काठमाडौं— जेनजी आन्दोलनको घटनालाई जोडेर परेका जाहेरी मध्ये ९ वटा जाहेरी तामेलीमा राखिएको छ ।जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार विभिन्न कसुर दाबी गर्दै प्रहरीमा आएका ९ जाहेरी तामेलीमा राखिएको हो ।जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानरपालिकाका मेयर बालेन शाह, हामी नेपालीका संस्थापक सुदन गुरुङलगायत विरुद्ध परेका गरी ९ वटा जाहेरी तामेलीमा राखिएको हो ।तत्काल प्रमाणअनुसार अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने नदेखिएपछि प्रहरीको सिफारिसमा सरकारी वकिल कार्यालयले निर्णय जाहेरी तामेलीमा राखिएको हो ।प्रहरीमा आएका १०४ जाहेरी भन
काठमाडौं— नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध मंगलबार सुर्खेतमा ‘जेनजी’ले प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बस्नेत मंगलबारै बिहान सुर्खेत आइपुगेका छन् ।वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा यस दिन कार्यक्रम तय गरिएको संगठनले जनाएको छ । बस्नेत सुर्खेत आएसँगै वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था कडा गरिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
काठमाडौं— पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएका छन् । यद्यपि यी नाम आयोगले अद्यावधिक गरिनसकेको निर्वाचन अधिकारी सुजाता खत्रीले बताउनुभयो । कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको राससलाई बताउनुभयो । यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए ।
काठमाडौं— नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै एमाले सर्वोच्चमा पुगेको हो। यो जानकारी विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले दिएका हुन्।यसअघि विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले अदालत जानेसम्बन्धी निर्णय गरेको थियो। बैठकले मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई रिट दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न आवश्यक अधिकार दिने निर्णय गरेको थियो।रिट निवेदकका रूपमा एमाले संसदीय दल (विघटित प्रतिनिधिसभ
सिराहा— लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आजबाट सिराहा जिल्लाभर ‘लैंगिक हिंसाविरुद्धको १६ दिवसीय अभियान’ सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मानव अधिकार दिवस)सम्म मनाइने यो अभियानको पहिलो दिन सिराहामा विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरि मनाइएको हो ।सिरहाको सदरमुकाम सिरहामा आयोजित र्यालीमा नगरपालिकाका नगरप्रमुख डा नबिन कुमार यादव, उपप्रमुख बबिता साह, सिरहाका प्रमुख जिल्ला अधिकारी, पहरी उपरीक्षकलगायत बिभिन्न संघसंस्था र नागरिक समाजका सयौं ब्यक्तिहरूको उपस्थिति रहेको थियो । सिरहा नगर परिक्रमापछि
लहान— घरेलु तथा साना उद्योग कार्यालय लहानले आफ्नो ११ औं उद्योग दिवस एक भव्य कार्यक्रमका बीच मनाएको छ ।कार्यालयले यस वर्ष ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने मूल भावका साथ दिवस मनाएको हो।जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लहान नगरपालिकाका मेयर महेश चौधरी प्रमुख अतिथिको रूपमा उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले देशको आर्थिक समृद्धिका लागि साना तथा घरेलु उद्योगको भूमिका महत्त्वपूर्ण रहेकोमा जोड दिएका थिए ।उद्योग दिवसको अवसर पारेर कार्यालयले जिल्लामा उत्कृष्ट काम गर्दै आएका दर्जनौं साना उद्योग व्यवसायीहरूलाई
सुर्खेत— कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाले मुलुक संघीयतामा गएको सात बर्षपछि आफ्नै भवनबाट सेवा सुरु गरेको छ । पालिकाको प्रशासनिक भवन निर्माण कार्य सकिएसंगै मंगलबारदेखि नयाँ भवनबाट सेवा सुरु गरिएको हो । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले आठ हजार वर्गमिटर जग्गा निशुल्क दिएका थिए ।गाउँपालिकाको ४० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत लागत साझेदारी गरी ७ करोड ८८ लाख ४४ हजार ९ सय ४८ मा भवन निर्माण भएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालले बताए । सभा हलसहित ३ तले भवनमा २२ कोठा रहेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भवन उद्घाटन गरेका छन् । भवन
काठमाडौं— नेपाली इलेक्ट्रोनिक्स बजारमा घरेलु ब्रान्ड सीजीले नेपालकै पहिलो एआई–आधारित टेलिभिजन श्रृंखला ‘सीजी मेरेडिया एआई टिभी’ सार्वजनिक गरेको छ ।संसारभर तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिलाई पछ्याउँदै कम्पनीले ग्राहकको माग, बजारको प्रवृत्ति तथा मनोरञ्जन सामग्रीको बदलिँदो शैलीअनुसार आफ्नो ब्रान्डलाई निरन्तर अपग्रेड गर्दै आएको बताउँदै, अब टेलिभिजन क्षेत्रमा पनि अत्याधुनिक एआई प्रविधि भित्र्याएको जनाएको छ ।सीजी इलेक्ट्रोनिक्सका सिनियर म्यानेजर भरत प्रसाद साहले हाल नेपालमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै कम्पनीले स्टेडियममै बसेर हेरेको जस्तै अनुभव दिलाउने एआई फिचरसहितको
विराटनगर— मोरङको विराटनगर–७ मा मंगलवार बिहान सरस्वती प्लास्टिक उद्योग पछाडिको क्षेत्रमा आगलागी हुँदा स्थानीयवासी तनावमा परेका छन्। जलजला मोडनजिक थुपारिएको प्लास्टिक फोहोरमा अचानक आगो भड्किएको प्रहरीले जनाएको छ।फोहोर जलाउने क्रममा आगो अनियन्त्रित बन्दै डंगुरभरि फैलिएको प्रारम्भिक आशंका गरिएको छ। तीव्र गतिमा फैलिन थालेपछि आगो आवासीय क्षेत्रतर्फ नलागोस् भनेर दमकल टोलीले लगातार नियन्त्रण प्रयास गरिरहेको विराटनगर महानगरपालिकाले जनाएको छ।घटनास्थलमा महानगरका दमकल, प्रहरी र सुरक्षाकर्मी तैनाथ छन्। अहिलेसम्म क्षतिको विस्तृत विवरण खुल्न बाँकी छ भने आगो नियन्त्रणमा आउन केही समय लाग्ने अनुमान गरिएको छ।
काठमाडौं— कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी भीमदत्त नगरपलिका–१४ का ४५ वर्षीया धाना विष्टको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।हात्ती बस्तीमा पसेर विष्टको घर भत्काउने क्रममा ज्यान जोगाउन भाग्दै गरेको अवस्थामा उनलाई हात्तीले गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।जङ्गली हात्ती गाउँ पसेर स्थानीयको घर भत्काउन लागेको खबरपछ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.