जुम्ला— जुम्लाको कनकासुन्दरी–३ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । पछिल्लो समय सरकारले संचालन गरेको अभियान अन्तर्गत बालविवाह मुक्त घोषणा गरिएको हो ।हालै ‘बिहेवारी २० वर्षपारि, हामी सबैको ऐक्यबद्धता, बालविवाहमुक्त कनकासुन्दरी’ भन्ने नाराका साथ तामझाम र नाचगान, देउडा, सडक नाटकबाट थप बालविवाह सम्बन्धि जनचेतना जगाउँदै बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।कनका सुन्दरी गाँउपालिकामा बिगतका बर्षहरुमा सानै उम्मेरमा बालबिवाह गर्ने, सानै उमेरमा बच्चा जन्माउने, बच्चा र आमाको स्वास्थ्यमा देखिदै आएको थियो । त्यस्तै सम्बन्ध विच्छेदका घट्नाहरु हुने गरेको थियो ।सन् २०२२मा आफु जनप्रतिनिधी भएर आएपछि समाजमा रहे
क्वालालम्पुर— मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ ।आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।उपाधिसँगै एन पेनाङ एफसीले ट्रफीसहित २२ हजार मलेसियन रिंगिट नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको न्यु ब्राइज क्लबले ११ हजार मलेसियन रिंगिटमा चित्त बुझाएको आयोजकले जनाएको छ ।प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सुरेश खत्री सर्वश्रेष्ठ खेलाडी (एमभीपी) तथा सर्वाधिक गोलकर्ता घोषित भए । उनको प्रदर्शनले टोलीलाई उपाधि जिताउन म
काठमाडौं— प्रहरीले लागूऔषध सहित चार जना पक्राउ गरेको छ ।कैलालीको टीकापुर नगरपालिका-९ सुनफाँटाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ राजीपुर बस्ने २३ वर्षीय चन्द्र नेपाली र २४ वर्षीय सुरेश नेपाली रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङको रंगेली नगरपालिका४ चोप्राहबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालि
काठमाडौं— नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ ।पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले नयाँ क्रियाशील सदस्यता आवेदन फारम भर्न सकिने गरी खुला गरेको हो ।बैठकले स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकलाई अनलाइनमार्फत नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्ने व्यवस्था सुरु गर्ने निणय गरेको हो ।बैठकले नेपालको संविधान, पार्टी विधान, नियमावली तथा अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित योग्य नेपाली नागरिकलाई सदस्यता आवेदन दिन आह्वान समेत गरेको छ ।
इलाम । इलामको माङसेबुङ गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित बेसारको व्यावसायिक बजारीकरणका लागि आफ्नै ब्रान्डसहित बेसार प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले रैथाने उत्पादनलाई बजारसँग जोड्न ‘माङसेबुङको बेसार’ नामक ब्रान्ड घोषणा गरेको हो ।माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखीमा स्थापना गरिएको उक्त प्रशोधन केन्द्रको गाउँपालिका अध्यक्ष हेमन्त राईले एक समारोहका बीच उद्घाटन गरे । स्थानीय महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँगको लागत साझेदारी र सहकार्यमा यो केन्द्र स्थापना गरिएको हो ।लागत साझेदारी र प्रवद्र्धन गाउँपालिकाको ‘बेसार प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत कुल ९ लाख ६४ हजार रुप
काठमाडौं— काठमाडौं महानगरपालिकाको सहकारी विभागमा बचत रकम फिर्ता गरिदिन माग गर्दै ६ हजारभन्दा बढी बचतकर्ताले उजुरी दिएका छन्। विभागका अनुसार हालसम्म प्राप्त उजुरीका आधारमा ६ हजार ३०० बचतकर्ताले कुल रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार फिर्ता माग गरेका छन्।सहकारी विभाग प्रमुख धुव्रकुमार काफ्लेका अनुसार वैशाख १७ गतेदेखि हालसम्म उजुरीको संख्या उल्लेखनीय रूपमा बढेको छ। उजुरी दिने अधिकांश बचतकर्ताको रकम रु एक लाखदेखि पाँच लाखसम्म रहेको बताइएको छ।उनले दैनिक रूपमा ५०० देखि एक हजार रुपैयाँसम्म बचत गर्ने साना बचतकर्ताहरूको संख्या धेरै रहेको जानकारी दिए। विभागको तथ्यांकअनुसार उजुरी दिनेहरूमध्ये करिब ७८ प्र
काठमाडौं— कृष्णबहादुर महरा विरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइराला सम्मिलित इजलासले थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो।विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित केही भन्सार अधिकृतविरुद्ध ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।उक्त प्रकरणमा संलग्नताको विषयमा अनुसन्धानपछि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। मुद्दाको थप सुनुवाइ अदालतमा
काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा कटुवाललाई मनोनीत गरिएको छ । कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई अध्यक्षमा मनोनीत गरेका हुन् । महाधिवेशन गर्न नसकेका भ्रातृ संगठनमा सभापति थापाले धमाधम नयाँ मनोनीत गरिरहेका छन् । यसअघि तरुण दलको अध्यक्षमा मनीष कोइरालालाई मनोनीत गरिएको थियो ।
दमक— झापाको शिवसताक्षी नगरपालिका–४ फूलचोकस्थित झापा इनर्जी प्लान्टमा सोमबार दिउँसो आगलागी हुँदा करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दिउँसो करिब २ बजे प्लान्टमा अचानक आगो लागेको सूचना प्राप्त भएको थियो। आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र त्यसबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख बसुन्धरा खड्काले जानकारी दिए।आगलागीका कारण प्लान्टभित्र रहेका विभिन्न मेसिन, उपकरण तथा अन्य सामग्री जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको प्रहरीले जनाएको छ।शिवसताक्षी नगरपालिका र कमल ग
ललितपुर। बहुचर्चित ठगी प्रकरणमा पक्राउ परेकी ‘टिकटकर तुलसा कलेक्सन’ भनेर चिनिने तुल्सी अधिकारीको थुनछेक बहस सोमबार नसकिएपछि उनलाई पुनः प्रहरी हिरासतमा राखिएको छ।जिल्ला अदालत ललितपुरमा सम्पत्ति शुद्धीकरण, ठगी तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा उपस्थित गराइएकी अधिकारीमाथिको बहस पूरा हुन नसकेपछि अदालतले मंगलबार पुनः उपस्थित गराउने गरी हिरासतमा राख्न अनुमति दिएको हो। तुल्सी अधिकारीविरुद्ध सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालकले ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै जाहेरी दिएका थिए। उजुरीपछि उनी फरार भएकी थिइन्। नेपालबाट बाहिरिएर चीन हुँदै थाइल्या
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.