काठमाडौं— सङ्घीय संसद्को झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङमा ग्याबु शेर्पालाई सम्मान गरिएको छ।मंगलबार संसद् भवनस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालले शेर्पालाई सम्मान गरेका हुन्।सम्मान कार्यक्रममा सभामुख अर्यालले सगरमाथा आरोहणमार्फत शेर्पाले नेपालको गौरव र सङ्घीय संसद्को प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याएको बताए। उनले शेर्पाको साहसिक उपलब्धिले युवा पुस्तालाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।प्रतिनिधिसभा सदस्य शेर्पाले सङ्घीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरी नेपालक
काठमाडौं— नेपाली हस्पिटालिटी क्षेत्रको अग्रणी ब्रान्ड होटल पौवाले एकै दिन दुई प्रमुख पर्यटकीय गन्तव्यमा शाखा विस्तार गरेको छ ।पौवाले जनकपुरस्थित होटल रोयल प्यालेस तथा भैरहवास्थित गौतम बुद्ध इन्टरनेशनल होटलसँग औपचारिक सम्झौता गर्दै आफ्नो आतिथ्य सञ्जाललाई विस्तार गरेको हो।यो विस्तार केवल शाखा वृद्धि मात्र नभई नेपाली आतिथ्यतालाई व्यावसायिक उत्कृष्टता, संस्थागत व्यवस्थापन क्षमता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उकास्ने दीर्घकालीन रणनीतिक पहल भएको पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।होटल पौवाले छोटो अवधिमै देशका विभिन्न स्थानमा आफ्नो उपस्थिति विस्तार गर्दै नेपाली भाषा, संस्कृति र रैथाने खाना
काठमाडौं— विश्वकै अग्रणी राइड शेयरिङ प्लेटफर्म उबरले आगामी जेठ २२ गतेदेखि नेपालमा आफ्नो औपचारिक सेवा सुरु गर्ने भएको छ । कम्पनीले सोही दिन पत्रकार सम्मेलन आयोजना गरी नेपालमा आफ्नो व्यावसायिक यात्रा र आगामी योजनाहरूबारे जानकारी दिने तयारी गरेको छ ।यस विशेष प्रयोजनका लागि उबरका राइड्स एप्याकका उपाध्यक्ष तथा क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलर नेपाल आउने कार्यक्रम तय भएको छ । नेपालमा आफ्नो दह्रो उपस्थिति जनाउन उबरले स्थानीय राइड शेयरिङ कम्पनी ‘ट्याक्सीमाण्डो’ सँग रणनीतिक साझेदारी गरेको छ ।यो साझेदारीअनुसार ट्याक्सीमाण्डोले नेपालमा उबरको ‘ब्याक–अफिस पार्टनर’का रूपमा काम गर्नेछ । यो सम्झौतासँगै ट्या
काठमाडौं— आज नारायणहिटी राजदरबार हत्याकाण्डको २५ वर्ष पूरा भएको छ । नेपालको इतिहासमा यस घटनालाइ एउटा रहस्यमय घटना मानिन्छ, जसको सत्यतथ्य आजका दिन सम्मपनि बाहि आउन सकेको छैन् ।वि.सं. २०५८ साल जेठ १९ गते राति तत्कालीन राजा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतिलगायत ११ जनाको दरबारभित्रै हत्या भएको थियो ।तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित छानबिन समितिले युवराज दिपेन्द्रले गोली चलाएको निष्कर्ष सार्वजनिक गरे पनि हत्याकाण्डबारे विभिन्न प्रश्न र शंकाहरू आजसम्म पनि उठिरहेकै छन् ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने लागेको हो ।भेटमा दुवै पक्षबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुनेछ ।सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि हिजो सोमबार भारत प्रस्थान गरेका थिए ।
काठमाडौं— नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले जारी गरेको वित्तीय चेतनामूलक सन्देशमा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा भुक्तानी सेवा प्रदायकका वालेटलगायतका सेवाहरू ग्राहकको दर्ता गरिएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध हुने उल्लेख गरेको छ ।यस्ता माध्यममा खातासम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुने भएकाले मोबाइल नम्बर परिवर्तन भएमा अद्यावधिक जानकारी दिन आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार मोबाइल फोन
काठमाडौं— काठमाडौं महानगरपालिकाको वडा नं. १७ ले स्थानीय वडाबासीलाई जेठ १३ गतेदेखि २० दिने रञ्जना लिपि लेखन प्रशिक्षण सुरु गरेको छ । ठँहिटिमा रहेको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयमा वडाका ३० जना हरेक दिन बेलुका साढे ५ बजे कक्षामा आउछन् ।स्थानीयलाई लिपि लेखनमा प्रोत्साहन गर्न वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर हरेक दिन कक्षामा आउछन् । सिकाइ क्रियाकलापमा सहभागी बन्छन् ।यस क्रममा उनले भने, ‘नेपाल भाषा हाम्रो प्रदेशको कामकाजी भाषा हो । रञ्जना लिपि अन्तर्राष्ट्रिय स्तरमा नेपालको मौलिकता चिनाउने मानक हो । कामकाजी भाषाको प्रवर्धन र मौलिक लिपिको संरक्षण गर्न हामीले प्रशिक्षण थाले
काठमाडौं— नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर तीन लाख ११ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तीन लाख १० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ४०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पाँच हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं— सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैशाख २१ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि ८५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयरको बाँडफाँट सम्पन्न भएपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागिएको कम्पनीले जनाएको छ ।सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित
काठमाडौं— वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ पुर्जी जारी भएको ८ दिन पछाडि पर्साको ठोरीबाट मेयर सिंहलाई पक्राउ गरेको हो ।पर्साको ठोरी एरियामा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा मंगलबार बिहान मेयर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीविरूद्ध जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.