समाज

    Showing 3,291-3,300 of 6,672 items.
  • शुक्लाफाँटा नजिक राजमार्गमै लुटपाट, दुई मजदुर लुटिए

    कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत अर्जुनी क्षेत्रमा सेतो स्कुटरमा आएका तीन जना अपरिचित व्यक्तिले दुई मजदुरलाई लुटपाट गरेका छन् ।कालिकोट, पलाता–७ का कलमबहादुर धामी र नैनबहादुर धामीलाई खुकुरी देखाउँदै मोबाइल र १४ हजार भारु लुटिएको पीडितले बताएका छन् ।‘सवारीसाधन नपाएपछि महेन्द्रनगरबाट पैदल हिँडिरहेका थियौँ । तीन जना स्कुटरमा आएका व्यक्तिले खुकुरी देखाउँदै मोबाइल र पैसा खोसे,’ कलमबहादुरले बताए ।उनीहरू पाँच जना साथीहरू फर्किँदै गरेका मध्ये दुई जना मात्र लुटपाटमा परेका हुन् । भारतमा मजदुरी गर्न गएका उनीहरूले काम नपाएपछि घर फर्कने क्रममा बीच बाटोमै घटनामा परेका हुन् ।लुटपाटब

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 402 पटक पढिएको
  • भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए

    काठमाडौं – चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दीहरू क्रमशः फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरी भागेका ७४० कैदीमध्ये ५४ जना आफैं फर्किएको जिल्ला कारागार चितवनले जानकारी दिएको छ । बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हाल्दासमेत कैदीबन्दी निस्किन सफल भएका थिए । कारागार प्रमुख रविन्द्र ढुंगानाका अनुसार, फोन सम्पर्कपछि कैदीहरू फर्किन थालेका हुन् ।५५० जनाको क्षमता भएको भरतपुर कारागारमा ७४० कैदीबन्दी रहेका थिए, जसमा ४६ जना महिला थिए। आगजनीपछि सुरक्षाकर्मीले नियन्त्रण गर्न नसक्दा कैदीहरू गेट तोड्दै बाहिर निस्केका थिए ।

    • प्रकाशित मितिः भदौ २७, २०८२
    • 388 पटक पढिएको
  • जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन छः नेता कोइराला

    काठमाडौं— नेपाली काङग्रेसका नेता डा.सशांक कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् । बिहिबार एक विज्ञप्ती जारी गर्दै उनले राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र नेपाली कांग्रेसको सदस्यको नाताले, हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राखेको बताए । उनले भने, ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति मेरो पूर्ण समर्थन रहेको जानकारी गराउन चाहन्छु । जहाँनीय राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 427 पटक पढिएको
  • हेटौँडामा एमाले र कांग्रेसद्वारा संविधानको पक्षमा प्रदर्शन

    हेटौँडा— नेकपा एमाले र नेपाली कांग्रेसले हेटौँडामा संविधानको रक्षा गर्न माग गर्दै संयुक्त विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘संविधानको रक्षा गर’ भन्ने नारासहित हिँडेका थिए ।सडक जुलुस र सभाका क्रममा वक्ताहरूले सैनिक शासन चाहिँदैन र राजा फर्काउन पाइँदैन भन्ने स्पष्ट सन्देश दिएका थिए ।उनीहरूले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्न र संविधानलाई कार्यान्वयन गर्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिने चेतावनी पनि दिए ।प्रदर्शनमा दुई दलका नेता, कार्यकर्ता तथा नागरिकहरूको उल्लेख्य सहभागिता थियो। प्रदर्शन शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 536 पटक पढिएको
  • जुम्ला कारागारबाट भागेका चार कैदी फर्किए, ३२ सम्पर्कविहीन

    मुगु— जुम्ला कारागारबाट फरार तीनजना कैदीहरु फर्किएका छन् । कारागारबाट फरार भएका ३६ जना कैदी मध्ये तीनजना फर्किएका हुन् । उनीहरूले कैद कटान गर्ने समय निकै कम भएकाले फर्किएको बताएका छन् । हिक्मत गिरी, भीमप्रसाद कठायत र डिल्ली कार्की अहिले प्रहरी नियन्त्रणमा आइसकेका छन् । मंगलबार राति चन्दननाथ नगरपालिका–६ मा अवस्थित जुम्ला कारागारबाट ४१ जना भाग्न खोजे पनि तत्कालै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो भने ३६ जना कैदीबन्दी भागेका थिए । नेपाली सेनाको टोली तत्कालै कारागार पुगेर भागिरहेका कैदीलाई पक्रेर जेल प्रशासनलाई बुझाएको थियो । स्थिति नियन्त्रणमा लिएकाले कुनै अप्रिय घटना

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 435 पटक पढिएको
  • छिमेकीले विन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल

    काठमाडौं— ललितपुरको भैंसैपाटीमा नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौैडेल र अर्थमन्त्री विष्णु पौडेल छिमेकी हुन् । घर सँगै नजोडिएपनि आसपास नै छन् ।मंगलबार जेनजी आन्दोलनकारीहरुले भैंसेपाटीको प्रहरी कार्यालयमा आगजनीपछि विष्णु पौडेलको घरतिर मोडिए । उनको घरमा तोडफोड र आगजनी गरे । मुख्य निशानामा रहेका पौडेलको घर क्षणभरमै दनदनी बलेको प्रत्यक्षदर्शीहरु बताउँछन् । उक्त घर जलिसक्दासम्म गर्भनर पौडेलको घर सुरक्षित थियो । उनको घर जोगाउन छिमेकीहरुले अधिकतम प्रयास गरे । जब आन्दोलनकारी घरमा छिरे पौडेलको फोटो भेटाए अनि तोडफोडमा उत्रिए । धमाधम सामान निकालेर आगो लगाउन थालेको स्थानीयले बताए ।छिमेकीहरु भेल

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 459 पटक पढिएको
  • गौर कारागारबाट भागेका कैदीलाई आफैं उपस्थित हुन प्रमुख जिल्ला अधिकारीको आग्रह

    रौतहट— गौर कारागारबाट असहज परिस्थितिको मौका छोपी भागेका कैदीबन्दीहरुलाई आफैं उपस्थित भई कानुनी प्रक्रिया पूरा गर्न र राज्यलाई सहयोग गर्न प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले आग्रह गरेका छन्।उनले भने, 'जो जहाँ हुनुहुन्छ, तुरुन्तै कारागारमा उपस्थित भइ सजाय भुक्तान गर्नुहोस्, अन्यथा थप कानुनी कारबाहीमा पर्नु हुनेछ।'गौर कारागारमा रहेका २९१ कैदीमध्ये हालसम्म ७९ जना मात्रै फेला परेका छन्। तीमध्ये ३१ जना कारागारमै रहेका, १७ जना भारतबाट फर्किएका र ३१ जना जिल्लाभित्रै पक्राउ परेका हुन्। अझै २१२ जना फरार छन्।प्रमुख जिल्ला अधिकारी खड्काले समाजमा शान्ति र सुरक्षाको वातावरण निर्माणमा सबै नागरिकको भूमिक

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 542 पटक पढिएको
  • सर्वोच्चको फुल कोर्टको निर्णय: आइतबारदेखि नियमित सुनुवाइ पुनः सुरु

    काठमाडौं— सर्वोच्च अदालतको फुल कोर्टले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता तथा नियमित सुनुवाइ थाल्ने निर्णय गरेको छ । साथै यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।सर्वोच्चले एक विज्ञप्तिमार्फत् जेनजीको आन्दोलनका क्रममा देशभरका अदालतमा भएको आक्रमण, तोडफोड र आगजनीका कारण नेपालको न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण दस्तावेज नष्ट भएको जनाएको छ ।आन्दोलन चर्किँदा त्यसको फाइदा उठाउँदै सर्वोच्च अदालतको भवनमा समेत आगजनी र ध्वंसात्मक गतिविधि भएको थियो ।सर्वोच्चले एक विज्ञप्तिमार्फत यस घटनालाई देशको न्यायिक प्रणालीमाथि गम्भीर प्रहारको रूपमा लिएको जनाएको छ । अदालतले नागरिकको जीवन,

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 411 पटक पढिएको
  • जेनजीहरु भन्छन्ः शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए

    काठमाडौं— जेनजीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि सरकारविहीनताको अवस्था सिर्जना भएको छ । अन्तरिम सरकार गठनका लागि जेन–जी प्रतिनिधिहरुले पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नाम अगाडि सारेको छ । जेनजी प्रतिनिधि अनिल बानियाँले जेनजीले शान्तिपूर्ण आन्दोलनको आह्वान गरेको बताए । उनले सिंहदरबार, न्यायलयलगातका संरचना षड्यन्त्र रचेर जलाइएको उनको आरोप छ । उनले भने, ‘देशमा गणतन्त्र आएदेखि हामीलाई नेताहरुले लुटेका छन् । यिनीहरुले हाम्रो रोजीरोटी पनि खोसेका छन् । हुम्ला, जुम्ला र मुगुमा अहिले पनि सिटामोलको अभाव छ । देशमा बुढा

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 454 पटक पढिएको
  • चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको दबाब

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले चाँडो अन्तरिम सरकार गठनका लागि माग गरेको छ ।विहीबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतामाथि घात गर्ने प्रयत्न भयो भने त्यो अस्विकार्य र आत्मघाति हुनसक्ने चेतावनी समेत दिएको छ । ‘अन्तरिम सरकारको मुल दायित्व नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षा, कानुन र व्यवस्थाको पुर्नवहाली, अहिंसा सद्भाव र सहिष्णुताका आदर्शहरुको प्रवद्र्धन, पुननिर्माण र स्वतन्त्र निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हुनेछ ।’संविधान संसोधनको बहसलाई सार्थक रुपमा अघि बढाउने गहन दायित्व पनि अब जेन जी पुस्तामा आएको तर संविधान संसोधनको दायित्व अन

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • 457 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा