समाज

    Showing 2,731-2,740 of 11,025 items.
  • १३ वर्षपछिको प्रतीक्षा अन्त्य: वीरगन्जको ‘लाइफलाइन’ मानिने मुख्य सडक विस्तार सुरु

    रौतहट— मुलुककै प्रमुख व्यापारिक नाका वीरगन्जको मुहार फेर्ने लक्ष्यका साथ लामो समयदेखि प्रतीक्षित मुख्य सडक (मेनरोड) विस्तारको कार्य आइतबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ। त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरी पुलसम्मको खण्डलाई सडकको मध्यभागबाट दायाँ–बायाँ २५/२५ मिटर कायम गर्ने गरी सडक डिभिजन कार्यालय हेटौँडाले डोजर चलाउन थालेको हो।विगत १३ वर्षदेखि विभिन्न कानुनी झमेलाका कारण यो आयोजना अलपत्र परेको थियो। २०६९ सालमै विस्तारको योजना अघि सारिए पनि स्थानीय घरधनीहरूको विरोध र अदालतमा दायर मुद्दाहरूका कारण काम अघि बढ्न सकेको थिएन। सडक विस्तार गर्दा आफ्ना संरचना भत्किने भन्दै करिब १

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 434 पटक पढिएको
  • भैँसेमा ट्राफिक हवलदार रोशननाथमाथि गम्भीर आरोपः दादागिरी, अवैध असुली र धम्कीको गुनासो

    हेटौँडा— मकवानपुरको भैँसे क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवलदार रोशननाथ माथि स्थानीयवासीले दादागिरी शैलीमा काम गरेको, अवैध रूपमा रकम असुल्ने र धम्की दिने गरेको गम्भीर आरोप लगाएका छन्। लामो समयदेखि सो क्षेत्रमा खटिँदै आएका उनीमाथि विगतदेखि नै यस्तै व्यवहार दोहोरिएको दाबीसमेत गरिएको छ ।स्थानीयका अनुसार सवारी जाँचको नाममा अनावश्यक रूपमा गाडी रोक्ने, चालकहरूलाई दुःख दिने र त्रास सिर्जना गर्ने कार्य नियमितजस्तै भएको छ । अटो, एम्बुलेन्स तथा ईभी सवारीसँग मासिक रूपमा रकम माग गर्ने र ठुलो रकम जरिवाना तोकेर रसिद नदिने गरिएको आरोप पनि उठाइएको छ । यद्यपि, यी आरोपहरू आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी छ

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 452 पटक पढिएको
  • रास्वपा सचिवालयको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले पार्टी सचिवालयको बैठक बोलाएको छ । पार्टीका सभापति रवि लामिछानेले बैठक आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बोलाएका हुन् । बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनको विषयमा छलफल हुने छ ।यस्तै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत सम्बन्धमा, विज्ञहरू, योजनाका लगायत विविध विषयमा छलफल हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 477 पटक पढिएको
  • सर्लाहीको धन कौलमा एम्बुलेन्स सेवाप्रति स्थानीयको असन्तुष्टि, चालकमाथि मनोमानीको आरोप

    सर्लाही— सर्लाहीको धनकौल गाउँपालिकामा निःशुल्क सञ्चालित एम्बुलेन्स सेवाप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् । आवश्यक परेको समयमा एम्बुलेन्स उपलब्ध नभएको र सेवामा लापरबाही भएको भन्दै सेवाग्राहीले गुनासो गरेका हुन् ।मधेस प्रदेश ०७–००१ झा ०००५ नम्बरको एम्बुलेन्सका चालक जितेन साहमाथि मनोमानी गर्ने र गलत जानकारी दिने आरोप लागेको छ । केही दिनअघि एक स्थानीयले आफन्त बिरामी परेपछि एम्बुलेन्सका लागि चालक साहसँग सम्पर्क गरेका थिए । तर, उनले आफू एम्बुलेन्ससहित सदरमुकाम मलंगवा गएको जानकारी दिएका थिए ।तर ती स्थानीय बिरामीलाई लिएर धनकौल बजार पुगेपछि सोही समयमा एम्बुलेन्स गाउँपालिकाको कार्यालय अगाडि नै रहेको

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 462 पटक पढिएको
  • प्राचीन मूर्तिहरुमा पूर्खाको अद्वितीय सिप कुँदिएको हुन्छ, यसलाई बन्द सङ्ग्रहालयमा होइन, आफ्नै आसनमा राख्नुपर्छः सुनिता डंगोल

    काठमाडौं— विभिन्न समयमा चोरी भएर विदेशका सङ्ग्रहालयमा पुगेका प्राचीन मूर्ति फिर्ता गर्ने र सङ्ग्रहालयमा राखिएका मूर्तिलाई आफ्नै आसनमा फिर्ता गराउने कामलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकता साथ अगाडि बढाएको छ ।यसै क्रममा आज विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३ औँ शताब्दीको महागौरीरपार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं. २० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुन स्थापित गरिएको छ ।काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 493 पटक पढिएको
  • यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९० रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४९ पैसा र बि

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 468 पटक पढिएको
  • फराकिलो अन्तरले सातदोबाटोलाई हराउँदै प्लानिङ ब्वाइज इटहरी गोल्ड कपको फाइनलमा

    विराटनगर— प्लानिङ ब्वाइज काठमाडौं १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रंगशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत आज शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो यूथ क्लब ललितपुरलाई ६–१ फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।खेलको ५औँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी रोमन भुजेलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलाडी फागुराम थारुले २९औँ, ३३औँ, ६४औँ र ६८औँ मिनेटमा लगातार चार गोल गर्दै उत्कृष्ट प्रदर्शन

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 451 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणता बादल लागेको छ, मधेस र कोसीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोसी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणता बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको  सम

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • 483 पटक पढिएको
  • पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचनामाथि चल्यो महानगरको डोजर

    काठमाडौं— काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनाधीकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ । महानगरले शुक्रबार गौशाला,तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका अनाधीकृतमाथि डोजर लगाएको हो । सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए । उनले कोषबाट अनुरोध भए अनुसार नै अनाधीकृत संरचना हटाइएको उल्लेख गरे ।केहि समय अघि निर्वाचन र आचारसंहिताका कारण अनुगमनका साथै अनाधीकृत संरचना हटाउने कार्य राकिएकोमा अब भने तीव्रताका साथ काम अघि बढ्ने उनले बताए । महानगरभित्र कवाडी व्यवसाय गर्न नपाइने न

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 461 पटक पढिएको
  • ट्रायल पास भएपछि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र पाइने

    काठमाडौं— अबदेखि ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। बिक्रम तिमिल्सिनाले अबदेखि ट्रायल पास भएको २४ घण्टाभित्रै लाइसेन्स प्रिन्ट हुने जनाएका हुन् ।काभ्रेको पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्रमा पुगेर लाइसेन्स छपाईको अवस्थाबारे जानकारी लिँदै उनले यस्तो बताएका हुन् ।उनले ट्रायल पास गरेको वर्षौंसम्म पनि लाइसेन्स नपाउने अवस्थाको अन्त्य भएको र अब ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स प्रिन्ट गरी हस्तान्तरण गरिसक्ने व्यवस्था कार्यान्वयन भएको बताएका छन् । त्यस्तै, सञ्चारम

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 529 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.