काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।
हेटौंडा— हेटौंडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ। आन्दोलनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन्।स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ।अहिलेसम्म आन्दोलनकारीहरूको माग र वार्ता प्रक्रिया सम्बन्धी विस्तृत जानकारी सार्वजनिक भएको छैन।
काठमाडौं— जेनजीको पदर्शनमा भएको दमनले सर्वसाधरण जनताहरु समेत आक्रोश भएका छन् । मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सर्वसाधरण युवाहरु आक्रोशित मुद्रामा देखिएका हुन् । संसद भवन बाहिर रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरुले राजिनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढाउनुपर्छ ।’ उनले थप भने,‘जेनजी पुस्ताका युवाहरुलाई आज पनि माइतीघर मण्डलामा आउनको लागि आव्हान गरिसकेको छ । म नेपाली सेनाको छोरा भएको हिसाबले पनि नेपा
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आव्हान गरेको छ । मंगलबार बैठक बस्न पार्टी कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समितिको आकस्मिक बैठक गरेका हुन् । बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा दिनको १ बजे बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने बताइएको छ ।
पोखरा— जेनजी पुस्ताको आन्दोलनलाई चरम दमन गरेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजव विश्वदर्शन पराजुलीले पार्टी परित्याग गरेका छन् । सहसंयोजक पराजुलीले एमाले नेतृत्वको सरकारले युवासँगै सिंगो राज्य र जनताप्रति घात गरेको भन्दै सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।‘‘सरकारबाट कुनै लाभ नलिएको म एक कार्यकर्ताले जति दिएँ पार्टीलाई दिएँ । अब देशलाई दिने विचारका साथ आजैको मितिदेखि नेकपा एमालेको पार्टी सदस्यता निष्क्रिय पार्दै अनेरास्ववियुमा रहेको जिम्ममेवारीबाट राजीनामा दिएको स्वघोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।उनले आफु सरकारको मतियार
काठमाडौं— जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले राजीनामा बुझाएका हुन्।बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। आन्दोलनमा दुई सय जना घाइते भएका छन् ।
काठमाडौं— जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १७ पुगेको छ। ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। त्यस्तै काठमाडौं मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.गोपाल सेडाइँले जानकारी दिए। अहिले काठमाडौंका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ। मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहर
काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले युवा पुस्ताद्वारा जेन–जिको नाममा भएको विरोध प्रदर्शनका क्रममा मृत्यु र घाइते भएकाहरुको घट्नाबारे निन्दा गरेको छ ।भ्रष्टाचारको विरोध र सरकारले स्वेच्छाचारी तवरले केही सामाजिक सञ्जाल प्लाटफर्महरुलाई बन्द गरेको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य निन्दनीय भएको समाजले जनाएको छ । ‘२०८२ भदौ २३ गते देशव्यापी विरोध प्रदर्शन आह्वानका क्रममा काठमाण्डौको वानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक दर्जन बढीको मृत्यु भएको (समाचार अनुसार १४ जना) र पत्रकारहरुसहित दर्जनौ घाइते भएको (२३ गते अपरान्ह्सम्म)घटन
विराटनगर— सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा अनिश्चीतकालिन कफ्र्यू आदेश जारी गरेको छ ।इटहरीमा जेन जीहरुको आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुनेगरी कफ्र्यू लगाएका हो । आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले सरकारी सम्पत्ति जलाउने काम गरेका हुन् । गेटमै रोकेर नियन्त्रण गर्ने प्रहरीको प्रयास असफल बनेपछि उनीहरू भवनभित्र पसेका थिए । इटहरी आसपासको क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.