काठमाडौं— विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनल अब लुम्बिनीमा विस्तार हुने भएको छ । रुपन्देहीको सियारीमा सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड र म्यारियट इन्टरनेशनलबीच व्यवस्थापन सम्झौता समेत भएको छ ।सम्झौतासँगै रिसोर्ट अब ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’को ब्रान्ड नाममा स्तरोन्नति भइ संचालन हुने सम्झौतापछिको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यका बाहिर म्यारियट इन्टरनेशनलको यो पहिलो उपस्थिति हो ।रिसोर्टमा अत्याधुनिक म्युजिकल फाउन्टेन (सङ्गीतमय फोहोरा), थ्रीडी वाटर स्क्रिन, मोटर बोटिङ र मिनी क्रुजको सुविधा उपलब्ध हुनेछ । साथै, नेपालमै पहिलो पटक ‘वाटर रेस्टुरेन्ट’ र ‘वाटर स
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफ्नो निर्णय भाग्ने वा जिम्मेवारीबाट पन्छिने नभई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको स्पष्ट पारेका छन्।जेनजी आन्दोलनपछि गठन भएको सरकारमा ११५ दिन जिम्मेवारी सम्हालेका घिसिङले राजीनामापछि पत्रकार सम्मेलन गर्दै उनले कुर्सीभन्दा माथि आत्मसम्मान र सरकारभन्दा ठूलो जनता रहेको बताए ।‘मैले लिएको राजीनामाको निर्णय न त भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास। यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो,’ उनले
काठमाडौं— आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिने तयारीसहित उनले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।भदौ ३० गते मन्त्रीको सपथ लिएका घिसिङले अल्प अवधिमै सरकार छाड्दै प्रत्यक्ष राजनीतिमा सक्रिय हुने संकेत दिएका छन् । उनले बुधबार बेलुका पत्रकार सम्मेलन गरी आफ्नो राजीनामा र भावी राजनीतिक यात्राबारे औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।प्रधानमन्त्री कार्यालयले घिसिङको राजीनामा बुझाएको तस्बिर सार्वजनिक गरेसँगै सरकारभित्रको राजनीतिक पुनर्सं
रौतहट— मधेश प्रदेशको प्रमुख अन्न भण्डार मानिने रौतहट जिल्लामा यस वर्ष धान उत्पादनमा भारी गिरावट आएको छ । कृषि ज्ञान केन्द्र रौतहटको पछिल्लो तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष २१ हजार ५७८ मेट्रिक टन कम धान उत्पादन भएको हो।कृषि ज्ञान केन्द्र गौरका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा १ लाख १६ हजार ७०८ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष घटेर ९५ हजार १३० मेट्रिक टनमा खुम्चिएको छ। उत्पादनसँगै धान खेती गरिएको क्षेत्रफल र उत्पादकत्व (प्रतिहेक्टर उत्पादन) दुवैमा उल्लेख्य गिरावट आएको तथ्याङ्कले देखाएको छ।मौसमको प्रतिकूलताधान उत्पादन घट्नुमा यस वर्ष मौसमको चरम प्रतिकूलतालाई मुख्य
मकवानपुर— जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवास चन्द्र बोहरा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन् ।नेपाल प्रहरी संगठनको कार्यसम्पादन, नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीप्रतिको प्रतिबद्धताको आधारमा गरिएको बढुवा प्रक्रियामा एसपी बोहरा एसएसपीमा सिफारिस भएका हुन् ।मकवानपुरमा रहँदा उनले शान्ति–सुरक्षा मजबुत बनाउने, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका थिए ।बोहराको कार्यकालमा मकवानपुर जिल्लामा प्रहरी–नागरिक सम्बन्ध सुधार, संवेदनशील घटनाको छिटो छरि
काठमाडौं— होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते अनुमति प्राप्त गरेअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछ
काठमाडौं— संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।विधायन व्यवस्थापन समितिको १५३ औं बैठक बिहान ११ः३० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्दैछ ।आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गरिने कार्यसूची तय गरिएको छ ।यस्तै बिहानको ११ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१५औँ बैठक बस्दैछ ।बैठकमा अध्यागमन ऐन २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायन समेतको अवस्था सम्वन्धी अध्ययन प्र
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयीक विषयमा छलफल गरेका छन् ।मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष मा. महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष मा। जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे ।पछिल्ला दिनमा तराई मधेशका केहि जिल्लामा सतहमा देखिएका साम्प्रदायीक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रीत भएको हो ।त्यस्तै संविधानले संवैधानिक निकायको रुपमा व्यवस्था गरेका दुवै आयोगहरुको काम, कर्तव्य, अधिकार,
रौतहट— रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा छोडिएका कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।जिल्लाका विभिन्न पालिकाहरूमा बुधबार बिहानैदेखि कुकुरले एक्कासि मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ ।गढीमाईको वडा नं. १, ४, ६ र ८ का साथै फतुवा विजयपुर नगरपालिका र राजपुर नगरपालिकाका केही गाउँका बासिन्दाहरू कुकुरको निशानामा परेका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको छ । अस्पतालका सूचना अधिकारी कपिलदेव झाका अनुसार हालसम्म २७ जनाभन्दा बढी घाइतेलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ ।‘घाइते आउने क्रम अझै जारी छ, हामीले उपलब्
काठमाडौं— बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर बढेर बन्द भएको बजार यस दिन भने गिरावटतर्फ मोडिएको हो ।यस दिन नेप्से परिसूचक १३.३५ अंक घट्दै २६३५.९४ विन्दुमा झरेको छ । साथै, सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले ओरालो लागेको छ ।परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३२३ स्टकको ७२ हजार ४७४ पटकको कारोबारमार्फत ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ ।यस दिन नाराय
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.