समाज

    Showing 3,351-3,360 of 6,678 items.
  • प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालय तोडफोड

    काठमाडौं— जेन–जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा गोली समेत चलाईयो जसको कारण आन्दोलन झन चर्किएको थियो । सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय आलोकनगरमा पुगेर तोडफोड गरेका हुन् ।प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो । आन्दोलनका क्रममा पछिल्लो जानकारी अनुसार गोली लागेर १६ जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ । एक सय भन्दा बढि घाइते भएका छन् । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 522 पटक पढिएको
  • जेनजी आन्दोलनमा ५० भन्दा बढी गम्भीर घाइते भएको आशंका

    काठमाडौं— काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेनजी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जना भन्दा बढीको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ ।घाइतेहरुको उद्दारका साथै उनीहरूलाई अस्पताल पुर्‍याउने काम गरिरहेको काठमाडौं महानगरपालिकाले करिब ५० जनाभन्दा बढी घाइतेलाई विभिन्न अस्पतालमा पुर्‍याएको जनाएको छ ।महानगरपालिकाले घाइतेहरूलाई बानेश्वरबाट सिभिल, ट्रमा, पाटन लगायत विभिन्न अस्पतालमा पुर्‍याएको थियो । केहीलाई एउटा अस्पतालमा उपचार सम्भव नभएपछि अर्कोमा समेत लगिएको बताइएको छ । काठमाडौं महानगरपालिका बाहेक अरूले पनि एम्बुलेन्सबाट घाइतेहरूलाई ओसारेका थिए ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 379 पटक पढिएको
  • जेन–जी आन्दोलनका क्रममा घाइतेहरूलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार

    काठमाडौं— काठमाडौं मेडिकल कलेज (केएमसी)ले जेन–जी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको एक विज्ञप्तिमा अस्पतालले मानवीय सहानुभूति र चिकित्सकीय जिम्मेवारीका आधारमा यस्तो निर्णय गरिएको जनाएको छ।विज्ञप्तिमा भनिएको छ, 'हाल देशमा उत्पन्न मानवीय संकटलाई दृष्टिगत गर्दै हाम्रो अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सबै व्यक्तिहरूको निःशुल्क उपचार गर्ने निर्णय लिएको छ।'काठमाडौं उपत्यकामा जारी आन्दोलनमा गोली लागेर र लाठीचार्जबाट घाइते भएका धेरैजसो प्रदर्शनकारीहरूलाई अहिले सिभिल अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरूमा राखिएको छ। तर ती अ

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 475 पटक पढिएको
  • रास्वपा अध्यक्ष लामिछानेमाथि निगरानी कडाइ, प्रशासनले भेटघाटमा लगायो प्रतिबन्ध

    काठमाडौं— जेन्जी आन्दोलन तिव्र बन्दै गइरहेका बेला काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँग हुने भेटघाटमा प्रतिबन्ध लगाएको छ।प्रशासनले लामिछानेमाथि विशेष निगरानी राख्दै उनको राजनीतिक सक्रियता र आन्दोलनबीचको सम्वन्धलाई ध्यानमा राखेर भेटघाट नियन्त्रणमा लिएको बताइएको छ। प्रदर्शन झन् चर्किँदै जाँदा, नेताहरूको भौतिक उपस्थिति वा सक्रियता झनै उत्तेजनाको कारण बन्न सक्ने भन्दै प्रशासन सतर्क देखिएको हो।प्रशासनले औपचारिक रूपमा उक्त प्रतिबन्धको विस्तृत कारण भने खुलाएको छैन। लामिछाने र उनको पार्टीले यसबारे तत्काल प्रतिक्रिया जनाएका भने छैनन्।जेन्जी आन्द

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 472 पटक पढिएको
  • जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते

    काठमाडौं— काठमाडौंमा भइरहेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर एक जना बालक घाइते भएका छन् ।ग्लोबल कलेजका विद्यार्थी रहेका ती बालकको टाउकोमा गोली लागेको बताइएको छ ।घाइते बालकलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रदर्शनको क्रममा कसरी गोली चल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 362 पटक पढिएको
  • सूचना टाँसेर स्थगित गरियो राष्ट्रियसभा बैठक

    काठमाडौं— सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कफ्र्यु आदेश जारी भएपछि राष्ट्रियसभा बैठक भदौ २५ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै सोमबार सवा एक बजेका लागि बोलाइएको बैठक बुधबार अपरान्ह  १ः१५ बजे बस्ने गरी सारिएको हो । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस लेखिएको छ ।जेनजी पुस्ताका आन्दोलनकारी नयाँ वानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु जारी गरिसकेको छ । 

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 359 पटक पढिएको
  • गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएपछि अवस्था झन तनावग्रस्त

    काठमाडौं— जेनजी पुस्ताको प्रदर्शनका क्रममा निषेधित क्षेत्र बानेश्वरमा रहेको संसद भवन अगाडी प्रदर्शन हिंसात्मक बन्दै गएको छ। सो क्रममा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएपछि सो क्षेत्रको अवस्था अझ तनावपूर्ण बनेको हो।सरकारले स्थिति नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका संवेदनशील क्षेत्रहरूमा कर्फ्यू आदेश जारी गरे पनि, बानेश्वरमा भने त्यसको खासै प्रभाव देखिएन । प्रदर्शनकारीहरू अझ आक्रोशित हुनुका साथै सडकबाटै सरकार विरुद्ध नाराबाजी गरेका छन् । आक्रोषित भएका उनीहरुले संंसद भवनमा लगाएको वालसमेत तोडफोड गरेका छन्।संसद भवन आसपासको क्षेत्रमा व्यापक सुरक्षा घेराबन्दी गरिएको छ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 471 पटक पढिएको
  • नयाँबानेश्वरमा प्रहरीले चलाएको रबरको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठ घाइते

    काठमाडौं— नयाँबानेश्वरमा भएको प्रदर्शन कभरेजका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन्। प्रदर्शनस्थलमा भिडको गतिविधि क्यामेरामा कैद गरिरहेका बेला उनलाई प्रहरीले प्रहार गरेको रबरको गोली पाखुरामा लागेको हो।घाइते श्रेष्ठलाई तत्काल सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन् । नायव समाचार प्रमुख श्रेष्ठका अनुसार प्रदर्शन कभर गर्न गएका पत्रकारमाथि भएको घटनाले मिडिया सुरक्षा सम्बन्धी चिन्ता थपिएको छ।माइतीघर मण्डलाबाट सुरु भएको जेनजीको प्रदर्शन बिस्तारै आक्रोशित हुँदै संसद भवनसम्म पुगेको थियो। भिड नियन्त्रणमा लिन प्रहरीले प

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 365 पटक पढिएको
  • रबरको गोली लाग्दा फोटो पत्रकार ढुंगाना र कार्की घाइते

    काठमाडौं— नयाँ बानेश्वरमा जारी विरोध प्रदर्शनको समाचार संकलनका क्रममा फोटो पत्रकार पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की रबरको गोली लागेर घाइते भएका छन्।नयाँ पत्रिकाका ढुंगाना र नेपाल प्रेसका कार्की प्रदर्शनको दृश्य कैद गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको रबरको गोली लागेको हो।गोली लागेका उनीहरुको उपचारका लागि तत्काल सिभिल अस्पताल लगिएको छ।

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 352 पटक पढिएको
  • वीरगन्जमा जेन–जीको प्रदर्शन, परिवर्तन ल्याएरै छाड्ने दावी

    वीरगन्ज— जेनजी पुस्ताले आज वीरगन्जको घण्टाघरमा भव्य प्रदर्शन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन् ।करिब दुई सयको संख्यामा आएका प्रदर्शनकारीहरूले घण्टाघरबाट सुरुआत गरी नगरपरिक्रमा गरेका थिए र पुनः घण्टाघरमै पुगेर कोण सभा सम्पन्न गरेका हुन् ।कोण सभामा वक्ताहरूले सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने, देशमा मौलाइरहेको भ्रष्टाचार अन्त्य गर्न राज्यले पहल गर्नुपर्ने र युवापुस्तालाई नेतृत्वमा अघि ल्याउनुपर्ने माग राखे ।  सहभागीहरूले आन्दोलन तबसम्म जारी रहने र परिवर्तन ल्याएरै शिथिल हुने चेतावनीसमेत दिएका थिए ।आन्दोलनलाई लक्षित गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थि

    • प्रकाशित मितिः भदौ २३, २०८२
    • 400 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा