समाज

    Showing 10,641-10,650 of 11,093 items.
  • वाग्मती सफाइ : भोजन सेवा दिइने

    काठमाडौँ / परिवर्तित कोरोना भाइरसको सङ्क्रमण तीव्र भइरहेका बेला  सरसफाइमा ध्यान दिन आह्वानसहित वाग्मती सफाइ महाभियानलाई निरन्तरता दिइएको छ । फोहरमा रोग र महामारी पनि फैलने भएकाले यस्तो आह्वान गरिएको महाअभियानले जनाएको छ ।विसं २०७० जेठ ५ गतेदेखि राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको सफाइ महाभियानको ४१८ औँ हप्तामा आज पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरियो । पशुपति क्षेत्रमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलका नेतृत्वमा काठमाडौँ महानगरपालिका वडा नं. ९ का सदस्य टेकराज अधिकारीसहित दुई जनाले भौतिक दूरी कायम गर्दै स्वास्थ

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 116 पटक पढिएको
  • वनक्षेत्रमा शिकारी र तस्करको चहलपहल

    महोत्तरी / चारैतिर निषेधाज्ञाले आवागमन पातलिएका बेला यहाँका वनक्षेत्रमा वन तस्कर र शिकारीको चहलपहल बढेको छ । जिल्लाको गौशाला र बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २२ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ ।जिल्ला र छिमेकको सर्लाहीमा समेत निषेधाज्ञाको मौका छोपी वनक्षेत्रमा तस्कर र शिकारीको चहलपहल बढेको हो । तस्कर चालढाल बुझ्न वन पस्ने गरेका भए पनि शिकारी चाहिँ दिनहुँ बँदेल, हरिण, मृग, दुम्सीलगायत वन्यजन्तुको शिकार गरेर फर्कने गरेका वनसँगै जोडिएको गौशाला–८ ढल्केवर बस्

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 105 पटक पढिएको
  • बेवारिसे ३५० गाईबाछाको उद्धार

    काठमाडौँ / असहाय गाईबाछा संरक्षण अभियानले बितेका दुई वर्षमा सडक पेटीका बेवारिसे ३५० गाईबाछा विभिन्न स्थानबाट उद्धार गरी व्यवस्थापन गरेको छ । अभियानले उद्धार गरी छाना, खाना र उपचारको उचित प्रबन्धको सुनिश्चिततासमेत गरेको छ । खान नपाएर दुब्लाएका, पानी पिउन नपाएका, सडक दुर्घटनामा घाइते बनेका, सानो उमेरमै बाटामा फालिएका, रेबिज रोग लागेका र अनेक किसिमले दुव्र्यवहारमा परेका गाईबाछाको संरक्षणका लागि २०७६ जेठ १ गते  अभियान शुरुआत गरिएको थियो । वाग्मती सफाइका क्रममा हरेक दिन कम्तीमा एउटा बाछाको अन्त्येष्टि गर्नुपरेको  अनुभव समेट्दै अब उनीहरुले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने हेतु

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 106 पटक पढिएको
  • अरुण तेस्रोको काम ठप्प

    किमाथाङ्का / सङ्खुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ । सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजनास्थलका निर्माण सामग्रीमा तोडफोड गरेका थिए । अवरुद्ध भएको आयोजनाको काम गर्न सतलज कम्पनी तथा  सरोकारवाला निकायसँग छलफल भइरहेको र चाँडै आयोजनाको काम पुनः सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । बुधबार बिहान साढे ८ः०० बजे सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएक

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 172 पटक पढिएको
  • ‘स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका’

    काठमाडौँ / स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘विपत्मा कसरी जोगिएर पत्रकारिता गर्ने ?’ विषयक कार्यक्रममा वरिष्ठ पत्रकार एवम् प्राध्यापक रामकृष्ण रेग्मीले विगतमा सङ्क्रमणको समयमा गरेको पत्रकारितालाई आधार मानेर आगामी दिनमा पत्रकारिता गर्नुपर्ने बताए । “मुलुक स्वास्थ्य सङ्कटको अवस्थामा पुगेको समयमा नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको छ”, उनले भने । उनले कोरोना महामारीको एक वर्ष बितिसक्दा पनि हामीले पत्रकारिता क्षेत्रमा कसरी सुरक्षित बन्ने भनेर मापदण्ड अपनाउन नसक्

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 124 पटक पढिएको
  • निषेधाज्ञामा महिला तथा बालबालिकाको उद्धार गर्न समिति गठन

    काठमाडौँ / राष्ट्रिय महिला आयोगले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको समयमा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार गर्न उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरेको छ । आयोगले कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमण नियन्त्रणका सन्दर्भमा जारी निषेधाज्ञाको अवधिमा लैङ्गिक हिंसाका घटनाको सघन अनुगमन गर्न, लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार लगायतका विषयमा विभिन्न निकायसँग आवश्यक समन्वय गर्न आयोगका अध्यक्षको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 95 पटक पढिएको
  • रोल्पाका अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण

    रोल्पा / त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । वडा नं २  मा आयोजित कार्यक्रममा उनीहरुलाई रु २५ लाख ४० हजार ४४८ बराबरको राहत सामग्री हस्तान्तरण गरिएको हो । अग्निपीडितलाई सामग्रीसहितको सुरक्षित बास बस्नका लागि टेन्ट, कपडा, भाँडाकुँडा, विद्यार्थीका लागि कापीकलमसहितको झोला र नगद प्रदान गरिएको हो । रोटरी क्लब अफ महाबौद्ध पाटन, रोटरी इन्टरनेशलन ३२९२ नेपाल–भूटान, रोटरी क्लब अफ दरबारमार्ग काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ मेट्रो, रोटरी क्लब  अफ ल ब्रान्च वर्ग अमेरिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त आयोजनामा उक्त राहत सङ्कलन गर

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 100 पटक पढिएको
  • कुहिने फोहोरबाट मल उत्पादन

    तनहुँ / जिल्लाको व्यास नगरपालिकाले कुहिने फोहोरबाट प्राङ्गरिक मल उत्पादन गरेको छ । नगरपालिका–१० स्थित शिशुवा भतेरीमा दुई वटा खाडल खनेर कुहिने फोहोरलाई व्यवस्थापन गरेसँगै प्राराङ्गिक मल उत्पादन गरिएको हो । गत फागुन महिनादेखि उक्त स्थानमा कुहिने र रत्यौली नजिक नकुहिने फोहोर विर्सजन गरिदै आएको छ । बुधबार डोजरको सहायताले मल बाहिर निकाल्न थालिएको गौ संरक्षण तथा प्राङ्गरिक मल उत्पादन केन्द्रका अध्यक्ष एवं वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । दुई वटा खाडल खनेर कुहिने फोहोर राखेर मल उत्पादन गरिएको उनले बताए । मल प्रयोग गरी सुपरनेपियर, इपिल इपिल, मठ, पारा, मकैचरी लगायतको उन्नत घाँस लगाउने योजन

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 103 पटक पढिएको
  • म्याग्दीका किसान दोहोरो रोगको चपेटामा

    गलेश्वर / नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिएपछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् । म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैबाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् ।जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका कतिपय किसान अहिले कोरोनाको चपेटमा परेका छन् । कतिपय संङ्क्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थामा उपचाररत छन् । यही बेलामा  किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 114 पटक पढिएको
  • सुर्दुको १५८ बिघा जग्गा सरकारको नाममा आयो

    बिर्तामोड / सुनसरीको धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ ।धरानका जनताको लामो समय देखिको माग अनि आन्दोलन जग्गा फिर्ता सँगै बल्ल सफल बनेको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा भूसंरक्षणमन्त्री भएका बेला सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा व्यक्तिको नाममा गराउन ‘तोक आदेश’ भएको जग्गा सरकारले फिर्ता ल्याएको हो । सापकोटाले १५ वैशाख २०७३ मा व्यक्तिको नाममा हुने तोक आदेश दिएका थिए ।सर्दु जलाधार क्षेत्रको ३ सय ४८ बिघा जग्गा अधिग्रहण भएर सट्टा भर्ना भएपछि पनि भूमाफियाको सञ्चालमा जग्गा किनबेच भइरहेको थियो । जग्गा अधिग्रहण भएर सट्टाभर

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 300 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.