समाज

    Showing १५१-१६० of ११,१६२ items.
  • काठमाडौं महानगरले ४ वटा एम्बुलेन्स नुवाकोट पठायो

    काठमाडौं / बुधबार विहान भोटेकोशी नदीमा आएको ठूलो आकस्मिक बाढीले रसुवाको टिमुरे तथा स्याफ्रुबेंसी लगायत रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका क्षेत्रहरुमा जनधनको ठूलो क्षति भएको अवस्था व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा महानगर विपद् व्यवस्थापन समितिको बैठक बसेर आफ्नो भूमिकाको तयारीका विषयमा छलफल गरेको छ । बैठकले प्रतिकार्य सञ्चालन गर्ने, समन्वय र सहजीकरणका लागि समितिका सदस्यसचिव एवम् विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई तोक्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका ४ वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाइए

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २२३ पटक पढिएको
  • सूचना थियो, तयारी भएन—सुरक्षा अंगकै ७९ बेपत्ता

    काठमाडौं / रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि राज्यको विपद् तयारीमाथि गम्भीर प्रश्न उठेको छ।  बाढीको जोखिमबारे पूर्वसूचना र तल्लो तटीय क्षेत्रमा उच्च सतर्कताको आग्रह भइरहेकै बेला उद्धार तथा सुरक्षामा खटिने सुरक्षाकर्मी नै ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। सरकारका अनुसार टिमुरे र मैलुङ क्षेत्रमा खटिएका ४४ नेपाली सेना, २६ नेपाल प्रहरी र ९ सशस्त्र प्रहरी गरी ७९ सुरक्षाकर्मी सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रबाट ९ जनाको शवसमेत फेला परेको छ।तर प्रश्न यहाँबाट सुरु हुन्छ—पूर्वसूचना थियो भने जोखिम क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सुरक्षित राख्ने पूर्वतयारी कहाँ थियो ? बाढी आउनुअघि नै जल

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ३०२ पटक पढिएको
  • बालेनलाई धम्की दिने झापाली पक्राउ

    काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा उनी निर्वाचित भएको झापा जिल्लाका २३ वर्षीय युवक पक्राउ परेका छन्। झापाको भद्रपुर घर भई कीर्तिपुरमा बस्दै आएका पुष्कर दाहाललाई सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई लक्षित गर्दै धम्कीपूर्ण स्टाटस लेखेको आरोपमा साइबर ब्युरोले पक्राउ गरेको हो। दाहालले फेसबुकमा अश्लील शब्द प्रयोग गर्दै प्रधानमन्त्री शाहलाई लक्षित गरी ‘मार्दिन्छु’ भन्ने आशयको स्टाटस लेखेका थिए। उनले उक्त स्टाटसमा नेपाल प्रहरीलाई समेत मेन्सन गरेका थिए।प्रहरीका अनुसार दाहालमाथि विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धान अघि बढाइएको छ। घटनाले सामाजिक

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १९७ पटक पढिएको
  • त्रिशूलीमा बाढी: एक हजारभन्दा बढी बेपत्ता

    काठमाडौं / रसुवाको भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै नुवाकोटको त्रिशूली बजारमा पसेपछि एक हजारभन्दा बढी मानिस सम्पर्कविहीन भएका छन्। बाढीले करिब २ सय घर बगाएको प्रारम्भिक विवरण आए पनि मृतक र घाइतेको यकिन संख्या भने अझै संकलन हुन सकेको छैन। प्रहरी स्रोतका अनुसार बाढीबाट भएको मानवीय क्षतिको प्रारम्भिक अनुमान आए पनि प्रभावित क्षेत्रमा सम्पर्क तथा आवागमन अवरुद्ध भएकाले वास्तविक विवरण पत्ता लगाउन कठिन भइरहेको छ।बाढीले घरबस्ती बगाएपछि ठूलो संख्यामा स्थानीय विस्थापित भएका छन्। सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय परिचालन भए पनि प्रभावित क्षेत्रको पूर्ण अवस्था अझै

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ३३१ पटक पढिएको
  • भोटेकोशी बाढीपछि संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो

    काठमाडौं / प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबारको प्रतिनिधिसभा बैठकको सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिएका छन् ।बुधबारको बैठकमा सभामुख अर्यालले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन आवश्यक समन्वय तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराए । विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन हुनुपर्ने बताए ।उनले सभामुख अर्यालले उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग र समन्वय गर्न निजी क्षेत्

