समाज

    Showing 2,731-2,740 of 6,642 items.
  • गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार

    उदयपुर— बेलका नगरपालिका–४ स्थित लाल बजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् ।गएराति १२ बजे मोरङको विराटनगरबाट काडमाडौं हिँडेको बा ४ ख १६२८ को हायस गाडी सिन्धुलीको भिमानबाट पुनः फर्कने क्रममा उदयपुरको बेलकास्थित लालबजार नजिकैको अमन खोलाको कजवेमा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गाडीमा सवार २२ जनामध्ये इलाका प्रहरी कार्यालय बेलका र जिल्ला प्रहरी कार्यालयको टोलीले २१ जनाको उद्धार गरेको थियो भने एकजना बेपता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए।बाढीले बगाएको एक जनालाई खोजी

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 386 पटक पढिएको
  • साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग

     काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाएपछि दुईतर्फी सवारी सञ्ंचालन भएको छ ।सडक विभागले दिएको जानकारी अनुसार आइतबार बिहान वर्षा रोकिएसँगै पहिरो पन्छाइएको हो ।विभागका प्रवक्ता प्रभात कुमार झाले पहिरो पन्छाएर सवारी आवत्जावत सहज बनाइएको बताए । उनका अनुसार राजमार्ग खुलपछि यस सड्कमा अवरुद्ध भएका सवारी चल्न थालेका छन् ।यस्तै, पृथ्वी राजमार्ग अन्र्तगत मलेखु–मुग्लिन सड्क खण्ड पनि अहिले विहान साढे ११ बजेदेखि सञ्चालनमा आएको विभागले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 86 पटक पढिएको
  • सुनको मूल्य तोलाको २ लाख ३० हजार नाघ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल मूल्य प्रतितोला ७ हजार ४ सयले बढेर २ लाख ३० हजार ६ सयमा कारोबार भइरहेको छ । यस अघि असोज १२ गते सुन मूल्य प्रतितोला २ लाख २३ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।त्यस्तै, आज चाँदीको मूल्यमा पनि नयाँ कीर्तिमासुन १२० रुपैयाँले बढी हो । गत आइतबार चाँदी तोलाको २ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 449 पटक पढिएको
  • लाङटाङ पदयात्रामा गएका ४ जना बेपत्ता

     रसुवा— रसुवाको लाङटाङमा पदयात्राका लागि गएका भक्तपुरका चार जना बेपत्ता भएका छन् । भक्तपुरबाट शुक्रवार १६ जनाको टोली पदयात्राका लागि लाङटाङ पुगेको थियो।गोसाइँकुण्ड गाउँपालिका–४ बेरिङ खोल्छामा आएको पानीले बगाउँदा १६ जनामध्ये चार जना बेपत्ता भएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।उनका अनुसार बेपत्ता हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ का २५ वर्षीया संस्कृति श्रेष्ठ, २५ वर्षीय किसन श्रेष्ठ, २५ वर्षीया सङ्गीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवी श्रेष्ठ छन्।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 420 पटक पढिएको
  • मेची राजमार्ग ठप्प, पुल बगाएपछि कोरिडोर अस्तव्यस्त

    विराटनगर । लगातारको वर्षाले मेची राजमार्ग र कोरिडोर पूर्ण रूपमा ठप्प भएका छन् । पाँचथर खण्डमा मात्रै दुई दर्जनभन्दा बढी ठाउँमा ठूला–ठूला पहिरो खसेका छन् ।फाल्गुनन्द–३ रमाइलोचोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्क क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।इलाम खण्डमा माइखोला, राजदुवाली र बिव्ल्याटे क्षेत्रमा पनि दर्जनौँ ठाउँमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको छ ।माइखोलामा आएको बाढीले बेलिब्रिज क्षति पु¥याएको छ भने मेची कोरिडोर अन्तर्गतका माई खोला, पुवा खोला र जोगमाईका तीनवटा पक्की पुल बाढीले बगाएको इलाम प्रहरीले जनाएको छ। यी पुल बगाएपछि यस क्षेत्रमा सम्पूर्ण आवतजावत ठप्प भ

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 132 पटक पढिएको
  • निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित

    वीरगन्ज । हिजो (शुक्रबार) रातिदेखि निरन्तर परिरहेको अविरल वर्षाका कारण वीरगन्ज सहर पोखरीमा परिणत भएको छ। प्रमुख सहरी क्षेत्रदेखि ग्रामीण भेगसम्म बाढी र डुबानको असर देखिएको छ।वीरगन्जको गोशवारा रोड, माईस्थान, आदर्शनगर लगायतका स्थानहरूमा नालाबाट पानीको निकास नहुँदा सडकहरूमा घुँडासम्म पानी जमेको छ। स्थानीयवासीका अनुसार घर, पसल र होटलहरूमा समेत पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरीबहादुर बस्नेतका अनुसार, वीरगन्ज बसपार्कस्थित प्रहरी चौकी, माईतीनेपालको बिट कार्यालय र शिर्सियास्थित मानव सेवा आश्रममा पानी प्रवेश गरेपछि त्यहाँ रहेका सबैलाई सुरक्षित स्थानमा सार

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 154 पटक पढिएको
  • बाँकेमा डुबेर एक जनाको मृत्यु

    बाँके— जिल्लाको खजुरा गाउँपालिका–४ मा एक व्यक्ति तलाउमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ५१ वर्षीय पोमबहादुर थापा रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार थापा शनिबार दिउँसो मदिरा सेवनपछि खजुरा गाउँपालिका कार्यालय पछाडि रहेको बाबाकुटी तलाउमा पसेका थिए। पौडी खेलेर तलाउ पार गर्न खोज्दा उनी बीचमै डुबेर बेपत्ता भएको स्थानीयले देखेका थिए।घटना भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी निरीक्षक पूर्णबहादुर केसीको नेतृत्वमा ७ सदस्यीय टोली खोजीमा खटिएको थियो। तर शनिबार साँझसम्म फेला नपरेपछि टोली फर्किएको थियो।आइतबार बिहान थापाको शव पानीमा तैरिरहेको अवस्थामा देखिएपछि प्रहरीले निकालेर भ

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 469 पटक पढिएको
  • अविरल वर्षासंगै परेको चट्याङले तीन जनाको मृत्यु, प्रहरी कार्यालयको उपकरणमा समेत क्षति

    रौतहट— शनिबार साँझको आकस्मिक मौसम परिवर्तनले रौतहट जिल्लामा दुःखद क्षति पुर्‍याएको छ। हावाहुरीसहितको अविरल वर्षाका बीच परेको चट्याङले तीन जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीको सेवा सञ्चालनमा प्रयोग हुने उपकरणसमेत क्षति पुर्याएको छ।साँझ करिब ६ बजे चट्याङ लागेर कटहरिया नगरपालिका–२ हंथियाहि गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए ।  दुवै किशोर घर बाहिर सामान्य रूपमा घुमिरहेका बेला चट्याङ लागेको कार्कीको भनाइ छ ।यसैगरी, ईशनाथ नगरपालिका–८ मनसरी गाउँका ४५ वर्षीय शेख जमरुन (ननक) पनि आफ्नै घरको

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 460 पटक पढिएको
  • सप्तकोशीमा पानीको बहाव उच्च भएपछि ५० ढोका खोलियो

    राजविराज— पछिल्ला दिनहरूमा परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेको छ। आइतबार बिहान ८ बजेको मापन अनुसार नदीमा पानीको बहाव ३ लाख ३५ हजार ३ सय ६९ क्यूसेक पुगेको छ, जुन सामान्य भन्दा तीन गुणा बढी हो।शनिबार साँझदेखि निरन्तर बढिरहेको बहावले जोखिमको संकेत दिँदै शनिबार रातिदेखि नै सप्तकोशी ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको छ। नियमअनुसार नदीमा बहाव १ लाख ५० हजार क्यूसेक नाघेपछि रातो संकेत दिइने गरिन्छ।सप्तकोशी ब्यारेजका ५६ ढोकामध्ये ५० वटा ढोका अहिले खोलिएका छन्। प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार अझै पनि बहाव बढ्ने सम्भावना छ। यद्यपि, उनले तत्काल पुल आवतजावतमा रो

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 462 पटक पढिएको
  • अवरुद्ध बन्दै आएको मुग्लिङ–नारायणगढ सडक दुईतर्फी खुल्यो

     काठमाडौं— पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ–नारायणगढ सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । तुइन खोलाको पहिरो हटाइएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको हो ।अझैपनि ठाउँ ठाउँमा ससाना पहिरो र ढुङ्गा खस्नेक्रम भने रोकिएको छैन । त्यसैले यात्रामा सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 165 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा