समाज

    Showing 10,731-10,740 of 11,094 items.
  • ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादी पक्राउ

    दमौली / ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादी दुई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–७ पाथ्रा बस्ने ३१ वर्षीय घैँटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गुरुङलाई आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका गुरुङविरुद्ध आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । विसं २०७७ फागुन २० गते व्यास–७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोरकुमार श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोग गुरुङ विरुद्ध छ । सामान्य रूपमा भएको विवादको घट

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 103 पटक पढिएको
  • झापामा बायोग्यास कारखानामा आगलागी

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका वडा नं –१५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर शुरु भएको आगलागी १० : ४० बजेसम्म नियन्त्रणमा आएको छैन ।आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले सघाइरहेको छ । भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आगो निभाउन दमकल आइपुगेका छन् । तैपनि कारखानाभित्र आगो दन्किरहेको देखिन्छ ।कारखानामा काठदाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न मुस्किल परिरहेको अग्नि नियन्त्रणमा खटिएकाहरुले जनाएका छन् । धुलाबा

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 174 पटक पढिएको
  • खोटाङमा असिनासँगै फौजी कीराको प्रकोप

    खोटाङ / असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् । फौजी किराले प्रमुख बालीका रूपमा लगाइएको मकैका बिरुवाको मुन्टा, गुभो, पात खाएर नष्ट गरेको छ । मकै उम्रिएर तीन/चार पात पलाउँदा देखि गोडमेल गर्ने बेला भएको र गोडमेल गरिसकेको बिरुवालाई फौजी किराले नष्ट गर्दा उत्पादन घट्ने र खाद्यान्न सङ्कट निम्तिने डरले किसान चिन्तित भएका बताइएको छ ।  असिनापानीका कारण रावाबेँशी गाउँपालिकाको एउटै वडामा लाखौ

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 138 पटक पढिएको
  • बच्चा चोरेको आरोपमा झापामा एकजना पक्राउ

    बिर्तामोड / झापाको भद्रपुरमा एक अपरिचित व्यक्तिलाई बच्चा चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति कोहुन् भनेर पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती अपरिचित व्यक्तिले भद्रपुर नगरपालिका ८ घोडामारा निवासी कमला टुडुलको २ वर्षीय छोरा चोर्न खोजेका थिए । घरछेउको बाटोनजिकै  पानीमा खेलिरहेका बालकलाई ती व्यक्तिले बोरामा हाल्न खोज्दा स्थानीयले देखेका थिए।ती व्यक्तिलाई बालकका अभिभावक र गाउँले मिलेर  नियन्त्रण लिई तत्काल प्रहरीलाई खबर गरेका थिए।घटनास्थलमा पुगेको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरी प्रहरी

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 564 पटक पढिएको
  • रसुवामा पाँच हेलिप्याड निर्माण

    रसुवा / ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन जिल्लामा हेलिप्याड निर्माण अगाडि बढेको छ । प्रत्येक गाउँमा हेलिप्याड निर्माण गर्ने सरकारी नीतिलाई कार्यान्वयन गर्दै स्थानीय तहमार्फत यहाँका दक्षिणी भेकमा पाँचवटा हेलिप्याड निर्माण भएका छन् ।नयाँ बनेका हेलिप्याडमा कालिका  गाउँपालिका–२  कालिकास्थान र सोही गाउँपालिका–४ र ५ जिवजिवे रहेका छन् । जिवजिवेको हेलिप्याड प्रदेश सरकार र कालिका स्थानको हेलिप्याड स्थानीय सरकारको आर्थिक सहयोगबाट तयार भएका कालिका गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेल अधिकारीले जानकारी दिइन् ।यसैगरी नौ कुण्ड गाउँपालिकाअन्तर्गत  सरमथलीडाँडा, पारच्याङको मुनि फाम्च

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 139 पटक पढिएको
  • दुई सय ७० सवारी साधन कारवाहीमा

    इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई कारवाही गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । पहिलो दिन धेरैजसोलाई सम्झाइबुझाई छाडिएको उनले जानकारी दिए । नियन्त्रणमा लिइएका सवारी साधनमा मोटरसाइकल २०७, तीन पाङग्रे ५८ र चार पाङग्रे पाँच वटा नियन्त्रणमा लिइएको छ । इनरुवाको महेन्द्रचोक क्षेत्र सिल सुनसरी प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र सिल गरेको छ । तीन दिनको अवधिमा कोरोना सङ्क्रमणब

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 111 पटक पढिएको
  • कृत्रिम अभाव रोक्न बजार अनुगमन

    कर्णाली / कोभिड–१९ सङ्क्रमणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ ।जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिबार यहाँका औषधि पसल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो । निषेधाज्ञाका बेलामा बजारमा कालोबजारी हुने तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्ने काम हुने भएकाले स्थलगत अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए । उनले भने, “औषधि पसलहरुमा मास्क र सेनिटाइजरको प्रयोग तथा बिक्री दरलगायतको बारे

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 104 पटक पढिएको
  • गाउँपालिका टुक्र्याउने प्रस्ताव गाउँसभाबाट पारित

    रुकुमपूर्व / रुकुम(पूर्व)को पुथाउत्तरगङ्गा गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको छ । चौधवटा वडा रहेको पुथाउत्तरगङ्गा गाउँपालिकालाई सात–सातवटा वडा रहने गरी पुथा र उत्तरगङ्गा गरी दुईवटा गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको हो । भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ । नागरिकको सहजताका लागि उनीहरुकै माग र सल्लाह सुझावअनुसार गाउँपालिकालाई टुक्र्याएर दुईवटा बनाउने निर्णय गरिएको हो ।गाउँसभाले पारित गरेको पुथा गाउँपालिकामा हालको १ देखि ६ सम्मका वडा र ९ नं वडालाई मिसाउने निर्णय गरिएको गाउँ

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 103 पटक पढिएको
  • अरुण नदिमा डुबेर एक युवा बेपत्ता

    भोजपुर / भोजपुरको षडानन्द नगरपालिका –७ का २९ बर्षीय रुद्र बहादुर न्यौपाने अरुण नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । शनिवार दिउँसो सवा १ बजेको समयमा षडानन्द नगरपालिका –६ अरुण नदिको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 129 पटक पढिएको
  • भरुवा बन्दुक सहित १ जना पक्राउ

    सोलुखुम्बु / सोलुखुम्बुको सोताङ गाउँपालिका–१ बाट ३ थान भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक सहित स्थानीय ३४ बर्षीय दिल बहादुर भनिने गंगा बहादुर गिरी पक्राउ परेका हुन् । जंगलमा शिकार खेल्न गएको भन्ने सूचना प्राप्त भएसंगै प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले ३ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी ८०० ग्राम, फलामको टुक्रा १ केजि, टर्च लाईटमा प्रयोग हुने ब्याट्रि ७ थान, लाईटर १ थान , केप १ थान, मोबाईल २ थान र १० मिटर तार सहित पक्राउ गरेको हो । उक्त घटनामा अन्य ४ जनाको समेत संग्लग्नता रहेको बुझिन आ

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 119 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.