समाज

    Showing 311-320 of 11,005 items.
  • गोलबजारमा आज कफ्र्यु खुकुलो

    सिरहा / जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कफ्र्यु आदेश आज बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो गरेको छ।प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको विश्लेषणपछि आइतबार बिहान १०ः०० बजेदेखि राति ७ः०० बजेसम्म कफ्र्यु खुकुलो पारिएको हो। प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कफ्र्यु थप खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने सम्बन्धमा पुनः सूचना जारी गरिने जनाएको छ।कफ्र्यु खुकुलो गरिएको अवधिमा गोलबजार क्षेत्र हुँदै सञ्चालन हुने लामो दूरीका सवारीसाधनलाई आवश्यक सहजीकरण गरिने पनि सूचनामा उल्लेख छ। यस्तै, कफ्र्यु खुकु

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 135 पटक पढिएको
  • प्रकाश मानव अधिकार पुरस्कार–२०८२ रुद्रबहादुर खड्कालाई

    काठमाडौं— शोषण, विभेद र सामाजिक अन्यायविरुद्ध दुई दशकभन्दा लामो समयदेखि अभियानमा सक्रिय सिन्धुलीका रुद्रबहादुर खड्का ‘प्रकाश मानव अधिकार पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव प्रकाश काफ्लेको ३४औँ स्मृति दिवसका अवसरमा प्रदान गरिएको ३२औँ प्रकाश मानव अधिकार पुरस्कार खड्कालाई प्रदान गरिएको हो। साउन १६ गते ललितपुरमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले खड्कालाई सम्मानपत्र, नगद ५० हजार रुपैयाँ र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिन्।पुरस्कार प्रदान गर्दै न्यायाधीश मल्लले राजनीतिक परिवर्तन भए पनि द्वन्द्वका क

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 434 पटक पढिएको
  • काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

    काठमाडौं / काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ।कार्यालयका अनुसार आइतबार बिहान ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न कसुरमा ७०२ सवारी कारबाहीमा परेका छन्। त्यस्तै, तीव्र गतिमा चलाएका १७८, सीसीटीभीमार्फत ८६, वन–वे उल्लंघन गरेका ९९, हर्नको दुरुपयोग गरेका ४२, रेड लाइट उल्लंघन गरेका ३९, मादक पदार्थ सेवन मापसे गरेका ३९, अवस्था ठीक नभएका ४१ र लेन मिच्ने ३१ सवारी साधनमाथि कारबाही गरिएको छ। ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ। साथै सव

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 120 पटक पढिएको
  • वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै

    पर्सा / वीरगञ्जमा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा आइतबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गतेदेखि दैनिक साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा अब आवश्यक नरहेको निष्कर्षसहित हटाइएको हो। पछिल्ला दिनमा जुलुस, प्रदर्शन तथा हुलदङ्गाका घटना घट्दै गएपछि प्रशासनले प्रतिबन्ध फुकुवा गरेको जनाएको छ। यसैबीच, सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेको छ।त्यससँगै आन्दोलनरत हिन्दू समाज तथा व

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 119 पटक पढिएको
  • संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे मागपत्र सहमती

    जनकपुर / हिन्दूवादी संगठनहरुको संयुक्त मोर्चा ’हिन्दू मोर्चा’ र नेपाल सरकारका गृहमन्त्री सुदन गुरुङबीच १३ बुँदे सहमती भएको छ।शनिबार जनकपुरधाममा बसेको दुई चरणको बैठकमा हिन्दू मोर्चा र सरकरबीच सहमती भएको छ । मोर्चाले दिगो शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आर्थिक सहअस्तित्व प्रवद्र्धनका लागि हिन्दू राष्ट्र गर्नेलगायतका माग राखेकोमा समय सीमा तोकी माग हरु पूरा गर्ने तय भएको छ । सुनसरी घटना पछि हिन्दूवादी संघ संस्थाहरुले धनुषामा पनि विरोध प्रदर्शन गर्दै आएको थियो । स्थिती साम्य गर्न गृहमन्त्रीसहितको टोली आज जनकपुरधाम आएर वार्ता बसेका थिए । सहमती भएसंगै मोर्चाले आन्दोलन तथा विरोधका सम्

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 142 पटक पढिएको
  • जनकपुरको विवाद समाधानमाका लागि तीन तहका सरकारबीच संवाद

    काठमाडौं / गृहमन्त्री सुधन गुरुङको सक्रिय पहलमा पछिल्ला केही दिनदेखि जनकपुरधाममा देखिएको दुई समुदायबीचको विवाद समाधानका लागि तीनै तहकासरकारका प्रतिनिधिबीच आइतबार महत्वपूर्ण छलफल भएको छ।जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मधेश प्रदेशका मुख्यमन्त्री, प्रदेशका गृहमन्त्री, अर्थमन्त्री, जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा गृहमन्त्री गुरुङको सहभागिता रहेको थियो। बैठकमा पछिल्ला दिनमा उत्पन्न धार्मिक विवाद, त्यसबाट सिर्जित परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव कायम गर्ने विषयमा गम्भीर छलफल भएको जनाइएको छ।छलफलका क्रममा हिन्दु सम्राटको प्रतिनिधि टोलीले आफ्ना मागहरू सरकारसमक्ष औपचार

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 96 पटक पढिएको
  • गोठाटारको काठ गोदाममा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

    काठमाडौं / काठमाडौं महानगरपालिका–३२ गोठाटारस्थित एक काठ गोदाममा शनिबार राति लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।शनिबार राति करिब साढे ९ बजे अचानक आगलागी भएपछि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाको सक्रिय प्रयासमा आगो नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी र दमकल घटनास्थलमा परिचालन गरिएको थियो।आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। साथै, आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 106 पटक पढिएको
  • गणेश यादवका परिवार र सरकारबीच सातबुँदे सहमति

    सिरहा— सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएको छ।शुक्रबार गृह मन्त्रालय र मृतकका अभिभावकबीच भएको सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।सहमतिपत्रमा साउन १४ गते गोलबजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ।त्यस्तै मृतकका परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर उपलब

    • प्रकाशित मितिः साउन १६, २०८३
    • 512 पटक पढिएको
  • सुनसरी घटनापछि जिम्मेवार पत्रकारिता अपनाउन प्रेस काउन्सिलको आग्रह

    काठमाडौं— प्रेस काउन्सिल नेपालले सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि देशका विभिन्न भागमा देखिएको तनावपूर्ण अवस्थालाई दृष्टिगत गर्दै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ।शुक्रबार जारी प्रेस विज्ञप्तिमा काउन्सिलले समाचार, तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्दा तथ्य, मानवीय संवेदनशीलता, धार्मिक तथा सामाजिक सद्भाव र सार्वजनिक हितलाई प्राथमिकतामा राख्नुपर्ने जनाएको छ। अपुष्ट, भ्रामक वा उत्तेजक सामग्रीले समाजमा हिंसा, त्रास, द्वेष र भ्रम फैलाउन सक्ने भएकाले त्यस्ता सामग्री प्रकाशन तथा प्रसारण

    • प्रकाशित मितिः साउन १६, २०८३
    • 629 पटक पढिएको
  • सिरहाका मृतक किशोरका परिवारलाई भेट्न गृहमन्त्री मध्यरातमै पुगे

    काठमाडौं— सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनापछि गृहमन्त्री सुधन गुरुङ मध्यरातमा शोकसन्तप्त परिवारलाई भेट्न पुगेका छन्।दिउँसै भ्रमण गर्ने कार्यतालिका रहे पनि गृहमन्त्री गुरुङ मध्यरातमा मृतक गणेश यादवको घर पुगेर परिवारजनसँग भेट गरेका हुन्।भेटका क्रममा उनले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गर्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएका छन्।

    • प्रकाशित मितिः साउन १६, २०८३
    • 548 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.