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १७६ पटक पढिएको
  • हेलिकोप्टर र ड्रोनमार्फत खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरणको आग्रह

    काठमाडौँ / रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लामा खोज तथा उद्धारका लागि हेलिकोप्टर तथा ड्रोन सञ्चालन गर्ने संघसंस्थालाई सम्बन्धित निकायसँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको छ। प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघसंस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उद्धारमा जुट्न आग्रह गरेको हो।बाढीका कारण

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १९७ पटक पढिएको
  • रिगलको दादागिरीले जेलभित्रै कैदी असुरक्षित भए: पीडित

    काठमाडौं / बाँके कारगारभित्रै योगराज ढकाल‘रिगल’बाट आफ्नो छोरा असुरक्षित भएको पीडित सुरज कशौधन बनियाँकी आमा राजकुमारी बनियाँले आरोप लगाएकी छन् । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी कारागारभित्र रिगलले साम्राज्य खडा गरेर सबै कैदि–बन्दीहरुलाई दुःख दिनेगरेकोसमेत परिवारले जानकारी दिएको छ ।आमा राजकुमारीले १२ वर्षदेखि जेल जीवन बिताईरहेका आफ्नो छोरा सुरजलाई रिगलले १ वर्षदेखि लगातार यातना दिदै आएको र पछिल्लो समयमा मार्ने धम्किसमेत दिएको गुनासो गरेकी छन् । “कारगारभित्रै बन्दीहरु असुरक्षित छन्, मेरो छोराले रिगलको भनेको मानेन भनेर यातना दिन मिल्छ, एकजना कैदीले अर्को कैदीलाई अन्

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २२२ पटक पढिएको
  • बाढी प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख पठाउँदै सरकार

    काठमाडौं / बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ पठाउने भएको छ ।बुधबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। धर्मराज उप्रेतीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उक्त रकम तत्काल पठाउन लागिएको जानकारी दिए ।डा. उप्रेतीका अनुसार विपद्को अवस्थाप्रति सरकार अत्यन्त संवेदनशील रहेको र मन्त्रिपरिषद् ९क्याबिनेट० बैठकबाट थप आवश्यक निर्णयहरू लिइएको बताए

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २११ पटक पढिएको
  • ताल पूरै खुलेन: अझै नेपालमा बाढीको त्रास

    काठमाडौं / पहाडबाट खसेको पहिरोले नदी थुन्यो, नदी थुनिएपछि बनेको पानीको दबाबले बाटो खोज्यो र त्यसको परिणाम नेपालमा देखियो—अकल्पनीय बाढीका रूपमा।तर प्रश्न अब बाढी आयो कि आएन भन्ने होइन। प्रश्न हो—खतरा टरिसक्यो त ?प्रारम्भिक वैज्ञानिक मूल्याङ्कनअनुसार चीनतर्फको घटनासँग जोडिएको ल्हेन्दे नदीमा बनेको प्राकृतिक अवरोध अझै पूर्ण रूपमा खुलेको छैन। त्यहाँ पानीको ठूलो मात्रा बाँकी रहेकाले अर्को चरणमा पानी एक्कासि निकास भए नेपालतर्फ फेरि बाढीको लहर आउन सक्ने जोखिम औँल्याइएको छ। नेपाल र चीनका वैज्ञानिकबीच भएको प्रारम्भिक छलफलअनुसार बाढीको कारणका रूपमा हिमपहिरोले ल्हेन्दे नदी थुनिनुलाई हेरिएको छ। प्रारम

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २६८ पटक पढिएको
  • रसुवा बाढी अपडेट: २० कर्मचारी अझै सम्पर्कविहीन

    काठमाडौं / तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवाको टिमुरेस्थित भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। बाढीका कारण कार्यालय भवन, भौतिक संरचना तथा आसपासका पूर्वाधारमा ठूलो क्षति पुगेको भन्सार विभागले जनाएको छ।भन्सार विभागका महानिर्देशक यमलाल भूसालका अनुसार कार्यालयमा कार्यरत ३७ कर्मचारीमध्ये हालसम्म १७ जनासँग मात्र सम्पर्क हुन सकेको छ भने बाँकी २० जना अझै सम्पर्कविहीन छन्। उनीहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास जारी रहेको र उपलब्ध माध्यमबाट अवस्थाबारे जानकारी संकलन भइरहेको उनले बताए।भूसालका अनुसार अहिलेको प्रमुख प्राथमिकता सम्पर्कविहीन कर्मचारीहरूको खोजी, उनीहरूको सुरक्षाको सुनिश्च

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २२९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.