत शुक्रबार बेलुका मदिरा सेवन पछि घर पुगेका चौधरी र उनकी श्रीमति बिच झगडा भएको र सोही क्रममा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जानकारी गराएको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा झगडा उग्र बनेपछि पुजाले नै आफ्नो शरिरमा पेट्

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 451 पटक पढिएको
  • जंगली च्याउ खाँदा इलाममा चारजना बिरामी

    इलाम  / जंगली च्याउ खाँदा इलाममा चारजना बिरामी भएका छन् ।सन्दकपुर गाउँपालिका–१ खोलाघारीका जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राई र उनकी श्रीमती विष्णुकुमारी बिरामी भएका हुन् ।जितबहादुर र टिकाबहादुरले शनिबार जंगलबाट खोजेर ल्याएको च्याउ खाएका थिए। जंगली च्याउ खाएर बिरामी भएका उनीहरुलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो ।त्यहाँबाट थप उपचारको लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।चारजनामध्ये जितबहादुर र टीकाबहादुरको अवस्था गम्भीर रहेका अस्पतालले जनाएको छ । उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 134 पटक पढिएको
  • परम्परागत उत्पादन र स्वरोजगार बढाउन ‘कोसेली घर’ सञ्चालन

    टिस्टुङ / स्थानीय परम्परागत उत्पादनलाई प्रवद्र्धन गरी स्वरोजगार वृद्धि गर्न मकवानपुरको थाहा नगरपालिकामा ‘कोसेली घर’ सञ्चालनको तयारी गरिएको छ । कोसेली घरका लागि पूर्वाधार निर्माण भइसकेको र अब कोरोना भाइरसको महामारी कम हुने बित्तिकै थप तयारी गरेर सञ्चालनमा ल्याइने नगरप्रमुख लवशेर विष्टले बताए ।नगरपालिकाले नगरको स्थानीय सीप र उत्पादन प्रवद्र्धन गर्न आफ्नै पहलमा कोसेली घर निर्माण गरेको हो । वडा नं ४ नयाँगाउँमा निर्मित रुपचन्द्र विष्ट स्मृति भवनमा प्रदेश सरकार समेतको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाले जनाएको छ ।स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुलाई

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 128 पटक पढिएको
  • जङ्गली हात्ती बस्तीमा पसी तीन घर तोडफोड

    महोत्तरी / महोत्तरीको गौशाला नगरपालिका –१० विश्वकर्माचोकमा गएराति जङ्गली हात्ती गाउँमा पसी तीनवटा घरमा तोडफोड गरेको छ ।सागरनाथ वन विकास परियोजनाको वनक्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरीटोली घटनास्थल पुगी स्थानीयवासीको मद्दतले हात्ती वनतिर लखेटिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्यालले जानकारी दिए । तीन वटा हात्तीको समूह अहिले जङ्गल पसेका छन् । बस्ती पसेको हात्तीले ठाउँठाउँमा केराका थाम, उखु र ओलसहितका बोट उखेलेर सोतर बनाएको छ । जङ्गली हात्तीको चहलपहल बढेपछि सर्वसाधारण डराए

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 142 पटक पढिएको
  • स्थानीय र प्रहरीबिच झडप हुँदा आठ जना घाइते

    रौतहट / रौतहटको गरुडामा निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा स्थानीय र प्रहरीबिच झडप हुँदा डिएसपीसहित सात जना प्रहरी घाइते भएका छन् ।गरुडा नगरपालिकाको वडा नम्बर २ गेडाहीगुठीमा स्थानीयले तीनओटा विवाह समारोहमा भीडभाडका साथ डिजेसहित निषेधाज्ञाको अवज्ञा गरिरहेको अवस्थामा प्रहरीहरुले सम्झाइबुझाइ स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न गराउन निर्देशन दिइ फर्किने क्रममा एक्कासी स्थानीयले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी शिद्धिविक्रम साहले जानकारी दिए ।झडपमा परी इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित सात प्रहरी घाइते भएका छन् । घाइते डिएपीसहि

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 113 पटक पढिएको
  • हिमालको फेदीमा भक्तशाला निर्माण जारी

    फुङ्लिङ / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका  –६ स्थित समुन्द्र सतहदेखि चार हजार ५०० मिटर उचाइ पर्ने फक्ताङलुङ हिमालको फेदीमा भक्तजनका लागि भक्तशाला निर्माण भइरहेको छ । सेन्छेई फक्ताङलुङ संरक्षण संवद्र्धन समितिको अगुवाइमा भक्तशाला निर्माण भइरहेको समितिका अध्यक्ष दीपक ताम्मादेनले बताए । किरात धर्मावलम्बीको पवित्र धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको फक्ताङलुङ हिमालमा दर्शन गर्न आउने दर्शनार्थीका लागि भक्तशाला निर्माण गर्न लागिएको उहाँले जानकारी दिए । निर्माणका लागि प्रदेश नं १ सरकारले रु दश लाख र देश विदेशमा रहेका सहयोगी व्यक्तिबाट सहयोग सङ्कलन गरी जम्मा रु ६० लाख लागतमा भक्तशाला

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 114 पटक पढिएको
  • राउटे युवतीलाई यौन दुव्र्यवहार गर्नेलाई कानूनी दायरामा ल्याउन आग्रह

    सुर्खेत / राष्ट्रिय मानव अधिकार आयोगले दुई राउटे युवतीको गोपनीयताको संरक्षण गर्दै घटनाका दोषीलाई तत्काल कारबाही गर्न सरकासँग आग्रह गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाले स्थानीय राउटे समुदायका युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि आयोगको कर्णाली प्रदेश शाखा कार्यालयले अनुगमन गरेको थियो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा निजहरुको स्वास्थ्य परीक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह ग

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 105 पटक पढिएको
  • दुर्घटना पछि फरार सांसद पुत्र पक्राउ

    विराटनगर / सवारी दुर्घटना पछि फरार रहेका प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रोबिन भनिने रविन कार्की पक्राउ परेका छन् ।कार्कीलाई आइतबार अपरान्ह विराटनगरको बरगाछीस्थित घरबाटै पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी गराएका छन् । उनलाई जोगाउन भएका कोशिस विवादित बनेपछि सांसद कार्कीले प्रहरीलाई घरमा नै बोलाएर आफ्नो छोरा प्रहरीको जिम्मा लगाएको स्रोतले जानकारी गराएको छ ।पक्राउ परेका कार्कीलाई प्रहरीले आजै जिल्ला अदालत लगेर थप अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरेको छ । प्रहरीले पटक पटक सवारी दुर्घटनामा जोडिदै आएका उनीमाथि सवारी ज्यान मुद्दामा कार्वाही गर्ने त

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 344 पटक पढिएको
  • जग्गा गुठीमा दर्तापछि सरकारी सुविधाबाट वञ्चित

    रोल्पा / तीन स्थानीय तहका १८८ घरधुरीको जग्गा गुठीका नाममा दर्ता भएपछि स्थानीयले सरकारी सेवा र सुविधा पाउनबाट वञ्चित भएका छन् । आवादी जग्गा, खेत र घरसमेत विभिन्न धार्मिक मठमन्दिरका नाममा दर्ता भएपछि उनीहरु सम्पत्तिको अधिकारबाट समेत वञ्चित भएका हुन् । जग्गा आफ्नो नाममा नहुँदा २०५२ सालयता मालपोत तिरो तिर्न नपाएको जग्गाधनीहरुको भनाइ छ । “जग्गा हकभोग त गरेका छौँ, तर स्वामित्व आफ्नो नाममा नहुँदा धेरै कानूनी जटिलता व्यहोर्दै आएका छौँ”, त्रिवेणी  गाउँपालिका –२ का धनबहादुर बस्नेतले भने । जग्गाको लालपुर्जा नहुँदा बैंकबाट ऋणकर्जा गर्न नपाएको उनीहरुको गुनासो छ । लालपुर्जा  पेश  गरेर सर

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 117 पटक पढिएको
  • सामुदायिक वनमा काठ चोरीका घटना वृद्धि

    कैलाली / कैलालीका सामुदायिक वनमा काठ चोरीका घटना बढेका छन् । यहाँ लकडाउन भएको ३७ दिन पुगेका छ । लकडाउनको समयमा सबै मानिस घरभित्रै बस्ने भएकाले तस्कर तथा चोरीमा संलग्नहरु वन ताक्न थालेको गुनासो वनकर्मी नै गर्न थालेका छन् । यतिबेला सामुदायिक वनमा वन हेरालुले गस्ती गर्न नसकेका कारण काठ चोरीका घटना बढेका छन् । कोरोना सङ्क्रमणका कारण सामुदायिक वन संरक्षणसँगै अन्य गतिविधि गर्न नसकेको सामुदायिक वनका पदाधिकारी बताउँछन् । वन हेरालु दिउँसोका समयमा गस्ती गर्ने भएकाले दिउँसोभन्दा रातिको समयमा सामुदायिक वनमा काठ चोरी भइरहेको उनीहरुको गुनासो छ । काठ चोरी गर्नेहरु योजना बनाएर रातिको समयमा आउने भएका

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 127 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.