समाज

    Showing 1,581-1,590 of 6,600 items.
  • भीमफेदीमा १४ वर्षीया किशोरी भीरबाट खसेर घाइते, प्रहरीले गर्यो सफल उद्धार

    मकवानपुर— मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल नजिक खहरे खोलाको भीरबाट खसेकी एक १४ वर्षीया किशोरीको प्रहरी टोलीले उद्धार गरेको छ । मिति २०८२ मंसिर ८ गते साँझ छबेलीकी रजना स्याङ्तान करिब ५० मिटर तल खसेर खोल्सामा अड्किएपछि प्रहरी परिचालन गरिएको हो ।उक्त दिन रजना स्याङ्तान घरबाट ‘छबेली बजार जान्छु’ भनी एक्लै हिँडेकी थिइन् । केही समयमै उनी अचानक भीरबाट तल खसेर बिच खोल्सामा अड्किएको स्थानीयबाट सूचना आएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो ।प्रहरीले जोखिमपूर्ण स्थानबाट सावधानीपूर्वक उद्धार गरी रजनालाई भीमफेदी स्वास्थ्य चौकीमा प्राथमिक उपचारका लागि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 366 पटक पढिएको
  • रामेछापमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

    रामेछाप— रामेछापमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम औपचारिक रूपमा आजबाट प्रारम्भ भएको छ । जिल्ला सदरमुकाम मन्थलीमा मन्थली नगरपालिकाको आयोजनामा मङ्गलवार बिहान प्रभात फेरी गरी अभियान सुरु भएको हो । मन्थलीको मदन भण्डारी चोकबाट सुरु भएको ¥याली मन्थली बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले लैङ्गिक हिंसा विरुद्धको अभियान १६ दिन होइन ३ सय ६५ दिन नै आवश्यक रहेको बताए । उनले यस्ता विषय कानुनमा लेखेर मात्र नहुने बताउँदै व्यवहारि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 369 पटक पढिएको
  • शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

    काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानिय सरकारहरुलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षामन्त्रालयले बाल कक्षा शिक्षक, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारीको लागि तलब संघीय अनुदानबाट पठाई सकेको भन्दै बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक रकममा नघट्ने गरि स्थानीय सरकारले थप्नु पर्ने बताए  । उनले लेखेका छन्, ‘शिक्षामन्त्रालयले बाल कक्षा शिक्षकको लागि रु.१२०००, विद्यालय सहयोगीको लागि रु.१०,००० र विद्यालय सहायक कर्मचारीको लागि रू. १५००० तलब संघी

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 388 पटक पढिएको
  • आज हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दै

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार हुने खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दैछन् । खेल मंगलबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ ।काठमाण्डु करण केसीको कप्तानीको टिम हो भने लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो ।तीन खेल खेलिसकेको काठमाण्डु र दुई खेल मात्र खेलेको लुम्बिनीको समान दुईदुई अंक छ । काठमाण्डु पछिल्ला दुई खेलमा लगातार पराजित छ । काठमाण्डुले उद्घाटन खेलमा जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 369 पटक पढिएको
  • रोमानियाको सडकमा अस्ताए सर्लाहीका २५ वर्षीय सलिन

    सर्लाही— युरोपको रोमानिया कार्यअवसरका लागि पुगेका सर्लाहीका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका – ६, निवासी सलिन करीब १० महिनाअघि रोजगारका लागि त्यहाँको बुखारेस्ट पुगेका थिए र त्यहाँको पान फास्टफुडमा कार्यरत थिए ।शुक्रबार साँझ राजधानी बुखारेस्टको काला जिउलेस्ती सडक पार गर्ने क्रममा विपरीत दिशाबाट अत्यधिक वेगमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको बताईएको छ । प्रहरी प्रशासनलाई उद्धृत गर्दै उनले सो कार १८ वर्षीय रोमानियन युवकले चलाएको बताए ।हाल सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ । आवश्यक कानुनी प्रक्रि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 377 पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै

