समाज

    Showing 3,191-3,200 of 6,649 items.
  • चोरी, लुटपाट भएका सामान फिर्ता गर्न भवन निर्माण विभागको अनुरोध

    काठमाडौं— शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले जेनजी आन्दोलनका क्रममा लुटपाट भएका सामान फिर्ता गर्न अनुरोध गरेको छ । विभागले सूचना निकाल्दै जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते बबरमहलस्थित भवन निर्माण विभागमा व्यापक लुटपाट भएकोले सामान फिर्ता गर्न अनुरोध गरेको हो ।भदौ २४ गते आन्दोलन तथा तोडफोडको क्रममा यस विभाग र परिसरमा रहेका सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टीभी, कुर्सी लगायतका सामग्रीहरू तथा कर्मचारीका निजी सवारी साधनसमेत विभाग परिसरबाट लुटपाट÷चोरी भएको विभागले जनाएको छ । ‘ती सामानको विषयमा कुनै जानकारी भएमा फोन गरेर जानकारी दिन वा नजिकको सुरक्षा

    • प्रकाशित मितिः भदौ ३०, २०८२
    • 611 पटक पढिएको
  • जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु

    जनकपुर ।  जिल्ला प्रशासन कार्यालय धनुषाले सेवा प्रवाह सुरु गरेका छ ।आइतबार (आज) बाट राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु सुरु भएको हो । राष्ट्रिय परिचय पत्र र राहदानी शाखामा अधिकत्तम क्षती भएकाले ती बाहेकका अन्य सेवाहरु आजबाट सुचारु भएको सहायक जिल्ला अधिकारी उमेश दाहालले जानकारी दिए । उनले नागरिकता, मुद्या, विपद् व्यवस्थापन, शान्ति सुरुक्षा, प्रशासन लगायतका सेवाहरु आजबाट पुनः सुचारु भएको बताए ।भदौ २४ गत्ते भएको जेनजी आन्दोलनको क्रममा केही खराब मनसायका व्यक्तिहरुले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी र लुटपाट गरेका थिए । केही व्यक्तिले करीब २०० वटा

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 204 पटक पढिएको
  • सुदन गुरुङको पत्रकार सम्मेलनमा विवाद, धकेलाधकेलपछि कार्यक्रम अवरुद्ध

    काठमाडौं— 'हामी नेपाल' नामक संस्थाका सञ्चालक र आफूलाई 'जेनजी समूह' को अगुवा दाबी गर्दै आएका सुदन गुरुङको आइतबार आयोजित पत्रकार सम्मेलन विवादमा परिणत भएको छ। रिपोर्टर्स क्लबमा आयोजना गरिएको कार्यक्रममा गुरुङले राष्ट्रपति कार्यालयमा भएको वार्ताको विवरण सार्वजनिक गरिरहेका थिए।कार्यक्रमको क्रममा गुरुङले सरकारप्रति कडा भाषा प्रयोग गर्दै, आफूहरूको माग पूरा नभए सरकार ढाल्ने चेतावनीसमेत दिए। यस्तै अभिव्यक्तिपछि पत्रकारहरूले प्रश्न उठाउन थालेपछि जिज्ञासाको उत्तर दिने क्रममा गुरुङ उत्तेजित हुँदै गए र केही पत्रकारप्रति धम्कीपूर्ण भाषा प्रयोग गरे।गुरुङको व्यवहारबाट असन्तुष्ट भएका पत्रकारहरू प्रतिवादमा उत्

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 514 पटक पढिएको
  • महान्यायाधिवक्ता बडालले राजीनामा दिए

    काठमाडौं— महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बडालले राजीनामा पेश गरेका हुन् ।हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 493 पटक पढिएको
  • अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण

    काठमाडौं— सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै बन्द भएको जानकारी गराएको हो ।जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी र लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।विभागको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचन

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 476 पटक पढिएको
  • चितवन कारागारबाट फरार ७४० मध्ये २३५ जना फर्किए

    चितवन— चितवन कारागारबाट फरार भएका कैदीबन्दीहरूमध्ये २३५ जना पुनः कारागारको सम्पर्कमा आएका छन्।गत बिहीबार परिवार तथा आफन्तमार्फत सम्पर्क गरिएपछि कैदीबन्दीहरू क्रमशः कारागार फर्किन थालेका हुन्। फरार भएका ७४० कैदीमध्ये २३५ जना अहिलेसम्म फर्किसकेका कारागार कार्यालय चितवनका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।४६ जना महिला कैदीमध्ये २७ जना भित्रिइसकेका छन् भने अन्य केही बाहिरी जिल्लाका कारागारहरूमार्फत सम्पर्कमा आएको जानकारी ढुङ्गानाले बताए। भैरहवा कारागारमा ४ जना र दमौली कारागारमा १ जना कैदी सम्पर्कमा आएका छन्। यस्तै, अन्य कारागारहरूबाट १४ जना कैदीबन्दी चितवन कारागारको सम्पर्कमा आइपुगेका

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 480 पटक पढिएको
  • वाणिज्य बैंक लुटपाटका बेला सडकमा भेटिएको ५ लाख १० हजार रुपैयाँ देउलाले प्रहरीलाई बुझाए

    काठमाडौं— जेनजी आन्दोलनको दोस्रो दिन भएको लुटपाटको क्रममा सडकमा भेटिएको ठूलो रकम एक सचेत नागरिकले प्रहरीको जिम्मा लगाएका छन्।ललितपुर महानगरपालिका–११ निवासी ३७ वर्षीय सुरेश देउलाले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा भएको लुटपाटपश्चात बाटोमा फालिएको अवस्थामा भेटिएको रकम प्रहरीमा बुझाएका हुन्। देउलाले ५०० रुपैयाँ दरका नयाँ नोटमा रहेको ५ लाख रुपैयाँ र थप १० हजार ५०० रुपैयाँ खुद्रा रकम जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको प्रहरी स्रोतले जानकारी दिएको छ।भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र लुटपाटका घटना भएका थिए

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 574 पटक पढिएको
  • ५ हजार किलो गाँजा फेला, दुई ट्रकमा लुकाएर राखिएको अवस्थामा बरामद

    इटहरी — सशस्त्र प्रहरी बलले आइतबार बिहान इटहरीमा दुई वटा ट्रकबाट करिब ५ हजार केजी गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा कोशी प्रदेशस्तरीय सशस्त्र प्रहरी टोलीले राति १ः३० बजे रोकी राखेको दुई ट्रकबाट १५८ बोरा गाँजा फेला पारेको हो।गाँजा बेवारिसे अवस्थामा एक पेट्रोल पम्पअगाडि पार्क गरिएका ट्रकभित्र लुकाइएको सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेले जानकारी दिए । ‘गाँजा कहाँबाट ल्याइएको र कसको हो भन्ने खुल्न सकेको छैन,’ उनले भने, ‘ट्रकका चालकहरू भने फरार छन्।’ना ४ ख २९०१ नम्बरको ट्रकबाट १२४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गाँजा फेला पारेको सशस्त्र प्रहरीको भनाइ छ । बरा

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 1,135 पटक पढिएको
  • जेनजी आन्दोलनमा मृतक संख्या बढ्दै, अहिलेसम्म ७२ को निधन

    काठमाडौं— यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन् मुख्य सचिव अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको हो। 

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 437 पटक पढिएको
  • एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ निष्कासन प्रक्रिया अस्थायी रूपमा स्थगित

    काठमाडौं—एसवाई प्यानल नेपाल लिमिटेडले पहिलो चरणको आईपीओ भदौ २९ बाट निष्कासन गर्ने योजना स्थगित गरेको छ । कम्पनीले हालको परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म आईपीओ निष्कासन रोकेको जनाएको छ ।पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने तयारी थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ३० करोड ८९ लाख रुपैयाँको ४० प्रतिशत बराबरको आईपीओ निष्कासन अनुमति दिएको थियो । आईपीओको अंकित मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको थियो ।

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 472 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा