पार्थ मण्डलभद्रपुर / वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर डम्बर पुरीले भारतीय नम्बर प्लेटका तीन वटा सवारीसाधन बिना कारबाही छाडेका छन् । अख्तियार अनुसन्धान आयोग, केन्द्रीय प्रहरी कार्यालय महाशाखा टंगालमा सरुवा भएका इन्स्पेक्टर पुरी आइतबार वडा कार्यालयको जिम्मेवारीबाट बिदा लिनु अगाडी ती सवारीसाधन बिना कारबाही छाडेका हुन् ।१४ महिनादेखि बिना भन्सार सीमावर्ती नेपाली बजारमा खुलेआम भारतीय सवारीसाधन चलिरहेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईको निर्देशनमा ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालयले संयुक्त रुपमा भारतीय सवारीसाधन नियन्त्रणमा लिने अभियान थालेका थिए ।सोही अभिया
विराटनगर / विराटनगरस्थित नेपाल–भारत सीमा नजिकै तस्करको समुह र प्रहरी बीच झडप भएको छ । रिाटनगर महानगरपालिका भित्र पर्ने इस्लामपुर सीमानाकामा तस्करको समुह र प्रहरीबीच सोमबार झडप भएको हो ।इस्लामपुर नाकामा नेपाल–भारत आवत जावत कडाई गरेपछि स्थानीय व्यापारी र तस्करको समुहले सीमामा खटिएका प्रहरीमाथि ढुंगामुढा गरेका हुन् । एक वर्षदेखि कोरोनामहामारी नियन्त्रणका सरकारले सीमा नाका शिल गरेको छ ।नयाँ भेरियन्टको कोरोना संक्रमण सुरु भएपछि सरकारले थप कडाई गर्दै सीमा नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ । सीमा नाका सील भएकै कारण कालोबजारी र तस्करी गर्न नपाएपछि उनीहरुले प्रहरीमाथि आक्रमण गरेको जनाइएको
काठमाडौँ / राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजनाको निर्माण कोभिड र बजेटअभावको दोहोरो मारमा परेको छ । आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाका कतिपय स्थानमा कोभिडका कारण सजिलै काम गर्न नसकिएको र ठेक्कामा भुक्तानी बाँकी भएका कारण काम रोकिने अवस्था आएको छ । चालु आवमा सो आयोजनामा कम बजेट छुट्याइएकाले बजेटको समस्या भएको आयोजना निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए । उनका अनुसार राष्ट्रिय गौरवको आयोजनामा बजेटको अभाव हुन नदिने सरकारको नीति भएकाले कम बजेट छुट्याइने गरिएको छ । भुक्तानीका लागि पुसदेखि नै रकम अर्थ मन्त्रालयलाई माग गरिए पनि मत्रालयले अहिलेसम्म दिइनसके
मनाङ / नयाँ भेरियन्स सहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ ।केही दिनअघि मात्रै जिल्लाभित्र विभिन्न देशका पर्यटक रोकिएको जानकारी पाएसँगै जिल्ला प्रशासन कार्यालयले उनीहरूको खोजी कार्य थालेको थियो । कुन ठाउँमा कति पर्यटक छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने सम्बन्धमा अन्नपूर्ण संरक्षण क्षेत्रसँग पर्यटकको तथ्याङ्क लिइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए । उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्
तनहुँ / तेह्र भूमिहीन भूकम्पपीडित लाजपुर्जाका मालिक बनेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइले भूमिहीन लाभग्राहीलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराएपछि लालपुर्जा पाएका हुन् । विगत लामो समयदेखि भूमिहीन लाभग्राहीले पुर्जा पाएपछि खुशी भएका छन् ।प्राधिकरणले भूमिहीन तथा जोखिमयुक्त बस्तीबाट सुरक्षित हुन चाहने भूकम्प पीडितलाई घडेरी खरीद गर्न रु दुई लाख उपलब्ध गराउने प्रावधान अनुरुप उपलब्ध गराएको थियो । लालपुर्जा खरीद गर्न रकम पाउने प्रावधानअनुसार जग्गा खरीद गरेर १३ जनालाई हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइका कम्प्युट
रुकुमपूर्व / रुकुम पूर्वका एक हजार घरधुरी केन्द्रिय विद्युत् लाइनको पहुँचमा पुगेका छन् । तीन वटा गाउँपालिका रहेको यस जिल्लाका दुई गाउँपालिकाका एक हजार घरधुरीमा विद्युत् विस्तारको काम गरिएको छ । सिस्ने गाउँपलिकाको दुई वटा वडा र भूमे गाउँपलिकाको तीन वटा वडामा केन्द्रिय लाइनको विद्युत् पुगेको प्राधिकरण वितरण शाखा रुकुम पूर्वले जनाएको छ ।अहिलेसम्म सिस्ने–५ को ९५ प्रतिशत ठाउँमा विद्युतीकरण भइसकेको प्राधिकरण वितरण शाखा कार्यालयका प्रमुख युवराज रावतले बताउनुभयो । वडा नं ५ को दुधिल्ला गैरामा शनिबार मात्रै विद्युतीकरण भएको छ । अब ह्याप्ला लगायतका केही ठाउँमा मात्र विद्युत् विस्तारको काम बाँकी रहेको राव
टिस्टुङ / मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कारोना महामारीका कारण यस वर्ष पनि प्रभावित हुने भएको छ । अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीको कारण रोकिएको थियो । नगरमा कोरोना सङ्क्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम हुने भएकोले यस वर्ष पनि जात्रा रोक्न आग्रह गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । तिथिअनुसार बाराही जात्रा यही जेठ १५ गतेदेखि १७ गतेसम्म पर्दछ । सामान्य अवस्थामा बाराही जात्रामा स्थानीय क्षेत्रसहित छिमेकी जिल्लाबाट समेत हजारौँको सङ्ख्यामा भक्तालुहरु स
काठमाडौं / २८ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले सोमबार जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । स्मृति दिवसको अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका हुन् ।कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुभाष नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायतका नेता सहभागी थिए ।विगतमा एमालेले मदन–आश्रित स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्थ्यो । यसपटक भने कोरोना भाइरस संक्रमणको महामारीका
सर्लाही / जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शङ्का लागि जाँच गर्दा महतोको साथबाट एकथान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो रङको ज्याकेट एक थान र विआर ३० यु ७७७३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए ।
गलेश्वर / म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र दौँतरी तथा छिमेकीहरुसँग गफिएर समय व्यतित गर्ने गरेका उपाध्यायलाई अहिले चौबीसै घण्टा घरभित्र सीमित भएर बस्नु पर्दा निकै सकस भएको छ ।सामाजिक र राजनीतिक काममा निकै व्यस्त रहने गर्नुभएका नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मीनबहादुर कार्की पनि एकान्तवास बसेका ठ्याक्कै १० दिन भयो । कोरोनाको लक्षण देखिएपछि गत वैशाख २४ गतेदेखि आफ्नै घरमा एकान्तबास बस्नुभएका क्या कार्कीको स्वाब परीक्षणको रिपोर्ट त नेगेटिभ आयो तर राजनीतिक र सामाजिक काममा सर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.