    काठमाडौं— आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । हरेक वर्ष २५ नोभेम्बरको दिनलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको रुपमा मनाइने गरिएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे अनुरुप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने हो । यस वर्ष महिला हिंसा अन्त्य दिवसको ४७ औँ श्रृखला हो ।नेपालमा पनि २०५४ सालदेखि लैंगिक हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो । यस दिवसलाई नेपालमा पनि सोह्रदिने अभियानको रूपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउन

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 380 पटक पढिएको
  • २५–२५ मिटर सडक विस्तार विवादले हेटौंडा–८ र ९ का स्थानीय त्रसित

    हेटौंडा— हेटौंडा उपमहानगरपालिका–८ र ९ मा प्रस्तावित २५–२५ मिटर सडक विस्तारका तयारीले स्थानीय बासिन्दा त्रसित बनेका छन् । आवश्यक छलफल, प्राविधिक अध्ययन तथा वैधानिक प्रक्रिया बिना नै सडक विस्तार अघि बढाउन खोजिएको भन्दै प्रभावित घरधनीहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।स्थानीयवासीहरूको भनाइअनुसार दशकौँदेखि राजस्व तिरेर वैधानिक रूपमा बसोबास गर्दै आएका घरधनीहरूलाई अचानक ‘अतिक्रमणकारी’ को रूपमा चित्रण गर्दै क्षतिपूर्तिविना घर–जग्गा हटाउन चेतावनी दिइनु अन्यायपूर्ण प्रयास हो। उनीहरूले यो प्रक्रिया सडक ऐन २०२१ तथा जग्गा प्राप्ति ऐन २०३४ विपरीत भइरहेको दाबी गरेका छन् ।यसै विषयमा बसोवास सरोकार उपसमिति हेट

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 364 पटक पढिएको
  • आज विवाह पञ्चमी, मधेश प्रदेशमा सार्वजनिक बिदा

    रौतहट— मधेश प्रदेश सरकारले विवाह पञ्चमी अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै राजपत्रमा प्रकाशित बमोजिम  सार्वजनिक बिदा उल्लेख गरेको छ  । विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको र नागरिक तथा कार्यालयहरूलाई आवश्यक जानकारीका लागि सूचनाको प्रकाशन गरिएको मन्त्रालयका शाखा अधिकृत राधेशंकर प्रसाद पालद्वारा जारी पत्रमा  उल्लेख छ ।प्रदेश राजपत्र (चैत २२, २०८१) मा उल्लेख भएको बिदा व्यवस्थाअनुसार मङ्गलवार सार्वजनिक बिदा लागु हुने  उनले जानकारी दिए । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्च

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 383 पटक पढिएको
  • सूदुरका जिल्लामा ४६ हजार नयाँ मतदाताः सबैभन्दा कम बाजुरामा

    बाजुरा— सूदुरपश्चिम प्रदेशका ९ जिल्लामा ४६ हजार नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ९ वटै जिल्लाका निर्वाचन कार्यालयमा  मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिईएको थियो ।निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र  सूदुरका जिल्लामा ४६ हजार २० मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार,२९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र बाँकी १६ हजार ५८१ जनाले सम्बन्धीत निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको जानकारी दिए । नयाँ थपिएका मतदाता

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 360 पटक पढिएको
  • श्रोत नखुलेको १५ लाख रकम सहित पटेल पक्राउ

    रौतहट— पर्साको पकाहामैनपुरबाट श्रोत नखुलेको १५ लाख रकम  सहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ । पकाहामैनपुर गाउँपालिका वडा नं.१ मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले  जाँचगर्ने क्रममा रकम सहित पक्राउ गरेको हो । पकाहामैनपुर गाउँपालिका वडा नं.१ धोरे बस्ने ३४ वर्षीय अवधेश पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसारब बिआर२२ एफ४१२६ नम्बरको मोटरसाइकलको लेग गार्डमा पंकज मशाला लेखिएको झोलाभित्र कालो प्लाष्टिकमा बेरिएको अवस्थामा रकम बरामद भएको हो ।मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लि

    • प्रकाशित मितिः मंसिर ९, २०८२
    • 85 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा